सरकारको असक्षमताकै कारण कोशी सरकार सुन्य बजेटमा पुग्यो : काग्रेस सांसद कार्की

दमक/
कोशी सरकार आजबाट सुन्य बजेटमा रहेको छ । कोशी प्रदेशमा अव न कर संकलन गर्न पाइन्छ न केहिको भुक्तानीनै । यो सबै स्थिती वर्तमान सरकारको हेलचेक्राईका कारण भएको नेपाली काग्रेसबाट निर्वाचित हुनु भएका प्रदेश सांसद केदार कार्कीले बताउनु भयो ।

 

उज्यालो खवरले कसको कमजोरीका कारण प्रदेश सरका सुन्य बजेटको स्थितीमा पुगेको हो ? भनी सोधेको प्रश्नमा सांसद कार्कीले भन्नु भयो ‘ वर्तमान मुख्यमन्त्रीका कारण यो परिस्थिती आएको हो । अघिल्लो सरकारले सदनमा अध्यादेश मार्फतनै भएपनि बजेट पेष गरेको भएपनि वर्तमान सरकारसँग प्रतिस्थानप गर्ने समय प्रस्सत हुँदा हुँदै उहाँको कमजोरीका कारण यस्तो परिस्थती आएको हो ।’ कार्कीले बताउनु भयो ।

 

मुख्यमन्त्रीज्यूलाई संसदीय दलको बैठकमा , सदनमा तथा व्यक्तिगत रुपमै अरुबेलै पनि भेट हुदा कयौ पटक सरकारलाई बजेट बिहिन बनाउनबाट चाहि बचाउनुस है भनियो । सुझाव पनि दिइयो तर उहाँ आफुखुसी चल्न छोड्नु भएन ।

 

उहाँको अपरिपक्वताका कारण यो प्रदेशमा बजेट बिहिनको इतिहास दर्ज भयो ।’ कार्कीले उज्यालो खवरसँग कुराकानी गर्दै बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ