दमक/ २००९ साल मंसिर २५ गते दमकमा जन्मनु भएका कुल बहादुर धिमाललाई भेट्न हामी उहाँकै घरमा पुग्यौ । पट्यार लाग्दो गर्मी रहेकोले घरमै बसेर संवाद गर्न सकिएन । त्यसैले हामी सितल खोज्दै उहाँकै घर छेउमा लगाइएका रुखहरुको फेदमा बस्यौ ।
दमकको इतीहाँस के हो भन्ने कुराको खोज तथा अनुसन्धान गर्नकालागी हामीले उहाँलाई भेटेका हौ । उहाँसग हामीले दमकमा धिमालहरु कहाँबाट आए ? दमककालागी धिमालहरुनै कसरी मुल जाती भए ? उ बेलाका धनाड्य धिमालहरु अहिले कसरी सुकुम्बासी बन्ने स्थितीमा पुगे ? लगायत बारेमा संवाद गर्यौै ।
संवाद गर्ने क्रममा उहाँले भन्नु भयो ‘धिमालहरुको उत्तपत्ती दमकमा भएको हैन । धरानबाट भएको हो ।’ उहाँले धिमालको इतीँहास धरानको बिजयपुर रहेको र त्यहाँ तत्कालीन राजा पृथ्वी नारायण शाहले आक्रमण गरेपछि भागेर ज्यान जोगाउन आउने क्रममा मोरङको लेटाङ स्थित राजारानी हुदै बल्ल धिमालहरु दमकमा आएको पुरानो कथन सुनाउनु भयो ।
तर जजिबेला धिमालहरु दमक आउ त्यसबेला यहाँ रुख तथा जंगल फडानी गरी बसेका थीए । यहाँ लाग्ने विभिन्न रोगहरु , औलो लगायतसग पौठेजोरी खेल्दै बसेका धिमालहरुले बिघौ बिघाह जमिनमा खेती गर्दथे ।
त्यसबेला कसैसग रिस उठ्यो भने त्यसका नाममा जग्गा पास गरिदिने र राजस्व तीर्न नसकेर त्यो जमिननै फिर्ता हुने स्थितीको समय थियो । उहाँल त्यो बेलाको अवस्था सम्झदै भन्नु भयो ।
हामीले उहाँसग गरेको संवाद एक वर्ष अघीको हो । सो संवादको भिडियो यहाँ तलको लिंकमा राखीएको छ ।