महिला नेतृ सुमित्रा प्रसाईलाई प्रश्न : सासुले बुहारीलाई हेप्ने सस्कारको विकास कसरी भएको थियो ?(भिडियो संवाद)

दमक/
तीजको ब्रत बस्ने अघील्लो दिन मात्रै दर खाने चलन पहिलै देखीको हो । माईतबाट घरमा गएकी छोरी चेली कस्तो खाँदै छन् । कसरी बस्दै छन््भन्ने कुराको वार्तालाप गराउने पर्वको रुपमा तीज मनाउने गरिएको दमककी महिला नेतृ सुमित्रा प्रसाई स्मरण गर्नु हुन्छ ।

खास गरि घरमा बुहारीहरु सँधै किन सासुसँग दविएर बस्नु पर्दथ्यो भन्ने उज्यालो खवरले सोधेको प्रश्नमा नेतृ प्रसाई प्रष्ट पार्दै भन्नु हुन्छ ‘ममाथी त दवाव थियो भने मैले पनि बुहारीलाई गर्नै पर्छ भन्ने नकरात्मक सस्कार बसेको थियो ।

त्यसैको उपज पुस्तौ सम्म सासुले बुहारीलाई हेप्ने र सताउने काम मात्रै भयो ।’

तर पछि चेतना बढ्दै गएपछि यसका विरुद्धमा आजाव उठ्न थालेको उहाँले बताउनु भयो । ‘आफुहरु ताप्लेजुङमा हुने खानेमै पथ्र्यौ । त्यस बेला कम्यूनिष्ट आन्दोलनमा लागेकाहरुले हाम्रो परिवारलाई सामन्ती भन्थे हामीलाई त्यसैको विरुद्धमा आन्दोलन गर्नु पर्छ भन्थे ।

हामी पनि गरिव तथा शोषणामा परेकाहरुलाई उन्मुक्ति दिनुपर्छ भन्ने कुरामा एकजुट भयो । यो आन्दोलनमा महिलाहरुलाई पनि जोड्न थालेपछि केहि बुहारीहरुले आफुमा भएको अत्यचारका विरुद्ध आवाज उठाउन थाले र विस्तारै त्यो कु-सस्कार परिवर्तन हुन थाल्यो ।’

प्रसाईसँगको भिडियो संवाद तलको लिंकमा क्लिक गरि हेर्न सकिने छ ।

Nepali Festival Teej||Sumitra Prasai || women in nepali Politics – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ