भारतबाट भित्रिएको विषाक्त माछा नियन्त्रण गरी नष्ट

 

पथरी, २९ साउन / भारतबाट भित्रिएको विषाक्त माछा मोरङको शनिश्चरेबाट  प्रहरीले मंगलबार नियन्त्रण  गरी नष्ट गरेको छ ।

 

मृतकको लाश नकुहिने केमिकल “फर्मालिन” प्रयोग गरेर लुकाई छिपाई भारतबाट ल्याएको १ सय १३ केजी माछा इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
पथरी शनिश्चरे नगरपालिका वडा न. १ का वडाध्यक्ष भिमकुमार राई, पथरी उद्योग वाणिज्य संघ अध्यक्ष दिपक बस्नेत, पथरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जयराम बिष्ट, शान्ति सामुदायिक वन उपभोक्ता, समूहका अध्यक्ष कुलमणि गुरुङको रोहबरमा माछालाई खाल्डो खनेर गाडी नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहन विक्रम दाहालका अनुसार पथरी बजार क्षेत्रमा फर्मालिन प्रयोग गरेको माछा बेचबिखन गर्न ल्याउदै गरेको अवस्थामा पथरी शनिश्चरे- १ फिल्महल लाइनबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
फर्मालिन प्रयोग गरेको माछा खाँदा स्वास्थ्यमा गम्भीर असर गर्ने र सरकारले प्रतिबन्ध गरेको हुँदा नियन्त्रणमा लिइएको डीएसपी दाहालले जनाउनु भयो । पथरी बजारमा माछाको ब्यापार गरिरहेका सम्पूर्ण व्यापारीहरुलाई बोलाएर त्यसखाले माछा नबेच्न समेत सूचना गरिएकोे बताउनु भयो ।
फर्मालिन नामक केमिकल प्रयोग गरिएको माछा खाँदा मिर्गौला बिग्रने, बाँझोपन आउने, क्यान्सर, वातावरणमा असर गर्ने पथरी शनिश्चरे नगरपालिका कार्यालय पशुपक्षी शाखाका विशेषज्ञ जनक चौधरीले बताउनु भयाे।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

“सरकारी वित्तीय संस्था सुधारको सन्देश : ३५ वर्ष नपुग्दै उद्धारको अवस्था”

काठमाडौं,४ चैत । अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताउनु भएको छ्। नागरिक लगानी कोषको ३६ औँ

नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य घट्यो , आज कति पुग्यो मूल्य ?

काठमाडौं,४ चैत । नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो

मधेस स्वास्थ्य मन्त्रालयको सरुवा निर्णय विवादमा

जनकपुरधाम,४ चैत। मधेस प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय द्वारा गरिएको एक स्वास्थ्यकर्मीको सरुवा निर्णय यतिबेला विवादमा तानिएको छ । मन्त्रालयको निर्णयअनुसार जनरल हेल्थ

शान्तिपूर्ण निर्वाचनपछि पशुपतिनाथमा प्रधानमन्त्री कार्कीको रुद्राभिषेक

काठमाडौं,४ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गर्नु भएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई

रास्वपा अभिमुखीकरण:आज रवि लामिछानेको सम्बोधन

काठमाडौं,४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरणमा आज सम्बोधन गर्ने हुनु भएको छ ।ललितपुरको ग्वार्कोस्थित होटेल

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ