प्याराग्लाईडिङको मज्जा अव कन्याममा पनि

कन्याममा अव प्याराग्लाईडिङ उडान

 

 

 

इलाम/

इलामको चर्चीत पर्यटकीय स्थल कन्याममा प्याराग्लाईडिङ उडाउन शुरु गरिएको छ । स्वदेशी पर्यटकको रोजाईमा परेको कन्यामको सहिद पार्कबाट पर्यटकलाई लक्षित गरी प्याराग्लाईडिङ उडाउन शुरु गरिएको कन्याम भ्यू प्याराग्लाईडिङ कम्पनीले जनाएको छ । पोखराबाट दुई जना दक्ष पाईलट ल्याएर कम्पन्नीले दैनिक दुई वटा प्याराग्लाईडिङबाट पर्यटकलाई सेवा दिन थालेको व्यवस्थापक ज्ञान बहादुर प्रधानले जानकारी दिनुभयो ।

उहाका अनुसार बार्‍है महिना पर्यटकको भीड हुँने कन्याममा कम्पनीले सहिद पार्कबाट उडान भरी १७ मिनेटमा कन्यामको चिया बगान घुमाएर सिद्धिखोला बेसीमा प्याराग्लाईडिङ ल्याण्ड गराउने ब्यवस्था गरिएको छ । उहाले कन्यामबाट दुई वटा प्याराग्लाईडिङ दैनिक तीन पटकका दरले छ पटक सेवा दिन थालिएको जानकारी दिनुभयो । पर्यटकको चाप हेरी प्याराग्लाईडिङको संख्या थप गर्ने उहाले बताउनुभयो ।

प्याराग्लाईडिङ सञ्चालन गरिएको उडान भर्ने स्थान र ल्याण्ड गर्ने स्थानको थप व्यवस्थापन गर्ने काम भैरहेको जनाईएको छ । एक हजार ६७० मिटर उचाई भएको कन्यामबाट उडाएर दुई सय मिटरमाथि सम्म प्याराग्लाईडिङ लैजाने गरिएको छ । व्यवस्थापन पक्षले एक पटक प्याराग्लाईडिङ गर्दा प्रति एक जना पर्यटकबाट पाँच हजार पाँच सय रुपियाँ दिने दररेट निर्धारण गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट