दमक/
झापाको दमक स्थित बसपार्क प्रवेश गर्ने कर्नरमै छ नेम्वाङ ड्राईभीङ सेन्टर । यसको स्थापना गर्नुको लक्ष्य पैसा कमाउने भन्ने नै थीएन । यो त आफुले परदेशको भूमिमा पाएको अपमानको उपजले खुलेको हो ।
हो यसका सञ्चालक डीक बहादुर नेम्वाङ मलाया भूमिमा गाडी कुदाउन नजान्दा इन्डोनेसियन र चाइनीजले गरेको अपमान सहन नसकेपछि अव हरेक विदेश जानेलाई ड्राइभिङ सिकाएर मात्रै विदेश जाने बनाउछु भन्ने इखैले खुल्यो ।
अहिले नेम्वाङ ड्राइभीङ सेन्टर एउटा छुट्टै ब्राण्ड बनेको छ । सान बनेको छ । अनी धेरैको विस्वास र भर पर्ने ठाम बनेको छ ।
विदेशमा गाडी नसिकेका कारण पाएको सास्ती र विदेशीले गरेको त्यो अपमानका कारण नेपाल आएको केहि दिनमै उहाँले गाडी कुदाउन सिक्नु भयो । आफुले मात्रै सिकेर भएन । अव विदेश जाने जो सुकैलाई ड्राईभीङ सिकाएर मात्रै विदेश पठाउछु भन्ने प्रण गरेर सुरु गरिएको यो ड्राईभिङ सेन्टर अहिले हरेक यूवाहरुको भविष्य निर्माण गर्ने थलो बनेको छ ।
यहाँबाट उत्पादन भएकाहरुले देश तथा विदेशमा निकै राम्रो प्रगती गरेको देख्दा र सुन्दा मात्रै पनि डीक बहादुरलाई आफ्नो लक्ष्य पुरा भएको अनुभव हुन्छ ।
उहाँ यो पेषामा यसरी लाग्नु भयो कि अहिले उहाँको नाममा तर्कुले र बाईमात्रा जोडेर अन्यले पनि व्यवसाय थालेका छन् । तर सिक्न आउनेलाई सिकाउने तरिका र सिकेर गएपछि पनि गरिने निरन्तर सम्पर्कले नेम्वाङ ड्राइभीङको नाम सँधै अग्रस्थानमा आइरह्यो । केहि चलीरहेका छन् । केहि बन्द भएर गए । तर दमकको पहिलो नेम्वाङ ड्राइभिङ सेन्टर अहिले पनि स्टेरिङ सिकाउने एक प्रमुख र विस्वसनीय गन्तव्य बनिनै रहेको छ ।
उहाँको ब्यापार गर्ने तरिका नै फरक छ र त उहाँलाई जस्ता सुकै भेल बाढी आएपनि बगाउँदैन । उहाँले पनि ऋण खानु भएको । महिनै पिच्छे किस्ता तिर्नैै पर्छ । ब्याज तिर्नै पर्छ । जे कामका लागि लिएको ऋण हो त्यो ऋण सम्बन्धीत काम बाहेक अन्त एक रुपौया पनि खर्च गर्नु हुन्न । जस्तै १० लाख ऋण लिदा २ लाख चाहि त्यहि बचत गरिहाल्नु हुन्छ । ता कि कुनै बेला संकट आयो भने त्यसले टार्छ भनेर ।
यसरी मिहनत र कर्मशिल व्यवसाय गरिरहनु भएका डीक बहादुलाई दमकका रहेको स्वणर् लक्ष्मी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले सदस्य बनायो । उहाँको व्यवसायीक सफलतामा थप साथ दिएको उहाँले प्रतिकृया दिनु भएको छ ।
रित्तै दमक आउनु भएका चन्द्र प्रसादको संघर्ष
दमक ९ स्थित सरस्वती मावि इटाभट्टा जाने बाटोमै गरिमा किराना पसल गरिरहनु भएका चन्द्र प्रसाद रिजालले पनि जीवनमा धेरैनै रिक्स मोल्नु भएको छ ।
इलाम स्थाई घर भएपनि उहाँ भारतको असाममा बढि बस्नु भयो । असामबाटै उहाँ शरिर ढाक्ने एक सरो कपडा लगाएर रित्तै दमक आउनु भएको थियो ।दमक आएपछि उहाँले पहिला यहाँ रहेको एउटा रिक्सा ग्यारेजमा काम गर्दै दमक बसाईको सुरुवात गर्नु भएको थियो ।
दाहाल रिक्सा ग्यारेजमा केहि वर्ष रिक्सा मर्र्मत गर्ने काम गरेपछि उहाँ परदेश लाग्नु भयो । परदेशको गरेको मिहनत र कर्मले केहि लगानी आर्जन गरायो । अर्जीत लगानीले अव स्वदेशमै केहि गर्नु पर्छ भन्ने सोच आएपछि उहाँले चलीरहेको यो पसल किन्नु भयो । सुरुमा सामान्य डेरी मात्रै सञ्चालन भइरहेको पसलमा अहिले घरको भान्सामा चाहिने खाद्यन्न सम्बन्धीका सबै सामाग्री चन्द्र प्रसादले राख्नु भएको छ ।
यसैबाट उहाँले खर्च कटाएर मासिक पचास साठी हजार कमाई गरिरहनु भएको छ । बिहान ६ बजे देखी बेलुका ८ बजे सम्म गरिरहेको यो काममा पारिवारीक साथ समेत मिलेकोले आफु सन्तुष्ट रहेको चन्द्र प्रसादले प्रष्ट पार्नु भयो ।
खाली हात दमक आउनु भएका चन्द्र प्रसादसँग अहिले २०/३० लाख लगानी भएको पसल छ । बस्नकालागि एउटा घर छ । छोराछोरीलाई इच्छा अनुसार बढाइरहनु भएको छ । एक्ला चन्द्र प्रसाद अहिले पूणर् परिवारसँग खुसीकासाथ बस्नु भएको छ । उहाँले यसलाई आफ्नो जीवनको सबैभन्दा ठुलो कमाई ठान्नु भएको छ ।
कोहि पनि व्यक्ति सफल हुन्छ भने उसमा एउटा संकल्प हुनुनै पर्छ । चन्द्र प्रसादसँग पनि धेरै अभाव । दवाव र तनावा भोगेका ती अनुभव थीए । जसलाई आफ्नो जीवनको एउटा महत्वपूणर् पाठ सम्झनु भयो । कडा मिहनत गर्नु भयो । काममा लगानसिल बन्नु भयो । यत्तीको कर्मशील व्यक्ति दमकमा रहेको स्वणर् लक्ष्मी बचत तथा ऋण सहकारीको सदस्य बन्नु भयो । र सदस्यलाई हरेक क्षेत्रमा सफल बनाउन स्वणर् लक्ष्मीले पनि साथ दियो । अनी त चन्द्र प्रसादपनि अहिले प्रफुल्लीत बन्नु भयो ।
झापा र मोरङमा आफ्नो कार्यक्षेत्र फैलाएको स्वणर् लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाले आफ्ना सदस्यहरुलाई उद्यमी बनाउन, आर्थीक रुपमा सवल बनाउन विभिन्न प्रकारका वित्तिय साक्षरता दिइरहेका कारणनै डीक बहादुर तथा चन्द्र प्रसाद जस्ता सदस्यहरुको विस्वासको केन्द्र बनेको छ ।
भिडियोमा हेरौ