भुटानी शरणार्थीका बितेका ३४ वर्ष

विर्सिएका आरके र सुस्ताएको स्वदेशफिर्ती

दमक, २५ भदौ  लोकतन्त्रको आवाज उठाउँदा भुटानबाट लखेटिएको ११ वर्षपछि त्यही आवाज बुलन्द गरिरहनु भएका भुटानी नेता आरके बुढाथोकीको हत्या भयो । सन् २००१ सेप्टेम्बर ९ का दिन झापाको दमकमा भएको सो घटना सदा आलो घाउका रुपमा २३ वर्ष वितिसकेको छ । तर उहाँको स्वदेश फर्किने सपनाले मूर्त रुप लिने अहिलेसम्म कुनै छेकछन्द देखिदैन ।

 

सन् १९९० मा निर्वासनमा पहिलो राजनीतिक दलका रुपमा स्थापित भूटान पिपुल्स पार्टीको संस्थापक अध्यक्ष भएर आरके बुढाथोकीले भूटानी जनआन्दोलनको नेतृत्व गर्नु भयो । भुटानी नागरिकलाई निरङ्कुशताको पञ्जाबाट मुक्ति दिलाउन उहाँले जनआन्दोलनको कुसल नेतृत्व प्रदान गरेको विषय भूटानी इतिहासले स्थापित गरिसकेको छ ।

 

 

उहाँलाई भूटानी जनआन्दोलन एकीकृत गर्ने अभियानमा क्रियाशील रहेकै बखत् षड्यन्त्रपूर्वक मारियो । सन् २००१ सेप्टेम्बर ९ तारेखका दिन दिउँसो ३ ः १५ मा दमक चोकउत्तर बेलडाँगी रोडमा अवस्थित भुटान पिपुल्स पार्टी ( बीपीपी) को कार्यालयमा सो पार्टीको युवा संगठनको बैठकमा सहभागि भएको बेला युवाको समूहले बुढाथोकीमाथि खुकुरीले घाँटीमा प्रहार गरेको थियो । सख्त घाइते भएर स्थानीय आम्दा अस्पताल पुर्याइएका उहाँको त्यसैबेला निधन भयो । शिविरमा कर्फयू नै लाग्यो । सो घटनाको भुटान रिभोलुसनरी फ्रि स्टुडेण्ट फोर्स नामक संगठनले जिम्मा लियो । घटनास्थलबाट तीन जना युवा पक्राउ परे । अन्य ६ जनालाई केही दिनपछि पक्राउ गरी प्रहरीले मुद्धा चलायो । उनीहरु जेल सजाय भोगेर मुक्त भए ।

 

वास्तवमा, उहाँको हत्या कुनै साधारण उद्देश्यले मात्र भएको मान्न सकिन्न । युरोपेली मुलुकको दोस्रो भ्रमणपछि उहाँले काठमाडौँस्थित च्यानल नेपालमा आजको सन्दर्भ कार्यक्रममा सञ्जय घिमिरेलाई दिएकोे ओजपूर्ण अन्तर्वार्ताले भूटानी निरङ्कुश सरकारको सत्ता डगमगाएको प्रतीत हुन्थ्यो । प्रजातन्त्र प्राप्त गर्ने भूटानी जनताको अठोटलाई निस्तेज पार्नकै लागि अपराधिक समूह भिडाइ नियोजित रूपमा उहाँमाथि सांघातिक हमला भएको भुटानी नेताहरुले ठहर गरेका छन् । तर आजसम्म पनि त्यसखाले षडयन्त्र चिरेर देशमा प्रजातन्त्रको पुनवर्हाली गर्ने सपना पुरा भएन, त्यो सपना बुढाथोकीसँगै गयो ।

 

 

नेपाल र भुटानबीच १५ औं चरणका वार्ता अनि भुटानी प्रमाणिकरणको कार्य पनि त्यति नै बेला के निहुँ पाउँ कनिका बुक्याऔं भनें झैं भयो । १५ औं वर्ष अघिका ती गतिविधिको प्रयास त्यसयता सेलाएर मात्र गएर मृतप्राय हुनपुग्यो । वार्ता र प्रमाणीकरणको बाटोबाट पनि समस्या समाधानउन्मुख हुन नसकी ती दुई उपाय त्यसै स्थगितहुँदा मेची पुलबाट भुटान छिर्ने अन्तिम प्रयत्न भयो । स्न २००७ को भुटान छिर्ने आन्दोलनको प्रयत्न भारतीय सुरक्षाकर्मीले निस्तेज मात्र पारेनन् त्यहाँ त दुई जना भुटानीको गोली लागेर ज्यानै गयो । समस्याको अन्तराष्ट्रियकरण गर्ने जोडबलले पनि कुटनीतिक रुपमा दर्बिलो बाटो समात्न नसक्दा समस्या ज्यूँका त्यूँ रह्यो । स्वदेश फर्किने व्यग्र प्रतिक्षामा बसेको अवस्थामा नेपालका शिविरमा शरणमा बसिरहेका भुटानी नागरिकलाई स्वदेशफिर्तीको विकल्पलाई छोडेर युएनएचसीआरले आइओएममार्फत एक्कासी तेस्रो मुलुक पुनस्र्थापनाको कार्यक्रम अघोषित दवाव स्वरुप अघि बढायो । त्यसबाट सन् २००७ देखि १० वर्षको अवधिसम्म अमेरिका, युरोपसहितका ८ राष्ट्रमा १ लाख १५ हजारको संख्यामा भुटानीहरुलाई पुनस्र्थापित गरियो । त्यसयता परिवार विखण्डनको अवस्था भयो, झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा गरी ८ हजारको संख्या अझै देश फर्किने आशामा बसिररहेको छ । तथापि आरके बुढाथोकीले अघि सारेको आन्दोलनको जागृत रुप भनें अहिले सेलाएको अवस्थामा छ ।

 

 

यद्यपी आरके एक सैद्धान्तिक लक्षकासाथ मैदानमा उत्रनु भएका जीवन दर्शन, त्याग र बलिदानको भावनाले ओतप्रोत नेता भएकाले उहाँको क्षतिले आन्दोलननै असक्त बनेको ठहर छ वीपीपीका वर्तमान अध्यक्ष बलराम पौडेलको । पौडेलका अनुसार, उहाँमा एक निष्ठा, इमान्दारिता र गरिबहरू प्रतिको पीडा थियो । उहाँमा कुनै प्रलोभन थिएन, कुनै वैयत्तिक स्वार्थ थिएन, केवल एउटै सामूहिक लक्ष्य र आत्मसम्मानको सगौरव अनुभूति थियो । उहाँमा कुनै कपट र कायरता थिएन, बेथितिको उन्मूलन गरेरै छाड्ने संकल्पसहितको पवित्र र प्रजातन्त्र प्राप्तिप्रतिको दृढ इच्छाशक्ति थियो । देशलाई अत्याचारको चंगुलबाट मुक्त गरी भूटानी जनताको चाहना र आवश्यकताहरू पूरा गर्ने उहाँकोे सपना थियो । पौडेल भन्नुहुन्छ ‘बुढाथोकीको क्षमता र लक्ष्यबारे विश्व जगतलाई राम्ररी अवगत हुनअघि नै उहाँको हत्या हुनुले भूटानको प्रजातान्त्रिक आन्दोलनलाई एक अपूरणीय क्षति पुगेको छ । उहाँ अलिक लामो समय बाँचेको भए भूटानको राजनीतिक समस्या धेरै अघि नै समाधान भइसकेको हुन्थ्यो । तर पनि भुटानभित्रैबाट आन्दोलन र परिवर्तनको आशामा छौं । त्यो एकदिन अवस्य हुनेछ ।’

 

 

तर त्यसखाले नेताको निधनपछि कुनैखाले स्मरणका कार्यक्रम नहुनु अनि उहाँको योगदानका बारेमा चर्चा नहुनुलाई बिडम्बना मान्नुहुन्छ भुटानी पत्रकार अर्जुन प्रधान । जुनै तबरले पनि स्वदेश फर्किने सपना संगाल्दै मेची पुलको आन्दोलनका क्रममा पुलमाथिबाट खोलामा झारिएर जीवनभर ढाड र खुट्टामा समस्या खेप्दै आएको घटनाले उहाँलाई दुखाइरहन्छ । भुटानी आन्दोलनलाई निष्कर्षमा पुर्याउने प्रतिवद्ध व्यक्ति गुमाएकोमा उहाँलाई ज्यादै दुःख लागिरहेको छ । प्रधानले आरकेलाई कुन रुपमा सम्झिनु हुन्छ भनेर सामाजिक सञ्जालमार्फत आज उहाँलाई स्मरण गराउँदै उहाँको योगदान भुल्न नहुने कुरा राख्नुभयो ।

 

 

त्यसक्रममा हरि पौडेलको प्रतिक्रिया यस्तो छ ‘विपत्तिको सामना गर्दै दृढतापूर्वक उभिने साहसी नेताको रूपमा आरके बुढाथोकीको विरासतले आगामी पुस्तालाई प्रेरणा दिनेछ । उहाँ अब हामी माझ नहुँदा पनि उहाँको आदर्श, साहस र भुटानका जनताप्रतिको समर्पण, न्याय र स्वतन्त्रता र भुटानी सङ्घर्षका लागि पथप्रदर्शक ज्योति बनेर रहनेछ ।’

 

हेम गुरागाईं लेख्नुहुन्छ ः ‘उनले द्विपक्षीय वार्ताले कुनै नतिजा नआउने बताए । निर्वासित भुटानीहरू र देशभित्र रहेकाहरूलाई मिलाएर बलियो प्रतिद्वन्द्वी बल बनाउनु आवश्यक थियो । यस्तो प्रतिद्वन्द्वी शक्तिले मात्रै राजालाई टेबुलमा ल्याउन सक्छ भन्ने संश्लेषण गरेका थिए । त्यो उनको अन्तिम अन्तर्वार्ता थियो । सायद, उसलाई एउटै विचारको लागि मारिएको थियो, मलाई लाग्छ ।’
विश्व शरणार्थी दिवसको दिन औपचारिकताका लागि स्वदेश फर्किेने आशा व्यक्त गरिएका विज्ञप्ति प्रकाशन बाहेक स्वदेशफिर्तीका कार्यक्रम र गतिविधि प्रायः सून्य अवस्थामा पुगेको छ ।

 

प्रजातन्त्रको आवाज उठाउँदा देशबाट निकाला भएर भारतहुँदै भुटानीहरु आफ्नो पुख्र्यौंली थलो नेपाल आइपुगे । अनि लामो समय नेपालमा शरणार्थी जीवन विताएपछि भुटान जान पाउनुको सट्टा सदाका लागि तेस्रो मुलुकमा पुनर्वास गराइए । यसरी आफ्नो अस्तित्व नै मेटाउनु पर्ने विडम्बना कहिलेसम्म जारी रहन्छ होला ? अनि कहिलेसम्म उनीहरुले मनको कुनामा मात्र आफ्नो देश बचाइरहन सक्लान् ?

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ