बुद्धको जन्मस्थानबारे ओमानीलाई बुझाउने अभियान, ‘एक नेपाली एक ओमानी संवाद’ (भिडियोमा हेरौ)

दमक/
गौतम बुद्ध नेपालमा जन्मेका हुन भनेर विस्वका केहि देशहरुले भर्खरै स्विकार गर्दै छन् । नेपाल देशलाईनै भारतको एउटा प्रान्त हो भन्ने विस्वका कतिपय देशहरुले भने गौतम बुद्धको जन्मस्थानका बारेमा भ्रममानै रहेको पाइन्छ ।

गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने कुरा विस्वाले पत्यायरहेको छ । तर त्यो लुम्बनी नेपालको होईन भारतको हो भन्ने कुरामा उनीहरु भ्रम सहितको निष्चिन्ततामा छन् ।

यस्तै अवस्था छ नेपाली महिलाहरुको रोजगारको गन्तव्य मानीएको ओमनमा पनि ।

ओमनमा बुद्ध नेपालमा जन्मेका हुन भन्ने कुराको तथ्यगत रुपमा प्रचार गर्न र त्यहाँको सरकारको कानमा समेत सुनाउने अभियान चलाउन नेपाली बुद्ध भिजन ओमन नामक सस्था जन्मीयो ।

सबै भन्दा पहिला यो सस्थाले त्यहाँ रहेका नेपालीहरुसँग बुद्धको वचन र उहाँको जन्मका बारेमा बुझायो । सबै सस्थाहरुको अहिले ऐकवद्धता खोज्दै त्यहाँ रहेको नेपाली राजदुतावाससँग समेत सहकार्य गरेर बुद्ध नेपालमा जन्मेका हुन भन्नेबारेमा विभिन्न कार्यक्रमहरु गरिरहेको सस्थाकी कोषाध्यक्ष लक्ष्मी तामाङले उज्यालो खवरसँगको संवादका क्रममा बताउनु भयो ।

‘हामी यो अभियानलाई नेपालीमा मात्रै सिमित राख्दैनौ , त्यहाँको कानुन र समुदायको अवस्थालाई समेत मुल्यांकन गर्दै सबै भन्दा पहिला एक नेपाली एक ओमानी नागरिकसँग संवाद कार्यक्रम गर्छौ । ’तामाङले बताउनु भयो ।

यो काम गर्न सबैभन्दा पहिला ओमनमा कार्यरत नेपालीहरुसँग संवाद गर्ने । अभियान चलाउन सबैको सहमती खोज्ने र मनबाटै यो काम गर्नु पर्छ भन्ने भावना जागृत गराइ यसलाई प्रभावकारी रुपमा अघी बढाउने काम गर्ने तामाङले बताउनु भयो ।

झापाको दमक स्थाइ घर हुनु भएकी तामाङ २३ वर्ष देखी ओमनमा कार्यरत हुनुहुन्छ । सुरुमा साधारण कामदारको रुपमा ओमन जानु भएकी उहाँ अहिले आफैले विभिन्न व्यवसाय गरिरहनु भएको छ । त्यहाँ रहेका विभिन्न सघं सस्थाहरुमा समेत आवद्ध भइ त्यहाँ अप्ठ्यारोमा परेका नेपालीहरु तथा ओमनबाटै पनि नेपालका केहि ठाउँहरुमा सहयोग गर्ने काम गरिरहेको तामाङले बताउनु भएको छ ।

उहाँसग गरिएको संवादको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Gautam Buddha was born in nepal ||Vision Oman|| Nepali Community||Laxmi tamang – YouTube

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ