दमक/
व्यवासयमा सफलता प्राप्त गर्न मिहनत र संघर्ष गरेर मात्रै सफलता होइदैन भन्ने कुरा बिन्दु सिटौलालाई हेरे पुग्छ । यसमा भाग्यले पनि साथ दिनु पर्छ अर्थात लक लाग्नु पर्छ । त्यसैले त उहाँको नामनै साथीहरुले बिन्दुबाट लक्की बनाइदिए ।
लक्कीको जीवनमा लक मात्रै लागेन । त्यो लक लाग्न कर्मप्रतिको निष्ठा उहाँमा सदैव देखिएको छ ।
विद्यालयमा पढ्न गएदेखीनै व्यवसायीक क्षेत्रको स्वाद चाख्नु भएकी सिटौलाले अहिले घर तथा कार्यालयको सजीसज्जावटको काममा पूर्वमै ख्याती कमाउनु भएको छ भने अहिले निर्माण व्यवसायको क्षेत्रमा पनि प्रवेश गर्नु भएको छ ।
महिला भएकै कारण व्यवसायीक क्षेत्रको धेरै ठाउँमा ठक्कर खानु भएपनि उहाँमा म गर्न सक्छु भन्ने आत्मविस्वासले भने साथ छोडन । त्यसैले त अहिले झापाको दमकमा एक सफल महिला उद्यमीको रुपमा परिचय बनाउन सक्नु भएको छ ।
सिटौलाको त्यसबेलाको संघर्ष र अहिलेको उपलब्धीकाबारेमा सहकर्मी प्रतिमा दाहालले उहाँको घरमै गएर बुझ्ने प्रयास गर्नु भएको छ ।
Mahilako mahima||Bindu sitaula Lucky with Pratima Dahal||ujyaalo khabar – YouTube