दमकमा ७५ जना विद्यार्थीलाई नगदमै छात्रबृत्ति वितरण, छनौटको मापदण्ड के थियो ?

 

दमक/
दमक नगरपालिकाले दमकमा ७५ जना विप्पन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।

आज दमक नगरपालिकामा औपचारिक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको नगरपालिकाका शिक्षा अधीकृत सोमनाथ गुरागाईले उज्यालो खवरलाई जानकारी दिनु भयो ।

यी मध्ये १५ जनालाई पहिलै उनीहरु अध्ययन गर्ने विद्यालय वा क्याम्पसको खातामा पैसा हालिएको र अन्यलाई ६० जनालाई भने आज औपचारिक कार्यक्र गरि एक मुस्ट प्रदान गरिएको हो ।

दमक नगरपालिकाको नगर सभाको हलमा सम्पन्न भएको कार्यक्रममा नगरका प्रमुख राम कुमार थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई, शिक्षा समिती अध्यक्ष कुवेर भट्टराई तथा अन्य विभिन्न सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

छनौटको मापदण्ड के थियो ?

विद्यार्थीहरुको उच्च शिक्षा अध्यनमा सहयोग पुगोस भन्ने उद्धेस्यले नगरपालिकाको आन्तरिक श्रोतको बजेटबाट विप्पन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने कार्यक्रम दमक नगरपालिकाले राखेको थियो ।

 

यो कार्यक्रम कार्यान्वायन गर्न भन्दै दमक नगरपालिकाले सार्वजनिक सुचना प्रकाशन गर्यो । सो सुचना यहाँ रहेको एक मात्रै सामुदायीक क्याम्पस दमक बहुमुखी क्याम्पस सहित ४ वटा कक्षा १२ अध्ययन हुने सामुदायीक विद्यालयलाई पठाइयो ।

 

ती विद्यालय र क्याम्पसलाई दमकका स्थाई बासिन्दा गरिव तथा जेहोन्दार विद्यार्थीको फारम भर्न भनि निर्देशन दिइयो । सो निर्देशन पछि क्याम्पस र विद्यालयहरुले फारम भराए । भरिएका ती फरामलाई विद्यार्थीको स्थाई बसोबास रहेको वडामा रुजु गर्न पठाइयो ।

 

वडाले विप्पन्नको स्तर हेरेर वर्गिकरण गरिदियो । सोहि बर्गीकरणका आधारमा नगरको शिक्षा समितीले अन्तिम नामावाली निकाल्यो । त्यसमा छनौट भएका ७५ जना विद्यार्थीलाई तहगत छात्रबृत्ति प्रदान गरिएको गुरागाईले जानकारी दिनुभयो ।

 

छात्रबृत्तिकालागि कुल १२ लाख रुपैँया नगरले छुट्याएको थियो । सोहि रकमबाट अघील्लो पटक १५ जनालाई तत् विद्यालय तथा क्याम्पस र बाँकी रहेकालाई एकै ठाउँ भेला गरि प्रदान गरिएको हो ।

Share: