दुर्गमको दशा

जाडो छल्दै, पारिवारीक गर्जो टार्दै

बिराटनगर
दुर्गम कालीकोटको फोइमहादेव गाउँका ६१ वर्षीय कृष्ण पाण्डे शरीरले धानेसम्म न्याना कपडाको भारी बोकेर कात्तिक पहिलो सातादेखि विराटनगरका गल्ली चाहार्छन् । मोरङ र सुनसरीका भित्रि बस्तीसम्म सम्म पुग्छन् । दैनिक झन्डै १ हजार ५ सय रुपैयाँसम्म कमाउँछन् ।

कालीकोटमा खेतवारीको उत्पादनले हातमुख जोडन पुग्दैन । पाण्डेले भने, ‘गुजारा चलाउन दुई दशकदेखि पूर्वी तराईमा उनी कपडाको व्यापार गर्दैछु ।’ कात्तिकदेखि फागुनसम्म मधेसमा कपडाको व्यापार गर्दा कालीकोटको जाडो पनि छलिन्छ ।हिउँदमा जाडो छल्दै यो व्यापार गर्ने पाण्डे एक्ला होइनन् ।

उनका दुई छोरा सँगसँगै हिड्छन् । ‘६ महिना व्यापार गर्दा डेढ लाख रुपैयाँ जत्ति जोगिन्छ,’ उनले भने । यतिको रकम लिएर घर पुग्दा खेती गर्न र ६ महिना परिवारको गुजारा चल्ने पाण्डेले बताए ।कालीकोटकै पुगमालिका गाउँको जुमिया टोलका १९ वर्षीय नरेन्द्र शाही पनि व्यवसाय गर्न विराटनगर आइपुगेका छन् ।

उनको परिवारमा तीनै दाजुभाइले कपडा बेच्छन् । कालीकोटका उच्च पहाडी बस्ती महावुलेख, ओदानुक, चुलिमालिका, दाहा, बादलकोट, भवानीधाम, सुकाटिया, बढीमालीका, मुम्रा, रुप्सा, देउली, नानीकोट र सीपखानामाआफ्नो उत्पादनले ६ महिना पनि परिवारको गुजरा नचल्ने भएकाले ती क्षेत्रका प्राय सवै पुरुष यतिबेला जाडो छल्न र ६ महिना परिवारको गुजरा जोह गर्न तराई-मधेसका जिल्ला झर्छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको