दमक समावि, विद्यालयको जग्गामा निजि बोर्डिङ खोलेकालाई ३५ दिनभित्र जग्गा खाली गराउन निर्देशन

 

दमक/
झापाको दमक ९ मा रहेको सरस्वती माद्यमिक विद्यालयको जमिनमा सञ्चालन भइरहेको एक निजी विद्यालयलाई ३५ दिन भित्र जग्गा खाली गराउन विद्यालयले निर्देशन जारी गरेको छ ।

आज एक सुचना प्रकाशन गर्दै दमक ८ रहेको विद्यालयको विद्यालयको जग्गामा गड मदर एकेडेमीले एकलौटी रुपमा विद्यालय सञ्चालन गरेकोले सुचना प्रकाशन भएको ३५ दिनभित्रमा जग्गा खाली गर्न सुचना मार्फत अनुरोध गरिएको छ ।

यस अघीपनि सो एकेडेमीलाई विद्यालयले पटक पटक लिखित पत्रचार समेत गरेको तर आनाकानी गर्दै जग्गा खाली नगरेकोले सार्वजनिक रुपमै सुचना प्रकाशन गर्न बाध्य भएको सरस्वती माद्यमिक विद्यालयका व्यवस्थापन समिती अध्यक्ष रेवतराज पुरी गगनले उज्यालो खवरलाई जानकारी दिनु भयो ।

उज्यालोसँग कुरा गर्दै पुरी भन्नु हुन्छ ‘विद्यालयको नाममा रहेका जग्गा कहाँ कहाँ कस्ले मिचेको छ हडपेर बसेको छ ती सबैको नाममा यसरीनै सार्वजनिक सुचना निकालेर प्रकृया पुरा गर्दै विद्यालयले फिर्ता लिन्छ । हामी यो अभियानमा लागेका छौ । ’

नव नियूक्त प्रवद्धारा पदभार ग्रहण

पदभार ग्रहणका क्रममा दायीत्व हस्तान्तर गर्दै नि वर्तमान प्रअ नरबहादुर थापा र ग्रहण गर्दै नव नियूक्त प्र.अ सिताराम ढकाल

साथै आजै विद्यालयका नव नियूक्त प्रधानाध्यापक सिताराम ढकालले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । नि वर्तमान प्रधानाध्यापक नर बहादुर थापा मार्फत अहिले सम्मको विद्यालयको हर हिसाव तथा गविधिको फाईल बुझेर ढकालले पदभार ग्रहण गर्नु भएको हो ।

कोशी प्रदेशमै पहिलो पटक विद्यालयको व्यवस्थापन समितीले विद्यालय विकास परियोजना लेखनको प्रतियोगिता मार्फत प्रधानाध्यापक नियूक्त गरिएकोले विद्यालयलाई नमुना बनाउने काममा लाग्न व्यवस्थापन समिती अध्यक्ष पुरीले सुभाकामना व्यक्त गर्नु भयो ।

 

प्र.असँग कार्य सम्पादन सम्बन्धीको सम्झौता गरिएकोले सो सम्झौता अनुसार काम गर्न उहाँले सुझाव दिनु भयो । साथै समिती मार्फतनै छनौट हुनु भएका सहायक प्रधानाध्यापक भगिरथ मिश्रले पनि यही अवसरमा पदभार ग्रहण गर्नु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु