बाँदरको हातमा ‘आँप’

monkey

दमक/बाँदरको हातमा नरिवल भन्ने नेपाली उखान तपाईले सुन्नुनै भएको होला । तर मोरङमा भने बाँदरको हातमा आँप भेटिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी इटहरी सडक खण्डमा चरी हिड्ने बाँदरलाई दमकमा रहेको एउटा क्लवले आप दिएको छ ।

लायन्स क्लव अफ दमक बिग बुद्ध र लिओ क्लव अफ दमक बिग बुद्धको समुहनै जंगल परिसरमा पुगेर त्यहाँ भेटिने बाँदरलाई आँप खुवाइएको अध्यक्ष आनन्द थापाले जानकारी दिनुभयो ।

जंगलमा आहारा कम भएर सडक र गाउँ छिर्ने बाँदरकालागी एक दिन भएपनि खान सहज होस भनेर अहिलेको मौसमी फल खुवाउने कार्यक्रमनै गरिएको थापाको भनाई छ ।

उहाँ अध्यक्ष भएपछि सात दिनमा सात कार्यक्रम गर्ने घोषणा गर्नु भएको थियो । जुलाई १ देखी कार्यभार सम्हालेर नेतृत्व लिनु भएका थापाले १ तारीख देखी ७ तारीख सम्म विभिन्न सेवाका कार्यक्रम गर्नु भएको थियो । त्यहि मध्येको एक कार्यक्रम हो बाँदरलाई आँप खुवाउने कार्यक्रम ।

यो अवसरमा उहाँले दमक ७ मा रहेको एक विप्पन्न परिवारलाई महिना दिन भन्दा बढि समय सम्म पुग्ने गरीको खाद्यन्न सामाग्री वितरण गर्नु भएको थियो भने बाढि र डुबानको समयमा उद्धार गर्न आवश्यक सामाग्री सुरक्षा निकायलाई प्रदान गर्ने काम पनि गर्नु भयो ।

गौरादह नगरपालिका वडा नं ९ स्थित बैगुन्धुरामा रहेको नेपाल प्रहरी बिटलाई क्लवले उद्धारमा आवश्यक पर्ने विभिन्न सामाग्री प्रदान गरिएको क्लवका सचिव सुमन मोतेले उज्यालो खवरलाई जानकारी दिनु भयो ।

यस्ता सामाजीक काममा आफु निरन्तर लाग्ने र यही काम गर्ननै क्लवको नेतृत्वमा आएको अध्यक्ष थापाले प्रतिकृया दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित