पथरी, १५ साउन । पथरी शनिश्चरे २ देवीगञ्ज घर भएकी तुलसा थापा ‘द भ्वाइस अफ किड्स’को लाइभ राउण्ड पार गर्दै भोटिङ राउण्डमा प्रवेश गर्नुभएको छ ।
नगरको एभरेष्ट माविमा कक्षा-७ मा अध्ययनरत छात्रा थापाले पछिल्लो प्रस्तुतिका रुपमा ‘राई माइलाले गाउ छाड्यो रे‘ बोलको गीतमा प्रभावकारी प्रस्तुति दिनु भयो । अबको राउन्ड पार गर्न दर्शकको भोट आवश्यक रहन्छ ।
ब्लाइन्ड अडिसनमा ‘सिरी सिरी हावा चल्यो’ गीत प्रस्तुत गर्नुभएको थियो । त्यो भन्दा अघि ब्लाइन्ड अडिसन सानदार तरिकाले पार गर्दै ब्याटलमा प्रवेश गर्नु भयो । उहाँले ब्लाइन्ड अडिसनमा कोचहरु प्रमोद खरेल, मिलन नेवार, मेलिना राई र छेवाङ लामालाई प्रभावित पार्दै चेयर घुमाउन बाध्य बनाउन सफल हुनु भएको थियो ।
तुलसालाई जिताउन खल्ती एप मार्फत् भोट गर्न सकिने विद्यालयका तर्फबाट संगीत शिक्षक अर्जुन सेञ्चुरीले अपिल गर्नुभएको छ । यस्तैगरी उहाँकी आमा देवी थापाले पनि तुलसालाई विजयी गराउन सबै सामु अनुरोध गर्नुभयो ।