परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उहाँले नतिजा प्रकाशनमा कुनै हतार नगरी आवश्यक जनशक्ति थप गरेर तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर समयमै नतिजा सार्वजनिक गरिएको स्पष्ट पार्नु भएको छ।

 

मन्त्री पोखरेलले लेख्नु भएको छ्, ‘राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु । यस प्रक्रियाप्रति स्पष्ट र विश्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो।’ उहाँले नतिजा प्रक्रियाबारे असन्तुष्टि जनाउँदै विद्यार्थीहरुले गरिरहेको आन्दोलनप्रति सरकारको सम्मान रहेको पनि बताउनु भएको छ। लोकतान्त्रिक समाजमा आफ्ना धारणा राख्ने अधिकारको सम्मान हुनुपर्ने उल्लेख गर्दै आन्दोलनरत पक्षप्रति संयमित व्यवहार गर्न आग्रह गर्नु भएको छ्।

‘यस विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति हामी सम्मान व्यक्त गर्दछौँ। लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्छ,’ उहाँले लेख्नु भएको छ। मन्त्री पोखरेलले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा विद्यार्थीहरूप्रति गरिएका नकारात्मक र असम्मानजनक टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता गतिविधि नगर्न सबैसँग अनुरोध गर्नु भएको छ। ‘शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुव्र्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु,’ उहाँले भन्नु भएको छ।

 

यसैबीच नतिजासम्बन्धी उठेका जिज्ञासा र प्रश्नहरूको अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरू समेत सहभागी रहने गरी समिति गठन गरिएको जानकारी पनि उहाँले दिनु भएको छ। उहाँका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव तथा पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण

एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं,१० मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।सरकारले प्रेस

फोहोर व्यवस्थापन स्थानीय तहको मात्र नभई साझा चुनौती हो : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,१० मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताँउनु

झापामा मङ्सिर १५ देखि न्यूनतम समर्थन मूल्यमा धान खरिद गरिने

झापा ।  १० मंसिर | झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ। किसानले उत्पादन गरेको

झापामा मुटु रोगका कारण सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका

विद्युत सर्ट भई बिर्तामोडको नाइट क्लबमा आगलागी

बिर्तामोड,१० मंसिर । बिर्तामोडको गन्तव्य नाइट क्लबमा आगलागी भएको छ ।आज बिहानको राति १ : ४० बजे बिर्तामोड ३ मा वडा नं १ बस्ने निर्भिक