बाँदरको हातमा ‘आँप’

दमक/बाँदरको हातमा नरिवल भन्ने नेपाली उखान तपाईले सुन्नुनै भएको होला । तर मोरङमा भने बाँदरको हातमा आँप भेटिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी इटहरी सडक खण्डमा चरी हिड्ने बाँदरलाई दमकमा रहेको एउटा क्लवले आप दिएको छ ।

लायन्स क्लव अफ दमक बिग बुद्ध र लिओ क्लव अफ दमक बिग बुद्धको समुहनै जंगल परिसरमा पुगेर त्यहाँ भेटिने बाँदरलाई आँप खुवाइएको अध्यक्ष आनन्द थापाले जानकारी दिनुभयो ।

जंगलमा आहारा कम भएर सडक र गाउँ छिर्ने बाँदरकालागी एक दिन भएपनि खान सहज होस भनेर अहिलेको मौसमी फल खुवाउने कार्यक्रमनै गरिएको थापाको भनाई छ ।

उहाँ अध्यक्ष भएपछि सात दिनमा सात कार्यक्रम गर्ने घोषणा गर्नु भएको थियो । जुलाई १ देखी कार्यभार सम्हालेर नेतृत्व लिनु भएका थापाले १ तारीख देखी ७ तारीख सम्म विभिन्न सेवाका कार्यक्रम गर्नु भएको थियो । त्यहि मध्येको एक कार्यक्रम हो बाँदरलाई आँप खुवाउने कार्यक्रम ।

यो अवसरमा उहाँले दमक ७ मा रहेको एक विप्पन्न परिवारलाई महिना दिन भन्दा बढि समय सम्म पुग्ने गरीको खाद्यन्न सामाग्री वितरण गर्नु भएको थियो भने बाढि र डुबानको समयमा उद्धार गर्न आवश्यक सामाग्री सुरक्षा निकायलाई प्रदान गर्ने काम पनि गर्नु भयो ।

गौरादह नगरपालिका वडा नं ९ स्थित बैगुन्धुरामा रहेको नेपाल प्रहरी बिटलाई क्लवले उद्धारमा आवश्यक पर्ने विभिन्न सामाग्री प्रदान गरिएको क्लवका सचिव सुमन मोतेले उज्यालो खवरलाई जानकारी दिनु भयो ।

यस्ता सामाजीक काममा आफु निरन्तर लाग्ने र यही काम गर्ननै क्लवको नेतृत्वमा आएको अध्यक्ष थापाले प्रतिकृया दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर