एमाले जिल्ला अधिवेशन

एमाले झापा १० औ अधिवेशन : अध्यक्षमा दिपक कार्की सहित पदाधिकारीमा यी नेता चुनिदै

झापा/
नेकपा एमालेको १० औ अधिवेशन चलिरहेकोछ । हिजो शुक्रबार अधिवेसनको समुद्धघाटन सम्पन्न भयो । आज नेतृत्व छानिनेछ । आजै नेतृत्व चयन गरेर एमाले झापाको दशौ अधिवेसन समापन गर्ने तयारी मुल आयोजक कमिटीको छ ।

यो अधिवेशनले नेतृत्वमा सबै पदाधिकारी र जिल्ला सदस्यमा सर्वसम्मत गराउने प्रयास गर्ने यस अघिनै बताइसकिएको छ । झापा एमालेको नेतृत्व गर्न यो दिपक कार्कीलाई अध्यक्ष बनाउन सर्वसम्मत भइसकेको छ । यद्यपी यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

अध्यक्षमै आकांक्षा राख्नु भएका प्रेम गिरीलाई यो पटक उपाध्यक्षमा व्यवस्थापन गरिने श्रोतले जनाएको छ । उहाँले यसमा सहमती दिइसकेकोले अध्यक्ष पदमा कार्की नै सर्वसम्मत बन्ने पक्कापक्की भएको बताइएको छ ।

यद्यपी उपाध्यक्ष पदमा गोपाल बुढाथोकीको पनि आकंक्षा रहेकोले उहाँलाई उपाध्यक्ष बाहेक पार्टिको अन्य महत्वपूणर् स्थानमा जिम्मेवारी दिने गरि सहमती गराइने एक अधिबेसन प्रतिनिधीले जानकारी दिनु भएको छ । यसै गरि सचिवमा शिव ढुङ्गेल सर्वसम्मत हुने पनि बताइएको छ । यसै गरि सह -सचिवमा असारु राजबंशी र महिला सह सचिवमा रेनुका उप्रेती डाँगीलाई सर्वसम्मत गराउने तयारी भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।