उर्लाबारी/
मोरङको उर्लाबारी नगरपालिका स्थित मंगलबारेमा बजारबाट थोरै पश्चिम तर्फ । पूर्व पश्चिम राजमार्गमै जोडीएको छ धिमाल जातीय विकास केन्द्रको कार्यालय । २२ बिगाह क्षेत्रफलमा फैलिएको भएकोले यसलाई २२ बिगे पनि भनिन्छ ।
आईतबार धिमाल जातीहरुको सिरिजात तथा जातिरिको समापन गर्न यो ठाउँमा झापा, मोरङ, सुनसरी तथा अन्य बिभिन्न भुगोलमा रहेका सबै धिमालहरुको घुँइचो यो ठाउँमा देखिन्थ्यो ।
केहि धिमालहरुले आफ्नो पहिचान सहितको पहिरन लगाएर यो मेलामा आएका थीए भने केहि ले सामान्य पोषाक नै ।
यहाँ प्रकृतीको पुजा गर्र्ने थान पनि बनाइएको थियो । केहि केहि सो थानमा आएर पुजारीको हातबाट टिका पनि लगाइरहेका थीए ।
मेलामा हजारौको सहभागीता रहेको थियो । धिमालको पर्व भएपनि यहाँ गैरधिमालहरुको उपस्थिती अझ उल्लेख्य देख्न सकिन्थ्यो ।
यात्रो हजारौको संख्यामा मेला हेर्न पुगेका गैर धिमालहरु धिमाल जातीकालागी राम्रो व्यापार गर्ने क्रेता बन्न सक्थे । तर यहाँ धिमालको मेलामा आएर धिमाल झल्कने न कुनै सामान किन्न पाइयो । न केहि धिमालको परिकार चाख्न नै ।
यहाँको खानाका स्टलहरुमा खुल्ला आकाशमुनी जेरी तारीरहिएको थियो । आलुचप र प्याजी पकाईरहिएको थियो । अर्को तर्फ बंगुर र कुखुराका मासुहरुको परिकार सहित पेय पदार्थको व्यापार पनि खुव चलिनै रहेको थियो ।
तर यो भीडमा धिमालले धिमालकै परिकार र पहिरन साथै पहिचान झल्काउने व्यापार चाहि गर्नै सकेन । यही मेलाबाट धिमालको एउटा समुहले मनग्गे कमाउन सक्ने थियो । तर यो अवसर धिमालहरुले गुमाए । रमाईलाकालागी विभिन्न रोटेपिङ , नाउ तथा खेलहरुहरु राखीएको थियो ।
कार्यक्रम हुने मञ्चमा भने धिमाल जातीका सस्कार र सस्कृती झल्कने बिभिन्न नृत्य साथै एकाङ्गी नाटक समेत राखीएको थियो । तर यी सबै कुरा मेलामा बसुञ्जेल हेर्ने र मनोरञ्जन गर्ने बाहेक केहि थीएन ।
धिमालको मेलामा गएर धिमालको एउटा उपहार र चिनो लिएर घर फर्कन भने कसैले पनि पाएका थीएनन । धिमालको मेलामा गएर धिमालको परिकारको स्वाद चाख्नबाट पनि बञ्चित भएका थीए ।
प्रकृतीको विषेश पुजा गरी धिमालहरुले आफ्ना पुर्खा सम्झन्छन् । रोग व्याद नलागोस भन्न कामना गर्दछन् । उनीहरुले गर्ने पुजा र यो पर्वको पृष्ठभूमिका बारेमा हामीले धिमाल जातीका दुई अगुवासग बेग्ला बेग्लै कुराकानी गरेका छौ ।
जुन कुराकानीलाई तपाईले तलको लिंकमा क्लिक गरि हेर्न सक्नु हुने छ ।









