सामाजीक व्यक्तिको सम्मान

५ जना सामाजीक व्यक्ति सम्मानीत, असहाय मानव सेवाले मनायो दोस्रो वार्षिक उत्सव

दमक/
सामाजीक काम गर्ने सस्थाले समाजीक काम गर्ने ५ जना व्यक्तिहरुलाई सम्मान गरेको छ । दमकमा रहेको असहाय मानव सेवा समाज नामक संस्थाले संस्थालाई सहयोग पुरयाउने तथा संस्था मार्फत सामाजिक क्षेत्रमा काम गर्न उत्प्रेरणा दिएको भन्दै पाँच जनालाई सम्मान गरेको हो । सस्था स्थापना भएको दुई वर्ष पुरा भएको अवसरमा सो सम्मान गरिएको हो ।

संस्थाले कोरोना महामारीका समयमा सञ्चालन गरेको भोकालाई भोजन अभियानमा सहयोग पुरयाउने दमक घर भई हाल अमेरिका बस्दै आएका सुदिपराज पन्तसहित सहयोगी दाताहरुलाई सम्मान गरिएको हो ।

सो अवसरमा सम्मानित हुनेहरुमा कमल गाउँपालिका वडा नं ६ निवासी अरुण भण्डारी, हेमा फाण्डेशनका अध्यक्ष हेम थापा, अमेरिकामा रहेका घनेन्द्र मावो, शारदा उदास श्रेष्ठ र हाल सिंगापुरमा बस्दै आएका भुपेन्द्र तुम्बापो रहेका छन । उनीहरुलाई सम्मान पत्रबाट सम्मान गरिएको संस्थाकी उपाध्यक्ष सजु बुढाथोकीले जानकारी दिनुभयो ।

महामारीका साथै अन्य असहज परिस्थीतिमा समाजमा अग्रसर भएर काम गरेको भन्दै दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सस्थाको प्रशंषा गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका ओलीले यस्ता सामाजिक काम गर्ने सस्थाले समाजीक चेतना फैलाउँन पनि मद्यत पुगेको उल्लेख गर्नु भयो ।

संस्थाकी अध्यक्ष चेतना निरौलाको अध्यक्षता र दमक नगरपालिका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएको साधारण सभामा सो साधारण सभामा संस्थाकी अध्यक्ष निरौलाले संस्थाको बार्षिक गतिबिधि समेटिएको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सीता उप्रेतीले आर्थिक प्रतिवेदन पेश गरेका सचिव पुनम रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका अध्यक्ष सिताराम खतिवडा, लायन लिडर अजय अग्रवाल, सहयोगी दाता संस्था हेमा फाउण्डेशनका अध्यक्ष हेम थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी