दमक/
गौतम बुद्ध नेपालमा जन्मेका हुन भनेर विस्वका केहि देशहरुले भर्खरै स्विकार गर्दै छन् । नेपाल देशलाईनै भारतको एउटा प्रान्त हो भन्ने विस्वका कतिपय देशहरुले भने गौतम बुद्धको जन्मस्थानका बारेमा भ्रममानै रहेको पाइन्छ ।
गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने कुरा विस्वाले पत्यायरहेको छ । तर त्यो लुम्बनी नेपालको होईन भारतको हो भन्ने कुरामा उनीहरु भ्रम सहितको निष्चिन्ततामा छन् ।
यस्तै अवस्था छ नेपाली महिलाहरुको रोजगारको गन्तव्य मानीएको ओमनमा पनि ।
ओमनमा बुद्ध नेपालमा जन्मेका हुन भन्ने कुराको तथ्यगत रुपमा प्रचार गर्न र त्यहाँको सरकारको कानमा समेत सुनाउने अभियान चलाउन नेपाली बुद्ध भिजन ओमन नामक सस्था जन्मीयो ।
सबै भन्दा पहिला यो सस्थाले त्यहाँ रहेका नेपालीहरुसँग बुद्धको वचन र उहाँको जन्मका बारेमा बुझायो । सबै सस्थाहरुको अहिले ऐकवद्धता खोज्दै त्यहाँ रहेको नेपाली राजदुतावाससँग समेत सहकार्य गरेर बुद्ध नेपालमा जन्मेका हुन भन्नेबारेमा विभिन्न कार्यक्रमहरु गरिरहेको सस्थाकी कोषाध्यक्ष लक्ष्मी तामाङले उज्यालो खवरसँगको संवादका क्रममा बताउनु भयो ।
‘हामी यो अभियानलाई नेपालीमा मात्रै सिमित राख्दैनौ , त्यहाँको कानुन र समुदायको अवस्थालाई समेत मुल्यांकन गर्दै सबै भन्दा पहिला एक नेपाली एक ओमानी नागरिकसँग संवाद कार्यक्रम गर्छौ । ’तामाङले बताउनु भयो ।
यो काम गर्न सबैभन्दा पहिला ओमनमा कार्यरत नेपालीहरुसँग संवाद गर्ने । अभियान चलाउन सबैको सहमती खोज्ने र मनबाटै यो काम गर्नु पर्छ भन्ने भावना जागृत गराइ यसलाई प्रभावकारी रुपमा अघी बढाउने काम गर्ने तामाङले बताउनु भयो ।
झापाको दमक स्थाइ घर हुनु भएकी तामाङ २३ वर्ष देखी ओमनमा कार्यरत हुनुहुन्छ । सुरुमा साधारण कामदारको रुपमा ओमन जानु भएकी उहाँ अहिले आफैले विभिन्न व्यवसाय गरिरहनु भएको छ । त्यहाँ रहेका विभिन्न सघं सस्थाहरुमा समेत आवद्ध भइ त्यहाँ अप्ठ्यारोमा परेका नेपालीहरु तथा ओमनबाटै पनि नेपालका केहि ठाउँहरुमा सहयोग गर्ने काम गरिरहेको तामाङले बताउनु भएको छ ।
उहाँसग गरिएको संवादको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
Gautam Buddha was born in nepal ||Vision Oman|| Nepali Community||Laxmi tamang – YouTube