दमक/
अहिले नेपालमा व्यवस्थाकै विरुद्धमा चर्का बहस सुरु भएको छ । केहि नेता तथा व्यक्तिहरुको गलत प्रबृद्धिका कारण केहि समुह तथा व्यक्तिहरुले व्यवस्थाकै विरुद्धमा धावा बोल्ने गरेका छन् ।
झापाका व्यापारी प्रसाई अहिले नेपालमा गणतन्त्र ‘फेल’ भइसक्यो अव राजा नआए यो देशनै रहदैन भन्दै सार्वजनिक अभिव्यक्ति दिदै हिडीरहनु भएको छ ।
उहाँकै नेतृत्वमा मंसिर ७ गते काठमाडौमा विशाल सभा समेत आयोजना गरिएको छ । जनताको समर्थन पनि उत्तीकै मात्रामा जुटिरहेको छ । यसले गर्दा जनतामा व्यवस्था प्रति नकरात्मक धारणा विकास भएको र यसले गर्दा व्यवस्थाको स्थाईत्वमानै प्रश्न उठेको हो कि भनेर अहिले बहस पनि सुरु भएको छ ।
तर ४५ वर्ष देखी नेपाली काग्रेसबाट राजनिती गरिरहनु भएका राजनितीज्ञ अनिलकृष्ण प्रसाई भने यसलाई सामान्य रुपमा लिन अनुरोध गर्नु हुन्छ ।
‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै यहि त हो नि आफुलाई चित्त नबुझेका कुरा सार्वजनिक रुपमा अभिव्यक्ति गर्नु ।’ कोहि एउटा व्यक्ति तथा समुहलाई चित्त नबुझ्दैमा यत्रो त्याग र बलीदानबाट प्राप्त भएको व्यवस्था क्षणभरमै सकिन्छ भन्नु मुर्खता मात्रै हो भन्ने प्रसाईको टिप्पणी छ ।
‘व्यवस्था र्फेनकालागि के यसरी चोक चोकमा भाषण गर्दै हिडनु पर्छ, नागरिकहरुमा मुठभेडको स्थिती बनाउनु पर्छ र ? आगामी निर्वाचनमा राजा चाहिन्छ भन्ने पक्षधरले दुई तिहाई सिट जीत्ने । संविधान संसोधन गर्ने अनी राजतन्त्र ल्याए त भइगयो नी ।’उहाँले राजतन्त्र फर्काउने बाटो समेत सुझाईदिनु भएको छ ।
प्रसाईसँग वर्तमान राजनैतिक परिवेशमा केन्द्रित रहेर गरिएको कुराकानीको भिडियो यहाँ राखीएको छ ।
(3) व्यवस्थाको व्यवस्थापन प्रभावकारी भएन, नेता लोभी पापी भए – YouTube