दमकमा वषौैदेखी ‘इलिगल ट्याक्सी’ चलाइदै(भिडियो रिपोर्ट)

झापाको दमक स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक बसपार्क प्रवेश गर्ने ठाउँ देखी यसो दक्षिण तर्फ । मुख्य राजमार्गको किनार भरी तेस्राएर राखीएका यी चार पांग्रे गाडीहरु ।  यी दृष्य हेर्दा लाग्छ यहाँ निजी कार पार्क  गर्ने सार्वजनिक स्थल हुन । दमक देखी बाहिरबाट आउने जो सुकै आगन्तुकहरुलाई यस्तो लाग्नु स्वभावीक हो । तर के तपाईलाई थाह छ , यहाँ निजी कारहरुलाई  लामो समय सम्म पार्कीङ गर्न भने दिइदैन । यो नदिने काम चाहि न ट्राफिक प्रहरीले रोक्ने गर्छ , न यहाँको नगर प्रहरीले । निजी कारलाई पार्कीङ गर्न बन्देज लगाउने चाहि यहाँ इलिगल रुपमा ट्याक्सी कुदाउनेहरुको समुहले हो ।
हो यहाँ इलिगल अर्थात सरकारी नियमको धज्जी उडाएरै निजी कारलाई सार्वजनिक  यातायातको सेवा अर्थात ट्याक्सी कुदाइरहिएको छ । र त्यहि इलिगल रुपमा ट्याक्सी कुदाउनेहरुको यो निजी स्टेण्ड हो ।
इलिगल ट्याक्सीहरु । यो हामीले मात्रै भनेको चाहि होईन । यहाँ आफुलाई ट्याक्सी चालक वा ट्याक्सी कुदाउनेहरुले नै स्विकार गरेका छन् । भन्छन् हामीले कानुन पालना गरेका छैनौ । हामी निजी कार चलाउँछौ । ट्याक्सी बनाएर । सरकारी नियमको पालना नगरेर ।
हामीले यी इलिगल ट्याक्सी चालकलाई सोध्यौ तपाईहरुले काननुको पालना किन नगरेको ? उनीहरु भन्छन् हामीमा कानुनी अड्चन छ । त्यहि भएर सार्वजनिक नम्बर प्लेट लिएर निजी कारलाई ट्याक्सी बनाउन सकिरहेका छैनौ ।
दमकमा यो इलिगल धन्दा आजदेखीको मात्रै होइन । वर्षौ देखी यसरीनै चलिरहेको छ । सरकारले हामीलाई अप्ठ्यारो बनाउन खोज्यो । ट्याक्सी चालकमाथी अन्याय गर्यो । रोडमा  कुद्ने रोड परमीड र पटके कर तीर्न समस्या हुन्छ । आदी आदी । उनीहरुले यसरी बताए कि  कोशी पदेश सरकारले बनाएको सार्वजनिक यातायात सञ्चालन सम्बन्धीको कार्यविधिनै मान्दैनौ । यो हाम्रो हितमा छैन । यसले ट्याक्सी चालकलाई थप समस्या पार्छ ।
यी इलिगल ट्याक्सी चालकहरुले भनेको जस्तै कार्यविधि कोशी प्रदेश सरकारले बनाएको हो त ? हामीले कोशी प्रदेश अन्तर्गत यातायात विभाग हेर्न आन्तरीक मामिलला तथा कानुन मन्त्रालयका सुचना अधिकारी तथा यातायात विभागका अधिकृत  सुवास कार्कीलाई प्रश्न गर्यौ ।
उहाँ भन्नु हुन्छ कोशी प्रदेशका तीन जील्ला बाहेक अन्त जानु पर्नेहरुले निकै कम मात्रै ट्याक्सीको प्रयोग गर्नु हुन्छ । यदी जानु परेमा हामीले त्यसबेला निश्चित समयकालागी परिमिट दिन्छौ । त्यहि परमिटका आधारमा अन्य जील्लामा जान पाइन्छ । उहाँले कुनैपनि बाहनामा कानुनको पालना गर्दिन भन्न नपाइने र रातो नम्बर प्लेटबाट ट्याक्सी चलाएको भएमा स्पोर्ट कार्वाहि समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
दमकमा मात्रै यहाँ यसरी निजी कारलाई ट्याक्सी बनाएर सञ्चालन गर्नेहरु १५० वटा भन्दा बढि निजी  कारहरु ट्याक्सी बनेर चलीरहेका छन्
भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ