हुण्डाई कम्पनीको ‘ह्याब्बी इक्यूपमेण्ट’ प्रयोगकर्ताहरुमा आक्रोस बढ्दो, सामान बेचेर ‘सर्भीस’ दिन नसकेको गुनासो(भिडियोमा हेरौ)

दमक/
झापाको दमकमा रहेको एन आर आर कंकृट उद्योग प्रालिले हुण्डाई कम्पनीका दुईवटा ‘ह्याब्बी इक्यूपमेण्ट’ प्रयोग गरिरहेको छ । एक्सा भेटर र भ्याकुलोडर । अन्य विभिन्न कम्पनीका विभिन्न साधन प्रयोग गर्दै आएको यो कम्पनीले पछिल्लो केहि वर्ष यता भने हुण्डाई कम्पनीका साधन पनि प्रयोग गर्यो ।

तर यसका साधन मध्ये स्का भेटर बिग्रीएपछि भने त्यसको सहज ‘सर्भीस’ सेवा नपाएको गुनासो कम्पनीका सञ्चालकको छ । सञ्चालक रुद्र थापा भन्नु हुन्छ ‘काम गरीरहेको मेसीनबाट एकाएक पानी चुहिन थाल्यो , के भएको हो भनेर हामीले मेसीनको कम्पनी प्रतिनिधीलाई खवर गर्यौ । प्रतिनिधी आएर चेकजाँज पनि गरे । तर एउटै सामान पटक पटक बदलीरहे । तर पनि मेसीन हाम्रो हात लागेन । ५ दिनमा बनाइसक्ने भनेकाहरुले ३ महिनामा पनि बनाइदि सकेनन । काममा लगाउनु पर्ने मेसीन यत्तीकै बसेपछि हाम्रा सबै काम रोकिएका छन् । जुन मेसीनले गर्दा हरेक दिन घण्टाको तीन हजार रुपैँया नोक्सान बिहोरीरहनु परेको छ । ’

एउटै समस्या देखाएर पटक पटक मर्मत गर्न भन्दै पैसा मात्रै असुलेको तर अहिले सम्म मेसिन समेत फिर्ता नगरेको भन्दै कार्कीले आक्रोस पोख्नु भयो ।

यता हुण्डाई कम्पनीको कोशी प्रदेश हेर्ने र त्यसको प्राविधिक जिम्मेवारीमा रहनु भएका निकाश घिमिरे चाहि कार्कीको कुरामा सहमत हुनुहुन्न । सुरुमा जे समस्या भनेर बोलाइएको थियो त्यो समाधान गरीसकेपछि फेरी अर्को समस्या पनि देखियो । देखिएको समस्या बारेमा प्राविधिकले जानकारी गराउने धर्म हो । हामीले त्यहि गर्यौ । गर्दै जादा अन्य ठाउँमा पनि समस्या देखिएको र त्यसको दिगो समाधान निकाल्ने उपायमा आइपुगेपछि त्यसमा लाग्ने शुल्क तिर्ने समस्यामा मात्रै विवाद भएको ।

 

समयमा सर्भीसको सेवा नपाएपछि हुण्डाइको ह्याब्बी इक्यूपमेण्ट प्रयोगकर्ताहरुमा पछिल्लो समय गुनासो बढ्न थालेको छ । दक्ष प्राविधिकको अभावका यस्ता समस्या देखिएका हुन वा सामान मात्रै बेचेर सर्भिसको प्रभावकारी सेवा प्रादन गर्न कम्पनी आनाकानी गरेको हो भन्दै उनीहरुले यसको निकास निकाल्न अनुरोध गरेका छन् ।

 

भिडियो हेरौ

Share: