दमक बजार भित्र सडक हिलाम्मे, अझै कती सयम लाग्छ बनीसक्न? जवाफदेहिहरुको जवाफ सहित

 

दमक/

दमक बजारका भित्रका सडकहरु । सामान्य मात्रै वर्षात हुदा पनि हिडिनसक्नुको हुने गरेको छ । हिलाम्मे हुन्छन । जताततै साना देखी ठुला खाल्डा बनाएर छोडीएकोले पानी जमेका छन् । यसले गर्दा दुर्घटनाको जोखिम समेत बढाइरहेको छ ।

कुनै बेला दमक बजार भित्रका यी सडकहरु देशकै नमुना थिए । यी सडकको स्थिती देखेरनै दमक नगरपालिका देशकै उत्कृष्ट पालिका पनि पटक पटक घोषणा भएकै हो ।

तर अहिले यी सडकहरुको यस्तो अवस्था देख्दा त्यसबेलाका उत्कृष्टताका पदक त नगरपालिकाले गुमाईनै रहेको नागरीकहरुलाई थप सास्ती थपीरहेको छ ।

हिलोमा हिड्न सकिदैन । पानी नरेका बेला धुलो कारण धुलाम्मे हुन्छ । एकातीर भत्काएर त्यसको काम नसिकी फेरी अर्को तिर भत्काईन्छ । यसले गर्दा समग्र नगरनै करुप बनीरहेको छ । दमकको चमक हटेको छ । धुलो र हिलोको पीडा यहाँका नागरीकहरुले ४ वर्ष देखी खेप्दै आएका छन् ।

यसरी सडक भत्काउदै छोड्दै चाहि किन गरीएको होला? सि फेज ढल बनाउन । यसले के काम गर्छ ? यदी यो ढल पूर्ण रुपमा बनी सक्यो भने हर घरमा शौचालयको छेउमा कुनै सेफ्टी ट्यांकी बनाउन बनाउन पर्दैन । साझै यहि ढलमा जोड्ने । अनी यसलाई एक ठाउँमा संकलन गरी यसबाट उर्जा तथा मल उत्पादन गर्ने गरीको बहुउद्धेस्य योजना रहेको संघिय खानेपानी ढल व्यवस्थापन आयोजनाले जनाएको छ ।

यो काम सम्पन्न गर्नकालागी आयोजनासँग जे एस सि स्वामीनारायण आशीर्वाद जेभीले ठेक्का सम्झौता गरेको छ । तर यो आयोजना सक्ने म्याद दुई पटक गुज्रीसक्यो । तर कामले पूर्णता पाएको छैन ।

निर्माण कम्पनीका साईड इन्जिनियर जितेन्द्र कुमार यादवलाई हामीले प्रश्न गर्यौ पटक पटक म्याद थप्दा पनि तपाईहरुले यो काम किन नसक्नु भएको ?

 

ठेकेदार कम्पनीले बजेटको अभावमा कामलाई समयमा सक्न नसकेको भनेर प्रतिकृया दिएपछि हामीले काम सम्पन्न गराउने सरकारी निकाय संघिय खानेपानी ढल व्यवस्थापन आयोजनाका साईड इन्जिनियर सुलभ काफ्लेलाई हामीले प्रश्न गर्यौ श्रोतको पूर्ण सुनिश्चितता नगाराई किन ठेक्का लगाएको ?

 

यो आयोजना अन्तर्गत दमकमा कुल ५४ किलोमिटर सडक भत्काएर पाईप बिच्छाउने काम हुने छ । भत्काइएका यी सडक अहिले कामको जीम्मा लिएकै कम्पनीले पहिला जस्तो थियो त्यस्तै अवस्थामा बनाइदिनु पर्ने सर्त छ । अहिले सम्म ४५ किलोमिटर सडकमा पाईप बिच्छाईसकिएको छ । बाँकी रहेको ९ किलोमिटरको काम सम्पन्न गर्न बजेट रोकीएको छ । बजेट रोकिएपछि दमक नगरपालिकाका प्रमुख राम कुमार थापा सहित आयोजनाका प्रतिनिधीहरु विभागीय मन्त्रालयमै पुगेर समयमै यसको सम्पन्न गराउन पहिल गरीयो । पहल गरेर दमक आएपछि यहाँ आयोजीत एक कार्यक्रममा बोल्दै नगर प्रमुख राम कुमार थापा भन्नु हुन्छ ‘बढिमा दुई महिनामा काम सम्पन्न गराउन भनिएको छ । त्यसकालागी आवश्यक पर्ने बजेट उपलब्ध गराउन मन्त्रालयमा कुरा भएकोले अव चाँडै काम सुरु हुने छ र यसले गती लिने छ ।

 

यो आयोजना निर्माण गर्न ठेकेदार कम्पनीले पहिलो पटक २०७७ असोज ११ गते सम्झौता गरेको थियो । त्यसबेलाको सम्झौता अनुसार २०७९ चैत्र २५ गते सम्ममा सक्ने भनीएको थियो । तर त्यसबेला सकिएन । नसकिएपपछि फेरी २०८० मंसिर ५ गते सम्म भन्दैै म्याद थप गर्न लगाइयो । त्यसरी थपीएको म्यादमा पनि यो आयोजना सम्पन्न भएन । र अहिले फेरी असार १० गते सम्मकालागी भनेर म्याद थप गर्न निर्माण कम्पनीले आयोजनाको कार्यालयमा पत्रचार गरेको छ । फेरी समय थप भयो भने यो अवधिमा पनि सकिन्छ भन्ने कुनै ग्यारेण्टि चाहि छैन । किनकी जति काम बाँकी छ त्यति काम काम गर्न पूर्व पश्चिम राजमार्ग फुटाएर दक्षिण तफै लैजानु पर्ने छ । सडक बिभाग , एसियन हाईवे परियोजनाले अनुमती दिए मात्रै यी काम हुन सक्ने देखिन्छ । तर अहिले सम्म ठेकेदार कम्पनीले पत्रचार गरेको छ । तर त्यसको जवाफ आइसकेको छैन । त्यसैले आयोजना फेरी थपीएको समयावधि भित्र सकिन्छ भन्ने चाहि कुनै ग्यारेण्टिनै छैन ।
भिडियोमा हेरौ

Share: