रतुवापछि मावाको पाता कसीदै, छेउछाउका बासिन्दाले भन्न थाले अव ढुक्कले सुत्न पाइन्छ’(भिडियोमा हेरौ)

दमक/
दमक ३ स्थित पदम माया सुवेदीको घर यहाँ रहेको मावा नदिले तीन पटक सम्म बगाईदियो । पटक पटक आफ्नो थाकथलो छोड्दै उहाँ बसाई अरुकोमा शरण लिएर बस्नु पर्यो ।

अहिले भने उहाँको घर अगाडीनै बडेमा बाँध बाधीएको छ । मावा नदिलाई पश्चिम तर्फको धारमा लगाएर पक्की तटबन्धन निर्माण भएको छ । यसले गर्दा अव मावामा आएको बाढिको भङ्गगालो उहाँको घरमा पस्दैन भन्नेमा सुवेदी ढुक्क हुनुहुहुन्छ ।

यही ठाउँका शन्त तामाङ बर्खाको समयमा रातको समयमा राम्रो निन्द्र लाग्दैन थियो । आकाशमा कालो बादल देखिने बित्तिकै उहाँको मनमा पनि डरको कालो धव्वा परिसकेको हुने थियो । किनकी आकाश गड्याङ गुडुङ गर्यो भने मावाको भेल सबै गाउँ पस्ला अनी आफ्नो थाकथलोनै बगाएर लग्ला भन्ने चिन्ता उहाँमा बढ्थ्यो । तर अहिले भने उहाँलाई त्यस प्रकारको कुनै डर छैन । याहँ बनेको तटबन्धनले भर दिएको छ । मावाले मार्दैन भन्नेमा अव उहाँ ढुक्क हुनुहुन्छ ।

मावामा अहिले करिव २ किलोमिटर बाँध बाधीएको छ । तर अझै १० किलोमटर बाँध बाँध्नु पर्ने आवश्यकता छ । अहिले यहाँ बाँधीएको काम एडिविको आर्थीक सहयोगमा हो ।

 

स्थानीय जनप्रतिनिधी भन्छन् थप बाँध बाँध्न नेपाल सरकारसँग पनि माग गर्ने अथवा यही एडिवीलाई थप अनुरोध गरेर भएपनि यसको काम पूर्ण गर्ने सोच रहेको छ । दमक नगरपालिका वडा नं ३ का वडाध्यक्ष नबिन बराल भन्नु हुन्छ यहाँ जति बाँध बनेको छ त्यसले यहाँ हुने मानवीय र भौतीक क्षती रोक्ने छ । काम सुरक्षीत र सन्तोषजनक छ ।

दमकमा रतुवा र मावाको पाता बाँध्ने भन्दै हरेक तहको चुनावमा मुख्य एजेण्डा नै बन्ने गरेको छ । त्यसैले पछिल्लो समय यहाँको रतुवा नदिमा बाँध बाँध्ने काम दमक क्षेत्र पट्टि करिव सम्पन्न भएको छ । अव मावा क्षेत्र पट्टि तुलनात्मक रुपमा धेरै छ । तर यो काम महगो, अन्य भौतीक निर्माण भन्दा ढिलो समेत बन्ने भएकोले यसको गति केहि सुस्त जस्तो देखिने यसका प्राविधिकहरुले बताएका छन् ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ