दमक, १३ भदौ / विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न र प्रधानाध्यापक माथी लगाइएको झुटा मुद्दा फिर्ता लिनु पर्ने मागसहित बिहीबार विद्यार्थीहरुले झापाको कमल गाउँपालिकास्थित केर्खा प्रहरी चौकीमा नारा जुलुस गरेका छन् ।
केर्खामा रहेको सहिद धर्मभक्त माविका विद्यार्थीले सो विद्यालयका प्रधानाध्याप शिव भट्टराईलाई प्रहरीले विद्यार्थी दुव्र्यबहारको झुटा मुद्धा लगाई पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै उहाँको रिहाईको माग गरेका छन् ।
विद्यालयमा शान्ति खल्बल्याउनेमाथि कारबाहीको माग अघि सार्दै विद्यार्थीहरुले प्रहरी चौकी केर्खामा पुगेर नारा जुलुससहित धर्ना समेत दिएका छन् ।