दिदि र बहिनीकै शरिरको तल्लो भाग नचलेपछि जीवन कष्टकर (भिडियोमा हेरौै

दमक/
उहाँको नाम हो मेनुका दाहाल । उमेरले ४५ वर्ष पुगीसक्नु भयो । घर हो झापाको दमक नगरपालिका वडा नं ९ स्थित शान्त्ती मार्ग दक्षिण । शारीरिक रुपमा उहाँको शरिरको तल्लो भाग चल्दै चल्दैन । कोठाबाट बाहिर भीत्र गनु पर्दा घिस्रनुको कुनै विकल्पनै छैन ।

घर देखी बाहिर जानै पर्ने भयो भने कसैको साहरामा ह्विल चियर चढ्नु पर्छ । चढेर मात्रै हुदैन । गन्तव्यमा पुगेपछि दोस्रो व्यक्तिले हातमा राखेर जुरुक्कै बोकेपछि मात्रै उहाँ झर्न सक्नु हुन्छ ।

उहाँको यस्तो अवस्था अहिले भर्खरै भएको चाहि होईन। अनी जन्मजात पनि होईन । उहालाई उमेर ठ्याक्कै थाह नभएपनि सानो उमेरमै यस्तो भएको हो । अवस्था यस्तो भएपछि एक पटक बुबाले बिराटनगरको अस्पतालमा उपचार गर्न लगेको थाह छ । त्यहाँ यो नसा सम्बन्धीको रोग रहेकोले निको हुन खर्चीलो लाग्ने र तत्कालै निको पनि नहुने प्रतिकृया दिएपछि न रकम निकाल्न सकियो । न उपचार गराउन । बरु अव निको नहुने रोग लागेछ भनेर चित्त बुझाएर बस्नु परेको छ ।

शरिर चल्न सक्दैन । हातले एक छिन केहि काम गर्यो भने राती झम झमी झमाउने गर्छन । आफु अपाङ्गताको जीवन जीउनुको बाध्यता त छदैछ । त्यसमाथी बेला बेला तीमारु केहि गर्न सक्दैनौ भन्दै समाजले गर्ने गरेको अपहेलनाले मेनुकालाई थप पीडा दिने गरेको सुनाउनु भयो ।

उहाँ मात्रै नभएर यस्तै यस्तै अवस्था छ मेनुकाकी बहिनी रीता दाहालको पनि । उहाको पनि शरीरको तल्लो पाटो चल्दैन । तर उहाँचाहि दिदि जत्तीकैक उठ्नै नसक्ने गरीको स्थितीको चाहि होईन । कहि समाउने वा थेगीने ठाउँ पाउनु भयो त्यहाँ समाउदै पाईला चाहि चाल्न सक्नु हुख्न्छ । यद्यपी उहाँले पनि समयमा राम्रो उपचार पाउनबाटै वञ्चित भएर अहिले सम्म यस्तो अवस्थामा जीवन गुजारीरहनु परेको छ ।

आर्थीक रुपमा समेत निकै अप्ठ्यारो परिस्थितीका यी परिवारलाई राज्यले पूणर् अपाङ्गताको परिचयपत्र बनाइदिएको छ । जसबाट आउने मासीक ४ हजार रुपैँयाले उहाँहरुले आफ्नो बिहान बेलुकाको छाक दुख्खले टार्दै आउनु भएको छ ।

बसेर गर्न सक्ने केहि काम भए घरमै बसी बसी भएपनि गर्ने र त्यहाँबाट आम्दानी गर्न चाहेको दिदि बहिनीहरुले बताउनु भएको छ ।

भिडियोमा हेरौ

(6) दिदि र शरिरको तल्लो भाग नचेलेपछि जीवन घिस्रेरै चलीरहेको छ बहिनीकै – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ