"दुर्गमको दशा"

जाडो छल्दै, पारिवारीक गर्जो टार्दै

बिराटनगर
दुर्गम कालीकोटको फोइमहादेव गाउँका ६१ वर्षीय कृष्ण पाण्डे शरीरले धानेसम्म न्याना कपडाको भारी बोकेर कात्तिक पहिलो सातादेखि विराटनगरका गल्ली चाहार्छन् । मोरङ र सुनसरीका भित्रि बस्तीसम्म सम्म पुग्छन् । दैनिक झन्डै १ हजार ५ सय रुपैयाँसम्म कमाउँछन् ।

कालीकोटमा खेतवारीको उत्पादनले हातमुख जोडन पुग्दैन । पाण्डेले भने, ‘गुजारा चलाउन दुई दशकदेखि पूर्वी तराईमा उनी कपडाको व्यापार गर्दैछु ।’ कात्तिकदेखि फागुनसम्म मधेसमा कपडाको व्यापार गर्दा कालीकोटको जाडो पनि छलिन्छ ।हिउँदमा जाडो छल्दै यो व्यापार गर्ने पाण्डे एक्ला होइनन् ।

उनका दुई छोरा सँगसँगै हिड्छन् । ‘६ महिना व्यापार गर्दा डेढ लाख रुपैयाँ जत्ति जोगिन्छ,’ उनले भने । यतिको रकम लिएर घर पुग्दा खेती गर्न र ६ महिना परिवारको गुजारा चल्ने पाण्डेले बताए ।कालीकोटकै पुगमालिका गाउँको जुमिया टोलका १९ वर्षीय नरेन्द्र शाही पनि व्यवसाय गर्न विराटनगर आइपुगेका छन् ।

उनको परिवारमा तीनै दाजुभाइले कपडा बेच्छन् । कालीकोटका उच्च पहाडी बस्ती महावुलेख, ओदानुक, चुलिमालिका, दाहा, बादलकोट, भवानीधाम, सुकाटिया, बढीमालीका, मुम्रा, रुप्सा, देउली, नानीकोट र सीपखानामाआफ्नो उत्पादनले ६ महिना पनि परिवारको गुजरा नचल्ने भएकाले ती क्षेत्रका प्राय सवै पुरुष यतिबेला जाडो छल्न र ६ महिना परिवारको गुजरा जोह गर्न तराई-मधेसका जिल्ला झर्छन् ।

Share: