दमक/ दमक नगरपालिका वडा नं ६ का वडा सदस्य कमल श्रेष्ठ २०७४ सालमा सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा वडा सदस्य पदमा उम्मेदवार बन्नु भयो । नेकपा एमलेबाट उम्मेदवार बन्नु भएका उहाँ सहित वडाको सेटलेनै बिजयी हाँसिल गरेको थियो ।
त्यसपछि गत २०७९ को निर्वाचनमा पनि उहाँ वडा सदस्य पदमै दोहोर्यानु भयो । कुल ५ सदस्य मध्ये ३ जना पुरानै अनुहार र २ जना चाहि नयाँ अनुहार सहित यो पटक पनि एमालेको सिटनै वडामा बिजयी भयो ।
श्रेष्ठले भन्नु भयो ‘पार्टिले यो पटक पनि तपाईनै अघी बढ्नुस भन्ने निर्देशन दिएपछि म पूःन उम्मेदवार बनेको हु । ’
आफुले जनताको सेवा गर्नैकालागी भनेर २०७४ साल देखीनै आफ्नो व्यवसायीक जीवन त्यागेर सामाजीक जीवन सुरु गरेको बताउनुहुने श्रेष्ठ भन्नु हुन्छ ‘ निरन्तर जनताको सेवामा तल्लीन छ । अव आगामी निर्वाचनमा त म वडाध्यक्षकालागी काविल हुन्छु होला नी ।’?
उहाँले भन्नु भयो ‘दुई पटक वडा सदस्य भएर वडाको विकासमा र नगरपालिकाको न्यायीक समितीमा पनि दुई कार्यकालनै न्यायीक समिती सदस्यमा रहेर न्यायको क्षेत्रमा समेत काम गरेको अनुभवले मलाई वडाध्यक्ष बन्न योग्य बनाएको छ । अव आगामी निर्वाचनमा पार्टि मार्फत वडाध्यक्ष पदको उम्मेदवार बन्ने हो ।’
श्रेष्ठको ७ वर्षको सदस्य पदको अनुभव सहित उज्यालो खवरको स्टुडियोमा संवाद गरीएको छ । उहाँसगको संवादको भिडियोलाई तलको लिंकमा राखीएको छ ।









