दमक/
हातमा सिप भयो भने आफ्नै ठाउँमा पनि रोजगार पाउन सकिन्छ । रोजगार गर्न मन नलाग्नेले स्वरोजगार बन्न सक्ने क्षेत्र थुप्रै छन् । ती मध्येको एक क्षेत्र हो गाम्रेण्ट अर्थात कपडा उद्योग ।
यो उद्योगमा काम गर्न जान्नेहरुले महिनाको २५ हजार देखी डेढ लाख रुपैँया सम्म आफ्नै ठाउँमा बसेर कमाई गर्न सकिने यस क्षेत्रका अनुभवी हरु बताउँछन् । यदी काम नगरेर आफै सानो तीनो गम्रेण्ट वा टेलरीङको समेत व्यवसाय गर्न सकिन्छ । जसबाट आफ्नो क्षमता र कामको माग अनुसार आम्दानी गर्न सकिन्छ ।
तर त्यसकालागी तपाईकोह हातमा सीप चाहि हुनै पर्छ । सिप सिक्नु भयो भने विस्वका जुनसुकै कुनामा गएपनि तपाईले कुनै समस्या भोग्नु पर्दैन ।
सन्तोस थापा हो । उहाँको स्थई घर चितवन हो । उहाँका चारवटा गाम्रेण्ट उद्योगहरु छन् । अहिले उहाँ देशव्यापी रुपमा गाम्रेण्टमा काम गर्ने जनशक्ति उत्पादन गर्दै अभियान चलाएर हिडीरहनु भएको छ ।
यही क्रममा उहाँ अहिले झापाको दमकमा आउनु भएको छ । यहाँ पनि उहाँले एक महिनामै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राख्नु भएको छ । महिनौ सिकाउने, विभिन्न तहको प्रमाणपत्र भन्दै वितरण गर्ने । तर काममा लगायो भने त्यो तालीमप्राप्त जनशक्तिले काम निकाल्नै नसक्ने । अहिले तालीमका लागी तालिम मात्रै गराउने चलन बढेको भन्दै उहाँले तालीम लगत्तै रोजगारमा लगाइहाल्ने अभियानमा हिडेको बताउनु भएको छ ।
उहाँले यही चैत्र १ गते देखी दमक ७ पशुहाट स्थित ओम मेची हस्पिटल जाने बाटोको छेउमै रहेको कृष्ण रेडिमेड स्टोरमा एक महिना सम्म ग्रामेण्टमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्दै हुनुहुन्छ । खासमा यस खाले अभियान किन चलाइन पर्यो भनेर हामीले उहाँलाई केहि प्रश्न गरेका छौ ।
तालीम एक महिना सम्म चल्ने छ । बिभिन्न चार सिफ्ट गरी कुल २० जनालाई मात्रै सहभागी गराईने छ । एक सिफ्टमा पाँच जनालाई मात्रै दिइने भइएकोले यसको प्रभावकारीता राम्रो हुने दावी गरीएको छ । तालीम पछि न्यूनतम २० देखी ३० हजार रुपैँया सम्मको काम गर्ने अवसर पनि तालीम दिने सस्थाले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।
भिडियो