इटाभट्टा सञ्चालन गर्ने सहासमा झापाका २६ वर्षे लुसन कार्की (भिडियोमा हेरौ)

दमक/
झापाको कमल गाउँपालिका वडा नं १ स्थित सोलमारी । यहाँ बिभिन्न व्यक्तिहरुको इटा बनाउने भट्टा छ । यी मध्येको एउटा भट्टाको नाम हो , एवान इटा उद्योग । यो भट्टा ३३ बिगाह क्षेत्रफलमा फैलिएको छ । यसको अहिलेको लगानी २० करोड बराबरको छ । दैनिक ३० हजार इटा सेल हुने गरेको छ । यसका प्रति इटा २० रुपैँया । यहि आधारमा यो भट्टाले वर्षमा २२ करोड बराबरको कारोबार हुने गर्छ । मौसमी १७५ सहित वर्षमा २ सय बढि कामदारले यहाँ रोजगार पनि पाएका छन् ।

यत्ती ठुलो कारोबार गर्न ठुलै मान्छेको दिमागको काम हुनुपर्छ भन्ने हुन सक्छ । तर यत्ती ठुलो कारोबार सम्हालीरहनु भएको छ २६ वर्षे यूवा लुसन कार्कीले ।

उहाँसगैका साथीहरु बिभिन्न देशमा गएर कम मिहनत गरी बढि आम्दानी गरीरहेका छन् । हातमा सिप पनि छ । त्यहि सिप विकसीत देशमा गएर बेच्ने हो भने उहाँले महिनामै लाखौ आम्दानी गर्न सक्नु हुन्छ । तर उहाँलाई विदेशको मोह जागेन । नेपाली माटोलो विदेश जान रोक्यो । यही माटोमा उहाँले आफ्नो भविष्य देख्नु भयो ।

नेपालमा इटा किन महगो छ भन्ने कुरा काकीले पत्ता लगाउनु भयो । उहाँको निकालेको निष्कर्ष नेपालमै कोईला उत्पादन नहुनु हो । यसको आयातमा धेरैवटा एजेण्डको प्रयोग हुनु र ढुवानी खर्च बढि आउनुले पनि इटाको मुल्यमा महगो भएको छ । अनी यसमा काम गर्ने कामदारहरु पनि सहजै पाइदैन ।

इटा उत्पादनको काममा नेपाली मजदुर काम गर्न मन पराउँदैनन । तर भारत र बंगालेशदेशबाट आएका सयौ कामदारहरुले एक सिजनमा ४ देखी पाँच लाख भारतीय पैसा लिएर फर्कने गरेको अनुभव छ । यस्ता चुनौतीसँग मुकाविला गर्दै कार्कीले कौशलतु पूर्वक यो उद्योग हाँकी रहनु भएको छ । इटाका नयाँ ग्राहकलाई इटा चिन्न दुविधा हुने समस्याको फाईदा कतिपय यसका बिक्रेताहरुले उठाइरहेकोमा पनि उहाँले चिन्ता व्यक्त गर्नु भएको छ ।

उसो त यो करोडौको साम्राज्य कार्की आफैले सिर्जना गर्नु भएको चाहि होईन । उहाँका बुबा विष्णुले भुकम्प पछि यो भट्टा खरिद गर्नु भयो । अनी त्यहाँबाट सिर्जना भएको कार्कीको यौ कर्म अहिले नयाँ पुस्तामा हस्तान्तरण भएको मात्रै हो । त्यसबेला इटा भट्टाबाट निस्कने प्रदुषित धुँवा, एजेण्डको भरमा महगोमा कोईला खरिद गर्नु पर्ने बाध्यता, कामदारको अभाव अनी अस्वस्थ्व प्रतिस्पर्धी बजारका चुनौतीसँग उहाँका बुबा विष्णुले पनि पौठेजोरी चाहि खेल्नु भयो ।

अहिले भने यो एवान इटामा माटो र पानीको मात्रै सम्मीश्रण छ । पानी र माटो घुलीन भएर त्यसलाई लामो समय सम्म घोलेर अनी हरेक इटा हातलेनै बनाएर घाममा सुकाइन्छ । पहिलो चरणमा घाममा सुकाइसकेपछि यसलाई अत्याधुनीक भट्टी भित्र हालीन्छ । भित्र भट्टिबाट निस्केने प्रदुषीत धुवालाई प्रशोधन गरी अहिले सेतो धुँवा मात्रै निकालीन्छ ।

 

माटो खन्ने, त्यसलाई पानीमा हालेर घोल्ने, अनी फेरी अर्को मेसीनमा हालेर त्यसलाई प्रषोधन गर्ने र मात्रै इटा बनाउने तयार पार्ने । त्यसरी तयार पारिएको इटा कुनै फुटछन् । कुनै टुक्रन्छन् । कुनै यसै नास भएर जान्छन् । यसरी कहिलेकहि मानविय त्रुटीका कारण मात्रै पनि दैनिक लाखौको नोक्सानीको जोखिम भने व्यहोरी रहनु परेको हुन्छ ।

 

अझ अर्को ठुलो चुनौती र समस्या चाहि खुल्ला आकास मुनी आँखाले भ्याएसम्म इटा फिजाइएको हुन्छ । यस्तो बेलामा एक दिन एक छिन मात्रै पनि पानी पर्योे भने लाखौको नोक्सानी एकै क्षणमा समेत हुन सक्छ । यद्यपी यी सबै चुनौतीलाई एउटा अवसरको रुपमा लिदै .. पुख्यौली व्यवसायलाई वस्यस्कको स्पिडमा अघी बढाइरहनु भएको छ ।

भिडियोमा हेरौ

इटाभट्टा सञ्चालन गर्ने सहासमा झापाका २६ वर्षे लुसन कार्की (youtube.com)

Share:

Facebook
Twitter
Email
WhatsApp