लगानीमैत्री नीतिको माग

दमक उद्योग वाणिज्य सघंको ३० औ साधारणसभा : लगानीमैत्री नीति र कार्यक्रम ल्याउन तीनै तहका सरकारलाई आग्रह

दमक/
निजी क्षेत्रका अगुवाहरुले लगानीमैत्री नीति र कार्यक्रम ल्याउन तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।
दमक उद्योग वाणिज्य संघको ३० औ साधारणसभामा वक्ताहरुले कोरोनाका कारण लामो समय थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन विषेश कार्यक्रमहरु ल्याईनु पर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले तीनै तहका सरकारहरु विच समन्वय भई कर प्रणालीलाई सुधार गर्नु पर्ने र लगानीलाई प्रोत्साहन गरिनु पर्ने बताउनुभयो ।

यस्तै उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, उमेशराज श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेन्द्र ढकाल लगायतले साना लगानीकर्ताहरुलाई पनि संरक्षण गर्न ध्यान दिईनु पर्ने बताउनुभयो ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघको प्रतिवेदन पेश गर्दै अध्यक्ष गोकुल श्रेष्ठले ८ बुँदामा विभिन्न तहका सरकारको ध्यानाकर्षण गराउनु भएको छ । दमकमा निर्माण हुने भनिएको औद्योगीक पार्क निर्माण प्रकृया तिव्र बनाउन, दमकमा सुविधा सम्पन्न अस्पताल बनाउन, दमकमा प्रदर्शनी स्थलको व्यवस्था गर्न, सुरक्षा व्यवस्था मजवुद बनाउन, पर्यटकीय क्षेत्र एवम् पर्यटनको प्रवद्र्धन गर्न लगायतका विषयहरुमा उहाँले तीनै तहका सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
सम्मान पनि गरियो
साधारणसभाको अवसर पारि विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मान गरिएको हो ।लामो समय देखि दमक व्यवसायी गर्दै आएका डम्बर राई र राजोदेवी शाहालाई कार्यक्रममा सम्मान गरियो । यसै गरि सञ्चार क्षेत्र मार्फत दमकको उद्योग वाणिज्य एवम् निजी क्षेत्रको प्रवद्र्धनमा सहयोग गरेको भन्दै पत्रकार गिरीराज भट्टराईलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
 यसै गरि कोभिड नियन्त्रणका क्षेत्रमा महत्वपूणर् योगदान पुर्याएको भन्दै दमक स्थित आम्दा अस्पतालका निवर्तमान मेडीकल सुपरीटेण्डेन्ट डाक्टर नविन ढकाल एवम् दमक अस्पतालकी सुचना अधिकारी देवी दंगाललाई समेत कार्यक्रममा सम्मान गरियो । यस्तै संघले स्थापना गरेको महामारी नियन्त्रण समितिका संयोजक संघका पूर्व अध्यक्ष प्रकाश प्रसाई सहित समितिका सदस्यहरुलाई समेत सम्मान गरिएको संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले जानकारी दिनुभयो ।
यस्तै होटल व्यवसायी संघको प्रदेश १ मा निर्वाचित राजन दंगाल, निर्माण व्यवसायी संघ झापाको वरिष्ठ उपाध्यक्षमा निर्वाचित रमेश अधिकारी र कोषाध्यक्षमा निर्वाचित चन्द्र खत्रीलाई बधाई सहित कार्यक्रममा सम्मान गरिएको थियो । उहाँहरु तिनै जना संघका पूर्व सदस्य हुनुहुन्छ । कार्यक्रममा विभिन्न प्रतिवेदन समेत पेश गरिएको थियो ।
उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।