दमकको विकासमा मधेसी समुदायको योगदान कति र कस्तो ? भिडियोमा हेरौ

भूमिराज पराजुली,
दमक/ यो दमक बजार । दमक बजार अहिले व्यवस्थित बजार बन्दै छ । व्यवसायीक घरानाहरु बढिरहेका छन् । पूर्वकै उदाउँदो एक् व्यापारीक शहर बन्दै छ दमक । दमकलाई व्यापारको हव बनाउने योजना बनिरहेका छन् । तर दमकमा पनि बसेर व्यापार गर्न सकिन्छ भन्ने कुराको सुरुवात चाहि यहाँ मधेसी समुदायबाट भएको इतिहास पाइन्छ ।

वि. सं २०२० साल भन्दा अघी दमकमा न बस्ति थियो न बजार । तर पनि त्यसबैला देखी आएर यहाँका किसानको फसल किनेर व्यापारीक सुरुवात गराउनेमा दमकका रामाशीष शाह,इन्द्र सिहं अग्रवालहरुलेनै सुरुवात गराएको पाइन्छ ।

हो यतीबेला देखी नै यहाँ मधेसीहरुपनि आउन थाले । कोहि व्यापार गर्न कोहि श्रम गर्न ।
दमकमा रहेका मधेसी समुदायले देशको विकासमा विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण योगदान पु¥याएका छन्।ः मधेसी समुदाय मुख्य रूपमा कृषि पेशामा निर्भर छन्। उनीहरूले यहाँका विभिन्न भागहरूमा धान, गहुँ, मकै, तरकारी, फलफूल लगायतका बालीहरू उत्पादन गरेर दमकको खाद्य सुरक्षामा महत्वपूर्ण भूमिका खेलेका छन्। यस्तै मधेसी समुदायका धेरै व्यक्ति व्यवसाय र उद्योग क्षेत्रमा संलग्न छन्। उनीहरूले व्यापार, उद्योग, र सेवा क्षेत्रमा विभिन्न प्रकारका उद्यमहरू सञ्चालन गरेर यहाँको आर्थिक वृद्धिमा योगदान पु¥याएका छन्। यहाँको श्रमीक अभावलाई यो समुदायले योगदान पुर्यारहेको स्मरण यूवा व्यवसायी सन्दिप साईवालाको छ ।

यो समुदायको कला र संस्कृति विविधताले भरिपूर्ण छ, जसले उनीहरूको सामाजिक जीवन र पहिचानलाई झल्काउँछ। मधेसी समुदायमा चित्रकला प्रमुखतामा छ। विशेष गरी मिथिला चित्रकला प्रख्यात छ, जसलाई “मधुबनी“ चित्रकला पनि भनिन्छ। यो चित्रकला स्थानीय कागज, कपडा, र भित्तामा प्राकृतिक रंंगहरू प्रयोग गरेर बनाउने गरीन्छ । साथै माटो, धातु र काठबाट विभिन्न देवी–देवताका मूर्तिहरू बनाउने परम्परा मधेसी समुदायमा छ। तीज, छठ, र होली जस्ता चाडहरूमा मूर्तिकलाको विशेष महत्व देखिन्छ भने मैथिली, भोजपुरी, अवधी, र बज्जिका जस्ता भाषाहरू बोलिन्छन्। मधेसी समुदायमा परम्परागत नृत्य र संगीतको विशेष स्थान छ। झुमर, पयरी, र घुघुवा जस्ता नृत्यहरू प्रचलित छन्। संगीतमा धोब, बिरहा, र सोहर गीतहरू लोकप्रिय छन् । यस्तै छठ पर्व, होली, तीज, र रामनवमी यो समुदायको प्रमुख पर्वहरु हुन । यी चाडहरू सांस्कृतिक रूपमा महत्वपूर्ण छन् र हर्षोल्लासका साथ मनाइन्छन् । मधेसी समुदायको खानपान विविधताले भरिपूर्ण छ। ढेकुवा, खीर, दाल–भात, तरकारी, अचार, माछा, मासु जस्ता परिकारहरू प्रमुख छन्। विशेष पर्वहरूमा विशेष परिकारहरू बनाउने गरेको बिक्रम शाहले बताउनु भयो ।

मधेसी समुदायले आफ्नो समाज र परम्परालाई अत्यन्तै महत्व दिन्छ। विवाह, जन्म, मृत्यु जस्ता जीवनका प्रमुख घटनाहरूमा विशेष परम्परागत रीतिरिवाज पालन गरिन्छ। समाजमा पञ्चायती प्रणाली प्रचलित छ, जसले सामाजिक व्यवस्थापन र न्याय प्रदान गर्ने कार्य गर्दछ। मधेसी समुदायको कला र संस्कृति नेपालमा मात्र होइन, विश्वभरि आफ्नो विशेष पहिचान बनाएको छ। उनीहरूको सांस्कृतिक धरोहरले नेपाली समाजको विविधतालाई समृद्ध बनाएको छ। यद्यपी यो समुदायमा देखिएको दईज प्रथा भने अझैपनि धेरै परिवारमा कायमै छ । तथापी बढ्दो शिक्षाका कारण यो प्रथा कमी पनि हुदै आएको रेखा ठाकुरले बताउनु भयो ।

दमकमा रहेको कुल जनसंख्याको करिव १० प्रतिशत यो समुदायको बसोबास रहेको छ । करिव १० हजार को जनसख्या रहेको यो समुदायका केहि व्यक्ति तथा समुहहरु राजनैतिक रुपमा पनि होमिएका छन् । यहाँको भुगोल , जनसंख्या र समुदायको सकृयताका आधारमा मधेसी समुदायहरु आवद्ध भएका दलहरुले सम्माज जनकलाई स्थान पनि दिएका छन् । यहीबाट कोहि प्रदेश कमिटीमा पुगेका छन् । कोहि दमक नगर कमिटि त कोहि त जनप्रतिनधी समेत बनेका छन् ।

यो समुदायको सकृयतामा यहाँ निकै परिवर्तन भए । दमक ब्यापारीक केन्द्रका रुपमा अघी बढिरहेको छ । विभिन्न व्यक्तिको पहुँचले यहाँ शिक्षा र स्वास्थ्यको क्षेत्रमा सकरात्मक काम पनि भएकै छन् । यद्यपी यहाँ अझैपनि यो समुदाय निकै समस्यासग जुधिरहेको छ । यो समुदायका धेरै सदस्यहरूलाई नागरिकता प्राप्त गर्न समस्या भइरहेको छ । नेपालको नागरिकता कानुनले नागरिकता पाउने प्रक्रियालाई कडा बनाएको छ, जसका कारण धेरै मधेसीहरूले सरकारी सेवा र सुविधाहरूबाट बञ्चित रहनुपरेको छ।

यती मात्रै नभएर मधेसी समुदायमाथि समाजिक विभेदको समस्या छ। उच्च जातीय समूहहरूद्वारा मधेसीहरूलाई दोश्रो दर्जाको नागरिकको रूपमा हेरिने चलन अझै पनि हट्न सकेको छैन । यो विभेद शिक्षा, स्वास्थ्य सेवा, र रोजगारीमा समेत देखिन्छ। यसै गरि यो समुदायले आफ्नो सांस्कृतिक पहिचानलाई जोगाउन संघर्ष गर्नु गर्नु परिरहेको छ । नेपालको मुख्यधारको संस्कृतिले मधेसीहरूको भाषा, परम्परा, र रीतिरिवाजलाई पर्याप्त मान्यता नदिने र यसले मधेसीहरूको सांस्कृतिक सम्पदामा संकट ल्याइरहेकोमा उनीहरुको चिन्ता छ । र यी कुरालाई सहजै स्थापीत गरी सम्माजन जनक वातावरण बनाउने योजनामा यहाँका नेतृत्वहरुले सोच्न थालेका छन् ।

मधेसी समुदायको स्वास्थ्य र स्वास्थ्य सेवामा पहुँचको अवस्था विभिन्न चुनौतीहरूका कारण जटिल छ। यहाँ बसोबास गर्ने मधेसी समुदाय स्वास्थ्य सेवाहरूमा पहुँचमा केही हदसम्म पछि परेको देखिन्छ। यो समुदायमा गरिबीको दर उच्च छ। यसले गर्दा उनीहरू गुणस्तरीय स्वास्थ्य सेवाहरू लिन सक्दैनन्। निजी अस्पतालहरूको खर्च धान्न कठिन हुन्छ, र सरकारी अस्पतालहरूमा पनि जनसंख्याको अनुपातमा सेवाको अभाव हुन्छ । शिक्षा अभावले गर्दा स्वास्थ्यसम्बन्धी चेतना कमी छ । यसले स्वास्थ्य समस्याहरूको पहिचान र उपचारमा ढिलाइ हुने गरेको छ । तर यसलाई अहिले सुधार गर्दै जनचेतनाका कार्यक्रमहरु समुदाय स्तरमा लग्दै अवस्थालाई बदल्ने प्रयास भइरहेको डा. सुर्यनारायण शाह बताउनु हुन्छ ।

रोजगारको क्षेत्रमा पनि यो समुदाय आफ्नै व्यवसाय गरेर बस्नेहरुको भन्दा श्रम गर्नेहरुको संख्या बढि छ । यद्यपी हरेक चुनौतीको सामना गर्दै आफ्नै ठाउँमा रहेर व्यवसाय गर्ने र श्रम गरेर बस्ने अटल समुदाय पनि मधेसी समुदाय रहेको यूवाहरुको बुझाई छ ।

यसरी हरेक क्षेत्रबाट आफ्नो अस्तित्वलाई स्थापीत गर्दै, शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा आफ्नो पहुच बढाउँदै यही बसेर संघर्ष गरीरहेका यो समुदायका समस्यामा सरकारले वेवास्था गर्न मिल्दैन । दमकको विकास र समृद्धिमा समेत विशेष योगदान गरेको यो समुदाय अझैपनि दमकको विकासमा तल्लीन भएर लागीनै रहेको छ । चाहे त्यो व्यापार गरेर होस वा श्रम गरेर या त विभिन्न सघं सस्थामा बसेर सेवा गरेरनै किन नहोस । दमक बन्नु पर्छ भन्ने अठोटमा यो समुदाय रहेको छ ।
यही समुदायबाट दमक नगरपालिकाको कार्यपालिका सदस्य बन्नु भएका गौतम गुप्ता भन्नु हुन्छ, हामीले हाम्रो अधिकार स्थापीत गर्न, हाम्रो समस्यालाई समाधान गर्न दमक नगरपालिकाको कार्यपालिकामा बिभिन्न एजेण्डा लैजाने गरेका छौ । जसले गर्दा विभिन्न क्षेत्रमा केहि सुधारका कामहरुपनि भइनै रहेका छन् ।

भिडियो हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ