प्याराग्लाईडिङको मज्जा अव कन्याममा पनि

कन्याममा अव प्याराग्लाईडिङ उडान

 

 

 

इलाम/

इलामको चर्चीत पर्यटकीय स्थल कन्याममा प्याराग्लाईडिङ उडाउन शुरु गरिएको छ । स्वदेशी पर्यटकको रोजाईमा परेको कन्यामको सहिद पार्कबाट पर्यटकलाई लक्षित गरी प्याराग्लाईडिङ उडाउन शुरु गरिएको कन्याम भ्यू प्याराग्लाईडिङ कम्पनीले जनाएको छ । पोखराबाट दुई जना दक्ष पाईलट ल्याएर कम्पन्नीले दैनिक दुई वटा प्याराग्लाईडिङबाट पर्यटकलाई सेवा दिन थालेको व्यवस्थापक ज्ञान बहादुर प्रधानले जानकारी दिनुभयो ।

उहाका अनुसार बार्‍है महिना पर्यटकको भीड हुँने कन्याममा कम्पनीले सहिद पार्कबाट उडान भरी १७ मिनेटमा कन्यामको चिया बगान घुमाएर सिद्धिखोला बेसीमा प्याराग्लाईडिङ ल्याण्ड गराउने ब्यवस्था गरिएको छ । उहाले कन्यामबाट दुई वटा प्याराग्लाईडिङ दैनिक तीन पटकका दरले छ पटक सेवा दिन थालिएको जानकारी दिनुभयो । पर्यटकको चाप हेरी प्याराग्लाईडिङको संख्या थप गर्ने उहाले बताउनुभयो ।

प्याराग्लाईडिङ सञ्चालन गरिएको उडान भर्ने स्थान र ल्याण्ड गर्ने स्थानको थप व्यवस्थापन गर्ने काम भैरहेको जनाईएको छ । एक हजार ६७० मिटर उचाई भएको कन्यामबाट उडाएर दुई सय मिटरमाथि सम्म प्याराग्लाईडिङ लैजाने गरिएको छ । व्यवस्थापन पक्षले एक पटक प्याराग्लाईडिङ गर्दा प्रति एक जना पर्यटकबाट पाँच हजार पाँच सय रुपियाँ दिने दररेट निर्धारण गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक