तगडा तेक्वाण्डो

दमकमा जिल्ला स्तरीय तेक्वाण्डो प्रतियोगीता हुने (भिडियो सहित)

दमक/

झापाको दमकमा जिल्ला स्तरीय तेक्वाडो प्रतियोगीता हुने भएको छ । दमकमा रहेको आटिएफ तेक्वाण्डो उपसमितीले पुष २४ गते शुक्रबार झापा भरीका तेक्वाण्डो खलाडीलाई प्रतिस्पर्धा गराउने भएको हो । समितीले दमकमा पत्रकार सम्मेलन गरेर प्रतियोगीता हुने बारेमा जानकारी गराएको हो । समितीका संयोजक नबिन तामाङका अनुसार यो प्रतियोगीतामा जिल्लाभरका १ सय ५० जना खेलाडीले आ आफ्नो प्रस्तुती प्रस्तुत गर्दै छन् ।

दमक नगर खेलकुद विकास समितीको आर्थीक सहयोगमा हुन लागेको यो प्रतियोगीताले यूवा पुस्तालाई तेक्वाण्डोमा आकर्षण गर्न सक्ने जनाइएको छ । आफ्नो शारिरिक आक्रमणबाट बचाउँनका लागि तेक्वाण्डो बाल्यकालदेखीनै सिक्न आवश्यक रहेको तामाङले पत्रकार सम्मेलनका बेला उल्लेख गर्नु भयो । दमकमा हुने प्रतियोगीताले खेलाडीलाई प्रदेश स्तर तथा राष्ट्रिय स्तर सम्म खेल्न जाने मौका मिल्ने पनि उहाँले बताउनु भयो । यो प्रतियोगीताबाट उत्कृष्ट हुने खेलाडाीलाई मेडल, प्रमाणपत्र र मायाको चिनो प्रदान पनि गरिने छ ।

साथै प्रदेश र राष्ट्रिय स्तरमा हुने प्रतियोगीतामा सहभागी गराउन प्रतिनिधि समेत बन्न सकिने जनाइएको छ । झापामा करिव ३ सय ९० जना तेक्वाडो सिकेका खेलाडीहरु छन् । यी मध्ये दमकमा मात्रै १ सय ५० जना रहेको आइटिएफ तेक्वाण्डो झापा जिल्ला सघंले जनाएको छ । पुष २४ गते शुक्रबार दमकमा हुने प्रतियोगीता दमक ७ स्थित वडा नं ७ को मैदानमा हुने पनि पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

प्रतियोगीता सम्पन्न गर्नकालागि दमक नगर खेलकुद विकास समितीले १ लाख रुपैँया आर्थीक सहयोग गरेको तामाङले जानकारी दिनुभयो । अन्य अपुग रकम विभिन्न सघं सस्था तथा खेल प्रमिहरुबाट संकलन गरिएको पनि उहाँले स्पष्ट पार्नु भएको छ ।

हेरौ भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको