झापाको दमक स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक बसपार्क प्रवेश गर्ने ठाउँ देखी यसो दक्षिण तर्फ । मुख्य राजमार्गको किनार भरी तेस्राएर राखीएका यी चार पांग्रे गाडीहरु । यी दृष्य हेर्दा लाग्छ यहाँ निजी कार पार्क गर्ने सार्वजनिक स्थल हुन । दमक देखी बाहिरबाट आउने जो सुकै आगन्तुकहरुलाई यस्तो लाग्नु स्वभावीक हो । तर के तपाईलाई थाह छ , यहाँ निजी कारहरुलाई लामो समय सम्म पार्कीङ गर्न भने दिइदैन । यो नदिने काम चाहि न ट्राफिक प्रहरीले रोक्ने गर्छ , न यहाँको नगर प्रहरीले । निजी कारलाई पार्कीङ गर्न बन्देज लगाउने चाहि यहाँ इलिगल रुपमा ट्याक्सी कुदाउनेहरुको समुहले हो ।
हो यहाँ इलिगल अर्थात सरकारी नियमको धज्जी उडाएरै निजी कारलाई सार्वजनिक यातायातको सेवा अर्थात ट्याक्सी कुदाइरहिएको छ । र त्यहि इलिगल रुपमा ट्याक्सी कुदाउनेहरुको यो निजी स्टेण्ड हो ।
इलिगल ट्याक्सीहरु । यो हामीले मात्रै भनेको चाहि होईन । यहाँ आफुलाई ट्याक्सी चालक वा ट्याक्सी कुदाउनेहरुले नै स्विकार गरेका छन् । भन्छन् हामीले कानुन पालना गरेका छैनौ । हामी निजी कार चलाउँछौ । ट्याक्सी बनाएर । सरकारी नियमको पालना नगरेर ।
हामीले यी इलिगल ट्याक्सी चालकलाई सोध्यौ तपाईहरुले काननुको पालना किन नगरेको ? उनीहरु भन्छन् हामीमा कानुनी अड्चन छ । त्यहि भएर सार्वजनिक नम्बर प्लेट लिएर निजी कारलाई ट्याक्सी बनाउन सकिरहेका छैनौ ।
दमकमा यो इलिगल धन्दा आजदेखीको मात्रै होइन । वर्षौ देखी यसरीनै चलिरहेको छ । सरकारले हामीलाई अप्ठ्यारो बनाउन खोज्यो । ट्याक्सी चालकमाथी अन्याय गर्यो । रोडमा कुद्ने रोड परमीड र पटके कर तीर्न समस्या हुन्छ । आदी आदी । उनीहरुले यसरी बताए कि कोशी पदेश सरकारले बनाएको सार्वजनिक यातायात सञ्चालन सम्बन्धीको कार्यविधिनै मान्दैनौ । यो हाम्रो हितमा छैन । यसले ट्याक्सी चालकलाई थप समस्या पार्छ ।
यी इलिगल ट्याक्सी चालकहरुले भनेको जस्तै कार्यविधि कोशी प्रदेश सरकारले बनाएको हो त ? हामीले कोशी प्रदेश अन्तर्गत यातायात विभाग हेर्न आन्तरीक मामिलला तथा कानुन मन्त्रालयका सुचना अधिकारी तथा यातायात विभागका अधिकृत सुवास कार्कीलाई प्रश्न गर्यौ ।
उहाँ भन्नु हुन्छ कोशी प्रदेशका तीन जील्ला बाहेक अन्त जानु पर्नेहरुले निकै कम मात्रै ट्याक्सीको प्रयोग गर्नु हुन्छ । यदी जानु परेमा हामीले त्यसबेला निश्चित समयकालागी परिमिट दिन्छौ । त्यहि परमिटका आधारमा अन्य जील्लामा जान पाइन्छ । उहाँले कुनैपनि बाहनामा कानुनको पालना गर्दिन भन्न नपाइने र रातो नम्बर प्लेटबाट ट्याक्सी चलाएको भएमा स्पोर्ट कार्वाहि समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
दमकमा मात्रै यहाँ यसरी निजी कारलाई ट्याक्सी बनाएर सञ्चालन गर्नेहरु १५० वटा भन्दा बढि निजी कारहरु ट्याक्सी बनेर चलीरहेका छन्
।
भिडियो