नथाकेका थुलुङ, नहारेका नारायण (भिडियो कथा)

दमक/
थुलुङ नर्सरी । सायदै दमक बासिन्दाकालागि यो नौलो नाम होईन । २०४५ सालको भुकम्पपछि भदौ १७ गतेबाट सञ्चालनमा रहेको यो नर्सरीमा एक जना व्यक्ति अहिले पनि उतीनै मिहनत गरिरहनु भएको छ जति बेला उहाँले यो काम सुरु गर्नु भएको थियो ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

उहाँको नाम हो मुक्ति किराती । थुलुङ नर्सरीमा काम गर्नु अघी उहाँले धनकुटाको पार्खिवासमा पनि नर्सरीमै काम गर्नु भएको थियो ।
पछि त्यहाबाट फर्केर आएपछि थुलुङ कटेजमा नर्सरी खोल्ने योजना बनाउनु भयो र सुरु भयो थुलुङ नर्सरी ।

खास गरि फूलसँग उहाँले साईने गासेको ४ दशक बढि भयो । सुरुमा नर्सरीमा आएर फूलका विरुवा खरिद गर्ने मानीसहरुको बानी थीएन । यसै घरमा फूल फुलाएर सजी सज्जावट बनाउनु पर्छ भन्ने भावना निकै कममा मात्रै थियो । स्थापना कालमा उहाँले सुरु गरेको यो नर्सरीले आम्दानी त लगानी वा अन्य सहायक खर्चपनि उठाएन ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

तर बिस्तारै उहाँले फूलको बारेमा समाजलाई बुझाउँदै जानु भयो । नर्सरीबाट लगिएका फूलहरुको स्यार सुसार कसरी गर्न सकिन्छ भन्नेबारेमा सिकाउनु भयो । फूलको परिकार , प्रजाती र तीनका महत्वका बारेमा बिभिन्न गाउँ तथा सार्वजिनक कार्यक्रममा गएर बताउन थालेपछि भने बल्ल उहाँको नर्सरी पनि चल्न थाल्यो । केहि हजारबाट सुरु गरेको यो नर्सरीमा अहिले झण्डै २० लाख रुपैँया बराबरका फूलका बिरुवा छन् । केहि टहरा बनाउनु भएको छ । अनी फूल गोड्ने औजार उहाँले लगानी गरेका क्षेत्र हुन ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

फूल बोल्न सक्दैन । तर यसले भाव प्रकट गर्छ भन्ने विस्वास उहाँमा छ । मानीसको जन्म देखि मृत्यू पर्यन्त सम्म नभइ नहुने जिनिस हो फूल । कोहि रिसायो भने फकाउन पनि फूल दिने गरिन्छ । प्रेम प्रस्ताव राख्न पनि फूलको प्रयोग गरिन्छ । कोहि धेरै तनावमा छन भने फूलबारीमा जाने र बस्न मन पराउने जमात छ । किराती भन्नु हुन्छ ‘किनकी फूलमा कोमलता छ । फूलमा आत्मीयता छ । फूल हेर्दा निशव्द छ । तर मानीसको हरेक व्यवहारलाई उसले विभिन्न तरिकाले अभिव्यक्त गरिरहेको हुन्छ ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

फूलले कसैको घर उज्यालो हुन्छ । कसैको बगैचा । कसैको कार्यालय । अहिले त फूल बाहिर मात्रै नभएर घरको भित्र पट्टि पनि रोप्ने प्रचलन आएको छ । घरको सजी सज्जावटमा आम मानीसहरुको ध्यान जान थालेको छ । अनी उहाँले पनि अहिले समयको मागसँगै सबै खाले फूलका बिरुवा लगाउनु भएको छ । नर्सरी स्थापना गर्न, माटोको व्यवस्थापन गर्न , बिरुवाको दहल राख्न र उम्रेका ती बिरुवा राख्ने ट्रे को व्यवस्थापन पनि निकै चुनौतीका साथ सुरु गर्नु भएको थियो । तर अहिले सबैथोक व्यवस्थित छ । ब्यापार पनि राम्रो चल्न थालेको छ , लगानी पनि बढेको छ । उहाँको व्यवसायीक सफलतामा साथ दिन चाहि दमकमा रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले साथ दिएको उहाँले उल्लेख गर्नु भयो ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

उहाँका कतिपय साथीभाईहरुले उहाँको मिहनत देखेर भन्ने गर्छन ‘यस्तो मिहनत र सघर्ष गर्नेलाइ सरकारले कुनै सुविधा दिदैन र ? तर उहाँसँग यसको जवाफ छैन । किनकी उहाँले अहिले सम्म सरकारको तर्फबाट न कुनै सहयोग पाउनु भएको छ । न कुनै साथ नै । केवल एकल प्रयास र लगनशिलताले नै उहाँले यो सफलता प्राप्त गर्नु भएको हो ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

निरन्तर मिहनत गर्दा लक्ष्यमा पुग्न सकिने रहेछ भन्ने कुराको अर्को उदाहरण हुनुहुन्छ दमक १ मा घर हुनु भएका र दमक ८ सेतुमारी रोडमा फ्रेस हाउस चलाईरहनु भएका नारायण सापकोटा ।

सापकोटा केहि वर्ष मलेसियामा पनि काम गरेर फर्कनु भयो । उहाँको मिहनत र संघर्ष अव आफ्नै ठाउँमा गर्ने भनेर स्वदेश फर्कनु भएका नारायणले सुरुमा कुखुराको फर्म सुरु गर्नु भएको थियो । तर फार्मले उहाँलाई आम्दानी भन्दा बढि नोक्सानी मात्रै दियो । र उहाँले सुरु गर्नु भयो फ्रेस हाउस । यो पनि निकै संघर्षपूर्ण तरिकाले बिना लगानी सुरु गर्नु भएको हो । सबै साथीभाईको सहयोगबाट मात्रै ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

उहाँले हर प्रकारका संघर्ष पार गर्नु भएको छ । निरन्तर काममा लागी रहनु भएको छ । कुनै दिन पसल बन्द गर्नु भएको छैन । उहाँलाई एउटा लक्ष्यमा पुग्नु छ । मेरो तार्गेट यहाँ सम्म हो भन्ने उहाँले योजना बनाउनु भएको छ । तार्गेट पुरा नभए सम्म उहाँ आफ्नो कर्ममा लागि रहनु हुन्छ । यसरी एकाग्र भएर र अनी उद्धेस्य बनाएर काम गर्ने हो भने सफल बन्न सकिन्छ भन्ने उहाँलाई लागेको छ ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

उहाँले यहि फ्रेस हाउस खोलेर सुरुमा भाडामा लिएको जमिन अहिले खरिद गर्न सक्नु भयो । दमक १ फाल्गुनन्द चोकमा एउटा घरसँगै अर्को फ्रेस हाउस पनि खोल्नु भएको छ । अनी कमल गाउँपालिकामा केहि कटठ जमिन पनि किन्नु भएको छ । यो कमाई उहाँको १५ वर्ष देखीको निरन्तर कर्मको फल हो ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

आफु आफ्नो लक्ष्यमा पुगि सकेको बताउने उहाँ ब्यावार गर्ने तथा काम गर्नेहरुले आफ्नो उद्धेस्य र लक्ष्य स्पष्ट बनाउनु पर्ने सुझाव दिनु हुन्छ । साथै उहाँले ब्यापार गर्दा ब्यापार गर्ने क्षेत्रको सम्भावना, चुनौती र अवसर हेरेर आवश्यकताका आधारमा मात्रै लगानी गर्न पनि सmुझाव छ सापकोटाको । उहाँले ऋण लिएपछि आफुले तिर्न सक्ने आधार र श्रोत सुनिश्चित राख्नु पर्ने अनुभव पनि सुनाउनु हुन्छ ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

उहाँको निरन्तर कर्म, मिहनत र संघर्ष देखेर नै होला सायद सफलता यती नजिक आएको । हैन भने यसरी फ्रेस हाउस चलाउनेहरु कति आए कति पलायन भए । तर सापकोटा सँधै संघर्षको मैदानमै दौडीरहनु भयो । उहाँको सफलतामा साथ दिन सँधै तयार भयो स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी दमक । लगानी बढाउन र सम्पती जोड्न स्वर्ण लक्ष्मीले दिएको ढाढसनै उहाँको सफलताको अर्को आधार बन्यो ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाले यसरी मिहनत र परिश्रम गर्नेहरुलाई हर बखत आर्थीक रुपमा सहजीकरण गर्दै आएको छ । आवश्यकतालाई पूर्ति गर्न र समस्यालाई समाधान गर्दै मिहनतीहरुको मिहनत मर्न नदिन सहकारीले आफ्ना सदस्यहरुकालागि यस प्रकारका कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाएको छ ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

Share:

Facebook
Twitter
Email
WhatsApp