‘एउटा व्यक्तिले व्यवस्था हल्लाउन सक्छ र भन्या ? (भिडियो संवाद)

दमक/
अहिले नेपालमा व्यवस्थाकै विरुद्धमा चर्का बहस सुरु भएको छ । केहि नेता तथा व्यक्तिहरुको गलत प्रबृद्धिका कारण केहि समुह तथा व्यक्तिहरुले व्यवस्थाकै विरुद्धमा धावा बोल्ने गरेका छन् ।

 

झापाका व्यापारी प्रसाई अहिले नेपालमा गणतन्त्र ‘फेल’ भइसक्यो अव राजा नआए यो देशनै रहदैन भन्दै सार्वजनिक अभिव्यक्ति दिदै हिडीरहनु भएको छ ।

 

उहाँकै नेतृत्वमा मंसिर ७ गते काठमाडौमा विशाल सभा समेत आयोजना गरिएको छ । जनताको समर्थन पनि उत्तीकै मात्रामा जुटिरहेको छ । यसले गर्दा जनतामा व्यवस्था प्रति नकरात्मक धारणा विकास भएको र यसले गर्दा व्यवस्थाको स्थाईत्वमानै प्रश्न उठेको हो कि भनेर अहिले बहस पनि सुरु भएको छ ।

 

तर ४५ वर्ष देखी नेपाली काग्रेसबाट राजनिती गरिरहनु भएका राजनितीज्ञ अनिलकृष्ण प्रसाई भने यसलाई सामान्य रुपमा लिन अनुरोध गर्नु हुन्छ ।

 

‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै यहि त हो नि आफुलाई चित्त नबुझेका कुरा सार्वजनिक रुपमा अभिव्यक्ति गर्नु ।’ कोहि एउटा व्यक्ति तथा समुहलाई चित्त नबुझ्दैमा यत्रो त्याग र बलीदानबाट प्राप्त भएको व्यवस्था क्षणभरमै सकिन्छ भन्नु मुर्खता मात्रै हो भन्ने प्रसाईको टिप्पणी छ ।

 

‘व्यवस्था र्फेनकालागि के यसरी चोक चोकमा भाषण गर्दै हिडनु पर्छ, नागरिकहरुमा मुठभेडको स्थिती बनाउनु पर्छ र ? आगामी निर्वाचनमा राजा चाहिन्छ भन्ने पक्षधरले दुई तिहाई सिट जीत्ने । संविधान संसोधन गर्ने अनी राजतन्त्र ल्याए त भइगयो नी ।’उहाँले राजतन्त्र फर्काउने बाटो समेत सुझाईदिनु भएको छ ।

 

प्रसाईसँग वर्तमान राजनैतिक परिवेशमा केन्द्रित रहेर गरिएको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

(3) व्यवस्थाको व्यवस्थापन प्रभावकारी भएन, नेता लोभी पापी भए – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ