नेकपा एमालेको जिल्ला अधिवेशन आज

एमालेको जिल्ला अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने

images

झापा /

नेकपा एमालेले जिल्ला अधिवेशन आज गर्दै छ। प्रदेश २ का सातसहित केही जिल्ला बाहेक सबै जिल्लाको अधिवेशन आज एकै पटक हुने छ।
यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले आज भूगोल तर्फको जिल्ला अधिवेशन एकै दिन गर्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गर्ने छन्।

ओलीले आजै काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
‘केही हिमाली जिल्लाहरूमा बाहेक अन्यमा स्थानमा भूगोलतर्फको जिल्ला कमिटीको अधिवेशनमा आज एकैपटक हुनेछ। अध्यक्षले केन्द्रीय कार्यालयबाट भर्चुअल्ली उद्घाटन गर्नु हुनेछ’ अधिकारीले भने, ‘केही जिल्लाले प्रतिकुल मौसमी अवस्थाको कारण अहिले अधिवेशनमा गर्न सकिने छैन्।’

आन्तरिक विवादका कारण प्रदेश २ का सप्तरीबाहेक सात जिल्लामा भने आज अधिवेशन नहुने भएको छ। सप्तरीबाहेकका बाँकी सात जिल्लाको अधिवेशन पछि हुने नेकपा एमालेले जनाएको छ।

अधिकारीका अनुसार प्रदेश २ को पर्सामा पुस २७, बाराको २८, रौतहटको २९, सिराहाको २५ गते, धनुषा माघ ३, महोत्तरी माघ ५ र सर्लाहीको ७ गते जिल्ला अधिवेशन हुने तय भएको छ।

एमालेको रोल्पाको अधिवेशन पनि रोकिएको छ। हिजो एमाले जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएकोले त्यहाँको अधिवेशन रोकिएको हो। अधिवेशनको तयारीमै रहेका बेला रोकाको हृदयघातका कारण निधन भएको थियो।

एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि निष्कृय रहेको जिल्लालाई एकैपटक अपडेट गर्नका लागि एकै मितिमा अधिवेशन गर्न लागेको अधिकारीले बताए ।

मंसिर अन्तिम साता भएको केन्द्रीय कमिटीको दोस्रो पूणर् बैठकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निणर्य गरेको थियो। एमालेको भूगोलतर्फ ७७ वटा जिल्ला कमिटी रहेका छन्।

यस्तै गैर भौगोलिक ११ गरी ८८ जिल्ला कमिटी रहेका छन्। उपत्यका कमिटी अन्तर्गत पेशागत, विद्यार्थी, मजदूर र उद्योग व्यवसाय गरी ४ वटा कमिटी छन्। सम्पर्क मञ्चको प्रदेश कमिटी पनि जिल्ला कमिटी बराबर हैसियतमा रहन्छ। अधिकारीले पुस मसान्तभित्र गैर भौगोलिक जिल्ला कमिटीको पनि अधिवेशन हुने बताए।

यस्तै एमालेले माघ ८ गते प्रदेश अधिवेशन गर्दै छ। यस्तै अखिल नेपाल किसान महासंघ राष्ट्रिय सम्मेलन २०७८ फागुन २८ गते रौतहटमा गर्ने छ।
महासंघको माघ २८ मा जिल्ला र फागुन १ देखि ७ सम्म प्रदेश अधिवेशन गरिसक्ने छ। एमालेले मंसिर १० देखि १४ गतेसम्म राष्ट्रिय महाधिवेशन गरेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित