फिजियो थेरापी किन गर्ने ? गर्नेहरुमा देखिएको परिवर्तन कस्तो ?

therpy

दमक/ इलाम चुलाचुलीका दीलिप कुमार राईको उच्च रक्तचापका कारण शरिरको एक भाग चल्नै छोडेको थियो । धेरै ठाउँमा यस सम्बन्धीको उपचार गराउनु भयो । औषधी गर्नु भयो । यद्यपी निको भएको थीएन । तर जतिबेला यो रोग निको पार्न वा शरिरको नचल्ने भएको अङ्गहरु फिजियो थेरापीबाट निको हुन्छ भन्ने थाह पाउनु भयो त्यसपछि उहाँले नियमीत फिजियो गराउन थाल्नु भयो । थेरापी सेन्टरमै धाएर फिजियो थेरापी गराइरहनु भएको छ । विभिन्न उपकरण , औषधीको प्रयोग गरेर गराइने फिजियो र बिज्ञको परामर्षले गरिने शारिरिक व्यायामले उहाँ अहिले जाती बनिरहनु भएको छ ।

यस्तै दमक २ कि मेनुका खड्काको दाहिने हात एकाएक जाम भयो । न उधो जाने । न उभो जाने । न केहि उचाल्ने । सियो समेत उचाल्न नसक्ने गरी जाम भएको हात एक महिना फिजियो थेरापी गरेपछि भने जाती भएको छ । अहिले हातका सबै माङसापेशीहरु चलीरहेको उहाँले प्रतिकृया दिनुभयो । यस्तै दमक ९ कि हरीमाया विस्वकर्माको पनि स्थिती यस्तै थियो । उहाँको पनि हातको एउटा पाटो चल्दैन थियो । तर अहिले जाती भएको छ ।
दमक ३ कि पूणर्कला बरालको मेरुदण्डको नसा च्यापीएको छ । जसले गर्दा उहाँ हिड्न, बस्न र उठीरहन सक्नु हुन्न थियो । निकै पीडादायी जीवन जीउनु भएकी बरालले २५ दिनको फिजियो थेरापीपछि भने नयाँ जीवन पाएजस्तै महसुस गरेको प्रतिकृया दिनु भयो ।

यी बिरामीहरुलाई यसरी नयाँ जीवन दिने ठाउँ हो दमक ६ थाना रोडमा हेको सिटिसि फिजियो थेरापी सेन्टर । ८ वर्ष अघी स्थापना भएको यो फिजियो थेरापी सेन्टरमा स्पोर्ट, अर्थोपेडीक तथा नसा सम्बन्धीका फरक फरक फिजियो थेरापीस्टहरु रहेका छन् । यहाँ आवश्यक पर्ने बिभिन्न इलेक्ट्रोनिक उपकरण देखी लिएर व्यायाम गर्ने साधान समेतको पर्याप्तता भएका कारण बिरामीले छिटो निदान पाउने गरेको यसका सञ्चालक तथा फिजियो थेरापीस्ट बिनोद भट्टराईले जानकारी दिनुभयो ।

नसा च्यापीएको, हड्डी तथा जोर्नी खिएको , उच्च रक्तचापका कारण शरिरका बिभिन्न पाटो नचलेको, मासो च्यातीएको लगायत बिरामीलाई यहाँ फिजियो थेरापीको बिधिद्धारा शारिरिक कसरत समेत गराउँदै निको पार्ने काम गरिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित