हुण्डाई कम्पनीको ‘ह्याब्बी इक्यूपमेण्ट’ प्रयोगकर्ताहरुमा आक्रोस बढ्दो, सामान बेचेर ‘सर्भीस’ दिन नसकेको गुनासो(भिडियोमा हेरौ)

दमक/
झापाको दमकमा रहेको एन आर आर कंकृट उद्योग प्रालिले हुण्डाई कम्पनीका दुईवटा ‘ह्याब्बी इक्यूपमेण्ट’ प्रयोग गरिरहेको छ । एक्सा भेटर र भ्याकुलोडर । अन्य विभिन्न कम्पनीका विभिन्न साधन प्रयोग गर्दै आएको यो कम्पनीले पछिल्लो केहि वर्ष यता भने हुण्डाई कम्पनीका साधन पनि प्रयोग गर्यो ।

तर यसका साधन मध्ये स्का भेटर बिग्रीएपछि भने त्यसको सहज ‘सर्भीस’ सेवा नपाएको गुनासो कम्पनीका सञ्चालकको छ । सञ्चालक रुद्र थापा भन्नु हुन्छ ‘काम गरीरहेको मेसीनबाट एकाएक पानी चुहिन थाल्यो , के भएको हो भनेर हामीले मेसीनको कम्पनी प्रतिनिधीलाई खवर गर्यौ । प्रतिनिधी आएर चेकजाँज पनि गरे । तर एउटै सामान पटक पटक बदलीरहे । तर पनि मेसीन हाम्रो हात लागेन । ५ दिनमा बनाइसक्ने भनेकाहरुले ३ महिनामा पनि बनाइदि सकेनन । काममा लगाउनु पर्ने मेसीन यत्तीकै बसेपछि हाम्रा सबै काम रोकिएका छन् । जुन मेसीनले गर्दा हरेक दिन घण्टाको तीन हजार रुपैँया नोक्सान बिहोरीरहनु परेको छ । ’

एउटै समस्या देखाएर पटक पटक मर्मत गर्न भन्दै पैसा मात्रै असुलेको तर अहिले सम्म मेसिन समेत फिर्ता नगरेको भन्दै कार्कीले आक्रोस पोख्नु भयो ।

यता हुण्डाई कम्पनीको कोशी प्रदेश हेर्ने र त्यसको प्राविधिक जिम्मेवारीमा रहनु भएका निकाश घिमिरे चाहि कार्कीको कुरामा सहमत हुनुहुन्न । सुरुमा जे समस्या भनेर बोलाइएको थियो त्यो समाधान गरीसकेपछि फेरी अर्को समस्या पनि देखियो । देखिएको समस्या बारेमा प्राविधिकले जानकारी गराउने धर्म हो । हामीले त्यहि गर्यौ । गर्दै जादा अन्य ठाउँमा पनि समस्या देखिएको र त्यसको दिगो समाधान निकाल्ने उपायमा आइपुगेपछि त्यसमा लाग्ने शुल्क तिर्ने समस्यामा मात्रै विवाद भएको ।

 

समयमा सर्भीसको सेवा नपाएपछि हुण्डाइको ह्याब्बी इक्यूपमेण्ट प्रयोगकर्ताहरुमा पछिल्लो समय गुनासो बढ्न थालेको छ । दक्ष प्राविधिकको अभावका यस्ता समस्या देखिएका हुन वा सामान मात्रै बेचेर सर्भिसको प्रभावकारी सेवा प्रादन गर्न कम्पनी आनाकानी गरेको हो भन्दै उनीहरुले यसको निकास निकाल्न अनुरोध गरेका छन् ।

 

भिडियो हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ