टोल विकासको काम , कर्तव्य र अधीकार के

दमकमा ‘आफ्नो टोल आफै बनाउँ’ अभियान

aafno tol aafai banau

दमक/ आफ्नो टोल आफै बनाउँ । तर कसरी बनाउँने ? यसमा टोलबासीको भूमिका के ? समाजका सरोकारवालाको भूमिका कस्तो ? सरकारले के गर्छ ? यस्ता सवाल तपाईको मनस्पटलमा पक्कै घुम्यो होला । तर आफ्नो टोल बनाउन यी कुराहरुमा मात्रै सबैल ऐकवद्धता जनाउने हो र यसको पालना गर्ने हो भने धेरै हद सम्म त्यो टोल आफै बन्न थाल्छ ।

प्रतिवद्धताका बुदाहरु ।
१) हामी घर तथा व्यवसायबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने छुट्याइ फरक फरक डस्विनमा राख्ने छौ ।
२) हाम्रो घर अगाडीको फूटपाथ अतिक्रमण गर्ने छैनौ र गर्न दिनेपनि छैनौ ।
३) हामी आफ्नो घर वरपर रहेका बोट विरुवाको संरक्षण गरी सुन्दर र हरीयाली बनाउन अग्रसर हुनेछौ ।
४) प्लाष्टिक मुक्त टोल बनाउन हामी प्लास्टिकको झोला प्रयोग गर्ने छैनौ र बेचबिखन पनि गर्ने छौनौ ।

यत्ती कुरामा बजार क्षेत्रको टोल विकासहरुले प्रतिवद्धताका साथ मात्रै काम गर्ने हो भने आफ्नो टोल आफै बन्छ भन्ने विस्वास छ दमक नगरपालिका वडा नं ६ लाई ।

त्यसैले यो वडामा रहेका सबै टोलका प्रतिनिधी तथा पदाधिकारीलाई बुधबार वडामा बोलाएर यी कुराको प्रतिवद्धता गराइएको छ । यसले वडाको विकास र समृद्धि टोलबाटनै देखिने भएकोले टोललाई जागरुप बनाइयो र टोललाई प्राप्त अधिकारको प्रयोग मात्रै गराइयो भने पनि यसले प्रतिफल दिन सक्छ भन्ने विस्वास रहेको वडाध्यक्ष टेक बहादुर थापाले बताउनु भयो ।

 

टोल विकासको काम , कर्तव्य र अधीकार केके छन् ? कानुनले टोललाई केके काम गर्ने भनेर क्षेत्राधिकार तोकीदिएको छ ? यो बारेमा पनि धेरै टोललाई थाह छैन । यदी कानुनले नै तोकिदिएका ती काम गर्ने र कर्तव्य पुरा गर्ने  साथै अधिकारको प्रयोग गर्ने मात्रै हो भने पनि टोल आफै आफै बन्न थाल्ने पनि बताइएको छ । कानुनी अधिकारका बारेमा वडा नं ६ का वडा सचिव प्रकाश घिमिरेले जानकारी गराउनु भएको थियो ।

टोल विकास सस्था कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि दमक नगरपालिकाले बनाएको छ । त्यहि कार्यविधि अनुसार नगरमा रहेका टोलहरु गठन र काम गरिरहेका छन् । यसको बारेमा टोल टोललाई जानकारी गराउनुका साथै वातावरणमैत्री टोल बनाउन केके गर्न सकिन्छ भन्ने जानकारी गराउन पनि दमक नगरपालिका वडा नं ६ ले यो कार्यक्रम राखेको वडा सदस्य कमल श्रेष्ठले जानकारी दिनु भएको छ ।

यी सबै कुरा सुनिसकेपछि छलफलमा आएका टोलका प्रतिनिधी तथा पदाधिकारीहरुले वडासग केहि जीज्ञासा पनि राखेका थीए भने कसैले काम गर्ने प्रतिवद्धता समेत जनाएका थीए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।