दमकको पशुहाट योजना अनुसार चल्दै चलेन , भाडामा सर्टर लगाउन थप ५ करोड बढिमा संरचना बनाइदै

भूमिराज पराजुली
दमक/
दमकको शान , दमकको पहिचान, दमकको आम्दानीको प्रमुख आधार । यो पशुहाट ।

कुनैबेला देशव्यापी रुपमा नाम कमाएको थियो दमक ७ स्थित पशुहाटले । यहाँ विभिन्न जिल्ला र भारतबाट समेत व्यापारी आउने, चापाया पाल्ने किसान आउने । र किनबेच हुने गर्दथ्यो । यहाँ बजार लाग्ने दिन खचाखच हुन्थ्यो । चौपायाको । त्यो बेला यहाँ सुविधा पनि थिएन । गज गज हिलोमा गाडीदै भएपनि किसानले आफ्नो चौपाया बेचेर जाने गर्दथे । खुल्ला चौर थियो । चौरमा चराउँदै चौपायाको व्यापार खुवै गज्जवले हुने गरेको थियो ।

व्यापारी र किसानको त्यो कष्टकर व्यापार स्थिती देखेर सरकारले यहाँ विश्व बैंकको सहयोगमा व्यवसायिक कृषि तथा व्यापार आयोजना मार्फत आधुनिक पशु बजार निर्माण गरिदियो ।

सदुपयोग कि दुरुपयोग ?

तर यहाँ अहिले पशुको बजार कम हुन्छ । तर के हुन्छ त ? यहाँ हुन्छ वडा नं ७ को प्रशाषनीक काम, नजिकै रहेको आनन्द होटलमा ब्यापार, अनी ब्यापारीलाई बस्न बनाइएका घरमा कटेज निर्माण । यहाँ आउने ब्यापारी र किसानलाई शौच गर्न बनाइएको शौचालयमा लागु पर्दार्थ दुव्र्यसनीको लागु पदार्थ सेवन गर्ने स्थल । र बिग्रेका गाडी बनाउने ग्यारेजको सेवा ।

हो अहिले यहाँ चौपायाको ब्यापार भन्दा यस्तै यस्तै गतिविधि बढि हुने गरेको छ । पहिला खुल्ला चौर हुदा कुनै जोखिम थीएन । तर अहिले वरीपरि कम्पाण्ड कबनाइएको र आकर्षक संरचना समेत बनाइदा पनि असुरक्षा छ । व्यापारी बस्नै नसक्ने गरीको स्थितीमा छन् ।

असुरक्षीत बन्न थाल्यो पशुहाट

२०४० साल देखी अर्थात ४१ वर्ष देखी चौपायाको व्यापार गरिरहनु भएका यज्ञ प्रसाद ढुङ्गानाका अनुसार यहाँ अहिले व्यापारीलाई व्यापार गर्न असुरक्षा बढ्यो । बनेको संरना योजना अनुसार प्रयोग भएनन् । पशु प्राविधिक तथा क्वारेण्टाईन यही हुने भनीएको थियो त्यो पनि भएन । अन्तर जील्ला लैजानु परेमा कर काट्ने व्यवस्था समेत यही हुने, कुनैपनि चौपायालाई पानी र घाममा राख्न नपर्ने, बिरामी परिहालेमा यहीनै पशु चिकित्सक राख्ने भनीएको थियो त्यो पनि छैन । अनी यो कसरी सुरक्षीत बजार भयो ? उहाँले प्रश्न गर्दै भन्नु भयो बरु अहिले गाउँका बजारमा , अझ भनौ भारतको सिमावर्ती ठाउँमा चौपाया लग्यो भने ब्यापार सजीलो हुन्छ । दमकमा किन ल्याउनु ? उहाँको प्रश्न थियो ।

निकास बिनाको विकास, भाडामा लगाउने सर्टरका कारण डुबान बन्यो पशुहाट

यस्तै अहिले यहाँ अर्को समस्या पनि बल्झेको छ । त्यो हो डुबान । करीब ५ विगाहा ४ कठ्ठा क्षेत्रफलमा करिब साढे १३ करोड रुपैयाँको लागतमा यहाँ पशु बजार निर्माण गरिएको थियो । यो निर्माण भएको संरचना योजना अनुसार प्रयोगमा ल्याउनु त कता हो कता यहाँ फेरी ५ करोड ३१ लाख रुपैँया बजेट खर्चेर पालिका सरकारले सर्टरहरु निर्माण गरेको छ ।

 

५३ वटा सर्टर निर्माण गरेर यहाँ के व्यापार होला ? त्यो यो निर्माणमा सहभागी भएका व्यापारीले पनि पक्कै अनुमान गरेरै लगानी गरेका पनि होलान । तर अहिले यो संरचनाका कारण पशुहाट डुबानमा परेको छ । चौपायाको ब्यापार गर्ने ठाउँमा । बाँध्ने ठाउँमा समेत पानी डम्केपछि यहाँ चौपाया लीएर आएका व्यापारीपनि यत्तीकै फर्केका छन् । यो घटना हो गत असार ५ गते बुधबारको ।

व्यापारी बस्नै मानेन्

सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट १४ वटा चौपाया लिएर दमकको पशुहाटमा व्यापार गर्न आउनु भएका डम्बर बहादुर बस्नेतले बाटोबाटै ७ वटा चौपाया चाहि बेच्नु भयो । बाँकी रहेका चौपाया बजार छिराउनु भयो ।तर सबैतीर पानी जमेको देखेपछि अव फर्काएर लैजाने बताउँदै उहाँ भन्नु हुन्छ हामीले सुरक्षीत तरिकाले यहाँ चौपायाको ब्यापार गर्न पाएनौ । र फर्काउनु पर्ने स्थिती भयो ।

खासमा अहिले यहाँ नगरपालिकाले बनाएको नयाँ संरचनाका कारण डुबानको समस्या भएको यहाँका भुक्तमानहरु बताउँछन् । वरीपरी पानीको निकासनै बन्द गराएर भाडामा लगाउने लोभले ५३ वटा सर्टर सहितका टहरा निर्माण गरिएको छ । कुल ५ करोड ३१ लाखमा निर्माण हुदै गरेका यी टहरा निर्माणको अन्तिम चरणमा छन् । विभिन्न व्यवसायीले यहाँ व्यवसाय गर्ने भनेर यसको निर्माणमा साझेदारी समेत गरेका छन् ।

 

ब्यापारीले यहाँ पशुहाटको उत्तर तर्फ प्रवेशद्धार छेउका सर्टर निर्माण गर्न प्रति सर्टर ५ लाख, बजारको पूर्व तर्फ किरात भवन पट्टी प्रति सर्टर ४ लाख र बजारको भीत्र पट्टी प्रति सर्टर ३ लाखका दरले निर्माणमा साझेदारी पनि गरेका छन् ।

 

पि पि मोडलमा निर्माण भएका यी संरचनाले नगरपालिकाले भाडामा लगाएर आम्दानी त गर्ला तर पशु बजारकै अस्तित्व मासिदै गएको यो बजारमा अव के ब्यावार होला त्यो चाहि कुनै टुङ्गो छैन ।

पशुहाट ठेक्काको आह्वानमा कुनै आवेदननै परेन

अनी अहिले पनि डुबानका कारण ब्यापारीनै आउन छोडेपछि पशुहाटको ठेक्का लगाएर नगरपालिकाले आम्दानी गरिरहेको वार्षिक झण्डै डेढ करोडको राजस्व तीर्न कुन ठेकेदार आउलान ? त्यो पनि कुनै पत्तो छैन । चालु आर्थीक वर्षकालागी यहाँ भ्याट बाहेक १ करोड ३० लाख ६६ हजार ६ सय ६६ मा ठेक्का लाग्यो ।

 

नितु कन्ट्रक्सनले ठेक्का पारेर यो वर्ष त काम गर्यो पनि । तर नगरपालिकाले आगामी आर्थीक वर्षकालागी चालु वर्षको ठेक्का रकममा १० प्रतिशत बृद्धि गराएर ठेक्का आह्वान गर्यो । तर कोहि पनि ठेकेदार कम्पनीले यसको ठेक्का लीने आँट गरेका छैनन ।

 

किनकी निरन्तर खस्कदो पशुहाटको ब्यापारलाई व्यवस्थित र चलायमान योजना बेगेर नगरपालिकाले राजस्वको अंक मात्रै बढाएपछि ठेकेदारहरु जान मानीरहेका छैनन ।

 

आगामी आर्थीक वर्षकालागी नगरपालिकाले भ्याट बाहेक १ करोड ४३ लाख ७३ हजार ३ सय ३३ रुपैँयामा ठेक्का आह्वान गरेको छ । दुई पटक सम्म सार्वजनिक सुचना गर्दा समेत यो ठेक्का नलगेपछि अव अन्तिम पटक सात दिने सुचना फेरी प्रकाशन गर्दै छ ।

 

यदी यसो गर्दापनि कोहि ठेकेदार कम्पनीले निवेदन नदिएमा आह्वान गरिएको रकम घटाउँदै बजार प्रति आकर्षक गर्ने कार्यक्रम सहित निस्केला कि त पशुहाटबाट हुने वार्षिक झण्डै डेण्ढ करोडको आम्दानी नगरपालिकाले गुमाउने छ ।

अव के गरिन्छ ?

हामीले यीनै प्रश्न लीएर दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहाल दिपेशसग पुग्यो। ‘अहिलेको डुबानको समस्यालाई पानी निकास बनाएर तत्कालै समाधान तर्फ लाग्नै छौ । ’ डुबानबारे सोधीएको प्रश्नमा जवाफ दिदै दाहालले भन्नु भयो ‘हामी यसलाई अझ व्यवस्थित बनाउने योजना छौ । ’

अहिले तत्काल योजना अनुसार संरचनाको प्रयोग गर्न नसकेको स्विकार गर्दै नगर प्रवक्ता दाहालले भन्नु भयो ‘योजना अनुसार प्रयोग नगरुञ्जले केहि न केहि काममा प्रयोगमा त ल्याउ भनेर वडा सञ्चालन गरेको र केहि संरचनालाई भाडामा लगाएका हौ । ’

 

यसलाई डिपिआर अनुसारनै प्रयोगमा ल्याउने गरी कार्यविधि बनेको छ । हामी त्यसलाई कार्वान्वायनमा ल्याउने छौ । ’ दाहालको प्रष्टोक्ति छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ