दिदि र बहिनीकै शरिरको तल्लो भाग नचलेपछि जीवन कष्टकर (भिडियोमा हेरौै

दमक/
उहाँको नाम हो मेनुका दाहाल । उमेरले ४५ वर्ष पुगीसक्नु भयो । घर हो झापाको दमक नगरपालिका वडा नं ९ स्थित शान्त्ती मार्ग दक्षिण । शारीरिक रुपमा उहाँको शरिरको तल्लो भाग चल्दै चल्दैन । कोठाबाट बाहिर भीत्र गनु पर्दा घिस्रनुको कुनै विकल्पनै छैन ।

घर देखी बाहिर जानै पर्ने भयो भने कसैको साहरामा ह्विल चियर चढ्नु पर्छ । चढेर मात्रै हुदैन । गन्तव्यमा पुगेपछि दोस्रो व्यक्तिले हातमा राखेर जुरुक्कै बोकेपछि मात्रै उहाँ झर्न सक्नु हुन्छ ।

उहाँको यस्तो अवस्था अहिले भर्खरै भएको चाहि होईन। अनी जन्मजात पनि होईन । उहालाई उमेर ठ्याक्कै थाह नभएपनि सानो उमेरमै यस्तो भएको हो । अवस्था यस्तो भएपछि एक पटक बुबाले बिराटनगरको अस्पतालमा उपचार गर्न लगेको थाह छ । त्यहाँ यो नसा सम्बन्धीको रोग रहेकोले निको हुन खर्चीलो लाग्ने र तत्कालै निको पनि नहुने प्रतिकृया दिएपछि न रकम निकाल्न सकियो । न उपचार गराउन । बरु अव निको नहुने रोग लागेछ भनेर चित्त बुझाएर बस्नु परेको छ ।

शरिर चल्न सक्दैन । हातले एक छिन केहि काम गर्यो भने राती झम झमी झमाउने गर्छन । आफु अपाङ्गताको जीवन जीउनुको बाध्यता त छदैछ । त्यसमाथी बेला बेला तीमारु केहि गर्न सक्दैनौ भन्दै समाजले गर्ने गरेको अपहेलनाले मेनुकालाई थप पीडा दिने गरेको सुनाउनु भयो ।

उहाँ मात्रै नभएर यस्तै यस्तै अवस्था छ मेनुकाकी बहिनी रीता दाहालको पनि । उहाको पनि शरीरको तल्लो पाटो चल्दैन । तर उहाँचाहि दिदि जत्तीकैक उठ्नै नसक्ने गरीको स्थितीको चाहि होईन । कहि समाउने वा थेगीने ठाउँ पाउनु भयो त्यहाँ समाउदै पाईला चाहि चाल्न सक्नु हुख्न्छ । यद्यपी उहाँले पनि समयमा राम्रो उपचार पाउनबाटै वञ्चित भएर अहिले सम्म यस्तो अवस्थामा जीवन गुजारीरहनु परेको छ ।

आर्थीक रुपमा समेत निकै अप्ठ्यारो परिस्थितीका यी परिवारलाई राज्यले पूणर् अपाङ्गताको परिचयपत्र बनाइदिएको छ । जसबाट आउने मासीक ४ हजार रुपैँयाले उहाँहरुले आफ्नो बिहान बेलुकाको छाक दुख्खले टार्दै आउनु भएको छ ।

बसेर गर्न सक्ने केहि काम भए घरमै बसी बसी भएपनि गर्ने र त्यहाँबाट आम्दानी गर्न चाहेको दिदि बहिनीहरुले बताउनु भएको छ ।

भिडियोमा हेरौ

(6) दिदि र शरिरको तल्लो भाग नचेलेपछि जीवन घिस्रेरै चलीरहेको छ बहिनीकै – YouTube

Share: