दमक/
संविधानले दिएका कतिपय अधिकारलाई स्थापीत गर्न नसक्दा अहिले जनताले थप सास्ती पाएको संविधानसभा सदस्य दिपक कार्कीले बताउनु भएको छ ।
‘प्रदेश संरचना, निर्वाचनको समानुपातिक प्रणाली, निर्वाचन क्षेत्र निर्माण, पालिकाहरुको संख्या निर्धारण त्यो बेला जे परिकल्पना गरेर संविधानमा उल्लेख गरियो त्यसले लक्ष्य अनुसारको उपलब्धी दिएन । यसले एकातिर व्यभार बढायो भने जनतामा थप निरासा पैदा गराउन थालेको छ । यी कुराहरु परिमार्जन सहित परिस्कृत गर्न सकिएन भने जनतामा थप नैरायता सिर्जना हुने स्थिती पक्का छ । ’
उज्यालो खवरसँग कुरा गर्दै कार्कीले भन्नु भयो ‘वर्तमान सरकारनै संविधानको खिलापमा उत्रेको छ । यसबाट जनता आक्रान्त भइसकेका छन् । ’
उदाहरण पेष गर्दै कार्कीले भन्नु भयो ‘केहि समयअघी धरानमा धर्मका नाममा झण्डै मुडभेडको स्थिती आयो । हाम्रो संविधानले गाईलाई राष्ट्रिय जनवार मानेको छ भने त्यसको संरक्षण गर्नु सरकारको दायीत्व हो कि हैन । खाने हो भन्दैमा खानेहरुले सरकारलाई चुनौतीनै दिने गरिका हर्कत गर्नु हाम्रो संविधान प्रतिको प्रहार हो कि होईन ?’ प्रतिप्रश्न गर्दै कार्कीको भन्नु हुन्छ ‘नेपालमा बंगुर काटेर खान सार्वजनिक रुपमै कुनै रोकछेक छैन । तर यही काम कुनै मुस्लिम देशमा सरकारलाईनै चुनौति दिने गरि कसैले काटेर खान सक्छ त ? उहाँले संविधानको रक्षा सरकारले गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले संविधानले तीन तहको सरकार परिकल्पना गरेको भएपनि पछिल्लो समय प्रदेशलाई अधिकार बिहिन बनाइदा र यसले उपलब्धी नदिदा जनतामा निरासा छाएको छ । यो परिमार्जन गरि दुई तहको सरकार मात्रै बनाउने गरि संविधान परिमार्जन गर्न आवश्यक गर्नु पर्नेमा उहाँले जोड दिनु भएको छ ।
उहासँग गरिएको कुराकानीको भिडियो यहाँ हेर्न सकिने छ ।
‘वर्तमान सरकारनै संविधानको खिलापमा उत्रेको छ । Dipak karki|ujyaalo khabar – YouTube









