सर्जक समाजका नफुकाल्ने गहना

दमक नगरको सलामीकासाथ लोक गायक जोशीको अन्तिम बिदाई

दमक, १३ साउन / साहित्यकार /कलाकार देशका गहना हुन् भनेर यसखाले गहन वाक्य उद्घोष हुँदै आएपनि भनाई र गराईमा फरकपन देखिदै आएको पाइन्छ ।
राजधानी बाहिर पनि त्यो खाले समस्या छ नै । यसबीचमा दमक नगरपालिकाले नगरका दिवंगत विशिष्ट लोकगायक लक्ष्मीप्रसाद जोशीप्रति व्यक्त गरेको सम्मानले सर्जकलाई साँच्चै गहना भनिएको रहेछ भन्ने कुरा चरितार्थ गरेको छ ।
नेपाली लोकगीत संगीतका माध्यमबाट महत्वपूणर् योगदान पुर्‍याउनु भएका लोकगायक जोशीको निधनप्रति श्रद्दाञ्जली अर्पण गर्दै उहाँको सम्मानमा आइतबार दमक नगरपालिका कार्यालयले आधा दिन शोक बिदा दियो । भाषा, कला र साहित्यले मानिसको बौद्धिकताको विकास गर्दै असल समाज निर्माण गर्नमा ठूलो भूमिका निर्वाह गर्दछ । सर्जकलाई विशेष तहमा राखेर गरिएको यो व्यवहार उदाहरणीय रहेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं ( गोपाल) को ठहर छ ।
सृजनालाई सस्तो मनोरञ्जनको साधनका रुपमा लिने र त्यसका सर्जकलाई पनि मनोरञ्जन दिने साधनका रुपमा मात्र हेर्ने दृष्टिकोण फेर्नका लागि नगरको यसखाले सम्मानले सहयोग पुर्‍याउने नेपालका ख्यातिप्राप्त गजलकार विवश बलिभद्र कोइरालाले आँकलन गर्नुभएको छ ।
दमक १ निवासी विशिष्ट लोकगायक जोशीको सम्मानमा नगरपालिका कार्यालयले आइतबार सूचना जारी गरी दिउँसो १ बजेबाट नगरपालिका मातहतका कार्यालयमा शोक बिदा दियो । त्यतिमात्र नभएर नगरले कार्यालय प्रांगणमा जोशीको श्रद्दाञ्जली सहितको नगर सम्मान अर्पण गर्यो । कलाकारहरुले जोशीको चर्चित गीत वल्लोखोलो पल्लोखोलो गाएर भावविह्व हुँदै श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि शवलाई नगरपालिका कार्यालयबाट पशुपति मन्दिरहुँदै नगर परिक्रमा गराई साहित्यकार, कलाकार सहितका शुभचिन्तकको ठूलो संख्याको उपस्थितीमा कनकाई माइमा अन्तिम दाहसंस्कारका लागि पुर्‍याइयो ।
नगरको तर्फबाट सलामी अर्पण भयो । नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं सहितका नगरपालि का टिमबीच नगर प्रमुख राम कुमार थापाले जोशीलाई नेपालको राष्ट्रिय झण्डा ओढाउनु भयो । जोशीप्रति शोक मन्तव्य व्यक्त गर्दै उहाँले लोकगीतका माध्यमबाट दमकलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनाएको उल्लेख गरेर सृजना क्षेत्रको महत्व दर्शाउनु भयो ।
साउन १० गते राति निधन हुनुभएका ८८ वर्षीया जोशीको शवलाई उहाँको निवासमा आइतबार विहानैबाट श्रद्दाञ्जली अर्पणका लागि राखिएको थियो । परिवारका सदस्यहरु विदेशबाट आउन ढिलाई भएकाले आइतबार दाहसंस्कारको क्रम अघि बढेको थियो । जोशीका रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो, कान्छी मट्याङ ट्याङ जस्ता ठेट लोकगीतहरु कालजयी रुपमा प्रख्यात छन् । वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिनु भएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउनु भयो ।
जीवनको उत्तराद्र्धमा उहाँले बढी मात्रामा राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरका सम्मान प्राप्त गर्नुभयो । उहाँको योगदानको कदर स्वरुप डेढ महिना पहिले भारतको इन्डियन युनभिर्सिटीले उहाँ सहितका नेपालका केही सर्जकलाई विद्यावारिधि (डाक्टर) को मानार्थ उपाधि दिएको थियो ।
https://youtu.be/giwTyHF0s4w?si=7bTepmPzg0B9G-bE
साहित्यकार कलाकार देशका गहना हुन् भन्ने तर गहना आवश्यक परेको बेलामा लगाउने र अरु बेला खोलेर राख्ने अर्थात बेवास्ता गर्ने गरेको गुनासा सुन्ने गरिन्छ । अन्य अवस्थामा दमक नगरले सर्जकका लागि के कति गर्न सक्यो या सकेन भन्ने कुरालाई अहिले अलग राखेर हेर्ने हो भनें विशिष्ट लोकगायक जोशीप्रतिको यो सम्मान सर्जकका लागि ठूलो सम्मानका रुपमा देखिएको छ ।
यसखाले सम्मानले सृजना क्षेत्रको ओज र यसले पार्ने प्रभावलाई बुझ्न सहज बनाउँछ । अनि सर्जक प्रत्येक वस्ती सुन्दर पार्न लगाइरहनु पर्ने गहना हुन् भन्ने नजिर स्थापित गर्दछ ।
https://youtu.be/giwTyHF0s4w?si=7bTepmPzg0B9G-bE

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल