लगानीमैत्री नीतिको माग

दमक उद्योग वाणिज्य सघंको ३० औ साधारणसभा : लगानीमैत्री नीति र कार्यक्रम ल्याउन तीनै तहका सरकारलाई आग्रह

दमक/
निजी क्षेत्रका अगुवाहरुले लगानीमैत्री नीति र कार्यक्रम ल्याउन तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।
दमक उद्योग वाणिज्य संघको ३० औ साधारणसभामा वक्ताहरुले कोरोनाका कारण लामो समय थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन विषेश कार्यक्रमहरु ल्याईनु पर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले तीनै तहका सरकारहरु विच समन्वय भई कर प्रणालीलाई सुधार गर्नु पर्ने र लगानीलाई प्रोत्साहन गरिनु पर्ने बताउनुभयो ।

यस्तै उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, उमेशराज श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेन्द्र ढकाल लगायतले साना लगानीकर्ताहरुलाई पनि संरक्षण गर्न ध्यान दिईनु पर्ने बताउनुभयो ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघको प्रतिवेदन पेश गर्दै अध्यक्ष गोकुल श्रेष्ठले ८ बुँदामा विभिन्न तहका सरकारको ध्यानाकर्षण गराउनु भएको छ । दमकमा निर्माण हुने भनिएको औद्योगीक पार्क निर्माण प्रकृया तिव्र बनाउन, दमकमा सुविधा सम्पन्न अस्पताल बनाउन, दमकमा प्रदर्शनी स्थलको व्यवस्था गर्न, सुरक्षा व्यवस्था मजवुद बनाउन, पर्यटकीय क्षेत्र एवम् पर्यटनको प्रवद्र्धन गर्न लगायतका विषयहरुमा उहाँले तीनै तहका सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
सम्मान पनि गरियो
साधारणसभाको अवसर पारि विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मान गरिएको हो ।लामो समय देखि दमक व्यवसायी गर्दै आएका डम्बर राई र राजोदेवी शाहालाई कार्यक्रममा सम्मान गरियो । यसै गरि सञ्चार क्षेत्र मार्फत दमकको उद्योग वाणिज्य एवम् निजी क्षेत्रको प्रवद्र्धनमा सहयोग गरेको भन्दै पत्रकार गिरीराज भट्टराईलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
 यसै गरि कोभिड नियन्त्रणका क्षेत्रमा महत्वपूणर् योगदान पुर्याएको भन्दै दमक स्थित आम्दा अस्पतालका निवर्तमान मेडीकल सुपरीटेण्डेन्ट डाक्टर नविन ढकाल एवम् दमक अस्पतालकी सुचना अधिकारी देवी दंगाललाई समेत कार्यक्रममा सम्मान गरियो । यस्तै संघले स्थापना गरेको महामारी नियन्त्रण समितिका संयोजक संघका पूर्व अध्यक्ष प्रकाश प्रसाई सहित समितिका सदस्यहरुलाई समेत सम्मान गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले जानकारी दिनुभयो ।
यस्तै होटल व्यवसायी संघको प्रदेश १ मा निर्वाचित राजन दंगाल, निर्माण व्यवसायी संघ झापाको वरिष्ठ उपाध्यक्षमा निर्वाचित रमेश अधिकारी र कोषाध्यक्षमा निर्वाचित चन्द्र खत्रीलाई बधाई सहित कार्यक्रममा सम्मान गरिएको थियो । उहाँहरु तिनै जना संघका पूर्व सदस्य हुनुहुन्छ । कार्यक्रममा विभिन्न प्रतिवेदन समेत पेश गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री र प्रहरीको भूमिका माथि राष्ट्रियसभामा प्रश्न

काठमाडौं,९ भदौ । नेकपा (एमाले) का राष्ट्रियसभा सांसद सोमनाथ पोर्तेलले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणमा गृहमन्त्री र प्रहरी प्रशासनबाटै अमानवीय र

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पुरक निवेदन, ११ भदौमा पेसी

काठमान्डौ,९ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पुरक निवेदन

मुद्दा हारेपछि सर्वोच्चबाट हामफाल्ने प्रयास, सकुशल उद्धार

काठमाडौँ,९ भदौ । स्थित सर्वोच्च अदालतको पाँचौं तलाबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। कारणः लालबहादुर राई नाम गरेका

जसपा नेपालद्वारा लुम्बिनीका तीन सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौँ,९ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्ने आफ्ना तीन प्रदेश सभा सदस्यहरूसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण

महिला ट्राफिक प्रहरी माथि हातपात गर्ने युवक बानेश्वरबाट पक्राउ

काठमाडौं , ९ भदौ। बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा बुझाए आँखाको स्वास्थ्य रिपोर्ट

काठमाडौँ,९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाउनु भएको छ ।स्वास्थ्यमा देखिएको समस्याका