नथाकेका थुलुङ, नहारेका नारायण (भिडियो कथा)

दमक/
थुलुङ नर्सरी । सायदै दमक बासिन्दाकालागि यो नौलो नाम होईन । २०४५ सालको भुकम्पपछि भदौ १७ गतेबाट सञ्चालनमा रहेको यो नर्सरीमा एक जना व्यक्ति अहिले पनि उतीनै मिहनत गरिरहनु भएको छ जति बेला उहाँले यो काम सुरु गर्नु भएको थियो ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

उहाँको नाम हो मुक्ति किराती । थुलुङ नर्सरीमा काम गर्नु अघी उहाँले धनकुटाको पार्खिवासमा पनि नर्सरीमै काम गर्नु भएको थियो ।
पछि त्यहाबाट फर्केर आएपछि थुलुङ कटेजमा नर्सरी खोल्ने योजना बनाउनु भयो र सुरु भयो थुलुङ नर्सरी ।

खास गरि फूलसँग उहाँले साईने गासेको ४ दशक बढि भयो । सुरुमा नर्सरीमा आएर फूलका विरुवा खरिद गर्ने मानीसहरुको बानी थीएन । यसै घरमा फूल फुलाएर सजी सज्जावट बनाउनु पर्छ भन्ने भावना निकै कममा मात्रै थियो । स्थापना कालमा उहाँले सुरु गरेको यो नर्सरीले आम्दानी त लगानी वा अन्य सहायक खर्चपनि उठाएन ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

तर बिस्तारै उहाँले फूलको बारेमा समाजलाई बुझाउँदै जानु भयो । नर्सरीबाट लगिएका फूलहरुको स्यार सुसार कसरी गर्न सकिन्छ भन्नेबारेमा सिकाउनु भयो । फूलको परिकार , प्रजाती र तीनका महत्वका बारेमा बिभिन्न गाउँ तथा सार्वजिनक कार्यक्रममा गएर बताउन थालेपछि भने बल्ल उहाँको नर्सरी पनि चल्न थाल्यो । केहि हजारबाट सुरु गरेको यो नर्सरीमा अहिले झण्डै २० लाख रुपैँया बराबरका फूलका बिरुवा छन् । केहि टहरा बनाउनु भएको छ । अनी फूल गोड्ने औजार उहाँले लगानी गरेका क्षेत्र हुन ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

फूल बोल्न सक्दैन । तर यसले भाव प्रकट गर्छ भन्ने विस्वास उहाँमा छ । मानीसको जन्म देखि मृत्यू पर्यन्त सम्म नभइ नहुने जिनिस हो फूल । कोहि रिसायो भने फकाउन पनि फूल दिने गरिन्छ । प्रेम प्रस्ताव राख्न पनि फूलको प्रयोग गरिन्छ । कोहि धेरै तनावमा छन भने फूलबारीमा जाने र बस्न मन पराउने जमात छ । किराती भन्नु हुन्छ ‘किनकी फूलमा कोमलता छ । फूलमा आत्मीयता छ । फूल हेर्दा निशव्द छ । तर मानीसको हरेक व्यवहारलाई उसले विभिन्न तरिकाले अभिव्यक्त गरिरहेको हुन्छ ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

फूलले कसैको घर उज्यालो हुन्छ । कसैको बगैचा । कसैको कार्यालय । अहिले त फूल बाहिर मात्रै नभएर घरको भित्र पट्टि पनि रोप्ने प्रचलन आएको छ । घरको सजी सज्जावटमा आम मानीसहरुको ध्यान जान थालेको छ । अनी उहाँले पनि अहिले समयको मागसँगै सबै खाले फूलका बिरुवा लगाउनु भएको छ । नर्सरी स्थापना गर्न, माटोको व्यवस्थापन गर्न , बिरुवाको दहल राख्न र उम्रेका ती बिरुवा राख्ने ट्रे को व्यवस्थापन पनि निकै चुनौतीका साथ सुरु गर्नु भएको थियो । तर अहिले सबैथोक व्यवस्थित छ । ब्यापार पनि राम्रो चल्न थालेको छ , लगानी पनि बढेको छ । उहाँको व्यवसायीक सफलतामा साथ दिन चाहि दमकमा रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले साथ दिएको उहाँले उल्लेख गर्नु भयो ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

उहाँका कतिपय साथीभाईहरुले उहाँको मिहनत देखेर भन्ने गर्छन ‘यस्तो मिहनत र सघर्ष गर्नेलाइ सरकारले कुनै सुविधा दिदैन र ? तर उहाँसँग यसको जवाफ छैन । किनकी उहाँले अहिले सम्म सरकारको तर्फबाट न कुनै सहयोग पाउनु भएको छ । न कुनै साथ नै । केवल एकल प्रयास र लगनशिलताले नै उहाँले यो सफलता प्राप्त गर्नु भएको हो ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

निरन्तर मिहनत गर्दा लक्ष्यमा पुग्न सकिने रहेछ भन्ने कुराको अर्को उदाहरण हुनुहुन्छ दमक १ मा घर हुनु भएका र दमक ८ सेतुमारी रोडमा फ्रेस हाउस चलाईरहनु भएका नारायण सापकोटा ।

सापकोटा केहि वर्ष मलेसियामा पनि काम गरेर फर्कनु भयो । उहाँको मिहनत र संघर्ष अव आफ्नै ठाउँमा गर्ने भनेर स्वदेश फर्कनु भएका नारायणले सुरुमा कुखुराको फर्म सुरु गर्नु भएको थियो । तर फार्मले उहाँलाई आम्दानी भन्दा बढि नोक्सानी मात्रै दियो । र उहाँले सुरु गर्नु भयो फ्रेस हाउस । यो पनि निकै संघर्षपूर्ण तरिकाले बिना लगानी सुरु गर्नु भएको हो । सबै साथीभाईको सहयोगबाट मात्रै ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

उहाँले हर प्रकारका संघर्ष पार गर्नु भएको छ । निरन्तर काममा लागी रहनु भएको छ । कुनै दिन पसल बन्द गर्नु भएको छैन । उहाँलाई एउटा लक्ष्यमा पुग्नु छ । मेरो तार्गेट यहाँ सम्म हो भन्ने उहाँले योजना बनाउनु भएको छ । तार्गेट पुरा नभए सम्म उहाँ आफ्नो कर्ममा लागि रहनु हुन्छ । यसरी एकाग्र भएर र अनी उद्धेस्य बनाएर काम गर्ने हो भने सफल बन्न सकिन्छ भन्ने उहाँलाई लागेको छ ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

उहाँले यहि फ्रेस हाउस खोलेर सुरुमा भाडामा लिएको जमिन अहिले खरिद गर्न सक्नु भयो । दमक १ फाल्गुनन्द चोकमा एउटा घरसँगै अर्को फ्रेस हाउस पनि खोल्नु भएको छ । अनी कमल गाउँपालिकामा केहि कटठ जमिन पनि किन्नु भएको छ । यो कमाई उहाँको १५ वर्ष देखीको निरन्तर कर्मको फल हो ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

आफु आफ्नो लक्ष्यमा पुगि सकेको बताउने उहाँ ब्यावार गर्ने तथा काम गर्नेहरुले आफ्नो उद्धेस्य र लक्ष्य स्पष्ट बनाउनु पर्ने सुझाव दिनु हुन्छ । साथै उहाँले ब्यापार गर्दा ब्यापार गर्ने क्षेत्रको सम्भावना, चुनौती र अवसर हेरेर आवश्यकताका आधारमा मात्रै लगानी गर्न पनि सmुझाव छ सापकोटाको । उहाँले ऋण लिएपछि आफुले तिर्न सक्ने आधार र श्रोत सुनिश्चित राख्नु पर्ने अनुभव पनि सुनाउनु हुन्छ ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

उहाँको निरन्तर कर्म, मिहनत र संघर्ष देखेर नै होला सायद सफलता यती नजिक आएको । हैन भने यसरी फ्रेस हाउस चलाउनेहरु कति आए कति पलायन भए । तर सापकोटा सँधै संघर्षको मैदानमै दौडीरहनु भयो । उहाँको सफलतामा साथ दिन सँधै तयार भयो स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी दमक । लगानी बढाउन र सम्पती जोड्न स्वर्ण लक्ष्मीले दिएको ढाढसनै उहाँको सफलताको अर्को आधार बन्यो ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाले यसरी मिहनत र परिश्रम गर्नेहरुलाई हर बखत आर्थीक रुपमा सहजीकरण गर्दै आएको छ । आवश्यकतालाई पूर्ति गर्न र समस्यालाई समाधान गर्दै मिहनतीहरुको मिहनत मर्न नदिन सहकारीले आफ्ना सदस्यहरुकालागि यस प्रकारका कार्यक्रमहरु सञ्चालन गरिरहेको जनाएको छ ।

(6) नथाकेका थुलुङ, नहारेका नारायण | (भिडियो कथा) – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ