भोटेकोशी बाढी अपडेट ,१ हजार ४५१ जनाको शव फेला

काठमाडौं ,५ असोज। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८ बजेसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २९२ वटा शव व्यवस्थापन ९माटो मुनि सुरक्षित राखिएको० गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९९७ गरी कुल ३ हजार २८३ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

साथै पहिचान नभएको १ हजार ३६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ६५५ जनाको खोजी कार्य भइरहेको छ ।

यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३४२ जना व्यक्तिहरूलाई राखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गुडिरहेको बसमा आगलागी ,चालकको उपचार हुँदै

काठमाडौं ,५ असोज। काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२

न्युयोर्क । एनभिडियाका मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले आगामी दशकभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानव जातिको अस्तित्व समाप्त पार्न सक्ने चेतावनीलाई भ्रामक र काल्पनिक

यात्रुवाहक बसमा आगलागी

काठमान्डौ,५ असोज । काठमाडौँको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैको सडकमा यात्रुवाहक बसमा आगलागी भएको हो । घटनाबारे थप विवरण

विश्व शान्ति दिवस आज मनाइँदै

काठमाडौं,५ असोाज । आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व शान्ति दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २१ का दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको

भोटेकोशी बाढी अपडेट ,१ हजार ४५१ जनाको शव फेला

काठमाडौं ,५ असोज। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८ बजेसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल

काठमाडौं ,५ असोज। नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय समितिमा लैजाने एजेन्डाबारे मात्र

सम्बन्धित समाचारहरू