जङ्गलमा शव फेला

कानेपोखरीको जङ्गलमा पुरुषको शव फेला

download

इटहरी : शुक्रबारदेखि घरबाट हराइरहेका एक पुरुषको मोरङको कानेपोखरीस्थित जङ्गलमा शव फेला परेको छ ।
मृत फेला पर्नेमा जिल्लाकै रमाइलो घर भएका ६३ वर्षीय मात्रिका धिमाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार जङ्गलबाट दाउरा लिन गएका धिमाल सम्पर्कविहीन भएकोमा हिजो बिहान ९ः०० बजे मृत फेला परेका हुन् ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मुचुल्का संकलन गरी शव पोस्टमार्टमका लागि मदन भण्डारी मेमोरियल अस्पताल मङ्गलबारे पठाइएको उनले बताए । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन