सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ । उहाँले जेठ ९ गते बिहान ७ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उपलब्धि हासिल गर्नु भएको हो।
सिन्धुपाल्चोकको दुर्गम भोटाङ गाउँमा जन्मिएका वाइबा पछिल्लो समय हिमाल, चलचित्र र दृश्य कथामार्फत हिमाली जीवनलाई विश्वसामु चिनाउने युवाका रूपमा चिनिनु भएको छ ।

 

उहाँले आफ्नो तेस्रो सगरमाथा आरोहणलाई केवल शिखर चुम्ने यात्रामात्र नभई संघर्ष, त्याग, धैर्य, कृतज्ञता र आत्मविश्वासको प्रतीक भएको बताउनु भयो ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वाइबाले सगरमाथा, मनास्लु र शिशापाङ्मा जस्ता आठ हजार मिटरभन्दा अग्ला हिमालहरूले आफूलाई शक्ति, विनम्रता र जीवनका गहिरा पाठ सिकाएको उल्लेख गर्नु भएको छ ।

 

‘हरेक सफल आरोहणको पछाडि मौन संघर्ष, खराब मौसम, जोखिमपूर्ण यात्रा, प्रार्थना र टिमको साथ हुन्छ,’ उहाँले उल्लेख गर्न भएको छ।
वाइबाले आफ्नो सफलताका लागि ‘इम्याजिन नेपाल’ टोली तथा चर्चित पर्वतारोही मिङ्माजी शेर्पाप्रति विशेष आभार व्यक्त गर्नु भयो । उहाँका अनुसार मिङ्माजीको नेतृत्व, विश्वास र सहयोगबिना यो यात्रा सम्भव हुने थिएन ।

 

मिङ्माजी शेर्पा नेपालका चर्चित उच्च हिमाली गाइड तथा ‘इम्याजिन नेपाल’का संस्थापक हुनुहुन्छ। उहाँले सन् २०२१ मा नेपाली टोलीसँगै के–टुको पहिलो हिउँदे आरोहणसहित विभिन्न अन्तर्राष्ट्रिय कीर्तिमानी अभियानको नेतृत्व गरिसक्नु भएको छ ।

 

पर्वतारोहणसँगै सेन्साई पेमा वाइबा फिल्म निर्माण, फोटोग्राफी तथा ड्रोन सिनेमेटोग्राफीमा पनि सक्रिय हुनुहुन्छ । उहाँले चार सयभन्दा बढी म्यूजिक भिडियो, डकुमेन्ट्री तथा नेपाली चलचित्रमा काम गरिसक्नु भएको छ । ‘श्यालगर’, ‘सेम्की टाम’, ‘बेह्युल’ र ‘पिपलु छायाँ’ उहाँका चर्चित सिर्जनामध्ये पर्दछन् ।

 

सन् २०२२ देखि औपचारिक रूपमा पर्वतारोहणमा सक्रिय वाइबाले यसअघि सगरमाथा दुई पटक, मनास्लु र शिशापाङ्मा हिमाल सफल आरोहण गरिसक्नु भएको छ । उहाँ अक्सिजनसहित उच्च हिमाली अभियानमा सक्रिय रहँदै आउनु भएको छ ।

वाइबा काठमाडौं लायन्स क्लबका बोर्ड सदस्यसमेत हुनुहुन्छ । सामाजिक सेवा, युवा प्रेरणा र हिमाली संस्कृतिको संरक्षणमा पनि उहाँ सक्रिय रूपमा संलग्न हुनुहुन्छ ।

हिमाललाई केवल साहसिक गन्तव्य नभई संस्कृति, पहिचान र आध्यात्मिकताको प्रतीकका रूपमा प्रस्तुत गर्दै आएका वाइबा नयाँ पुस्ताका हिमाली कथाकारका रूपमा स्थापित हुँदै जानु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं ,१८ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट

गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक