गृह जिल्लामा ओलीको ध्यान

एमाले अध्यक्ष ओलीको गृह जिल्ला दौडाह- १५ दिन बित्न नपाउँदै पूःन जिल्लाका बिभिन्न आयोजनाको निरिक्षणमा (तस्बिरहरु)

दमक/
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार दिनभर जसो आफ्नो गृह जिल्लामा बिताउनु भयो ।सो अवसरमा बिभिन्न आयोजनाको निरिक्षणका साथै उद्धघाटन कार्यक्रममा उहाँ सहभागी बन्नु भयो । १५ दिन अघि मात्रै उहाँ आफ्नो निर्वाचन क्षेत्रमा आएर यस्तै विकास आयोजनाको उद्धघाटन, सिलान्यास र निरिक्षणमा सहभागी बन्नु भएको थियो ।

ओली आईतबार झापाको चन्द्रगडी बिमान स्थल हुँदै झापा आउनु भयो । यहाँ बनेका र बिनरहेका पूर्वाधार आयोजनाको स्थलगत अवलोकन गर्न उहाँले सम्बन्धीत आयोजना स्थलमै पुग्नु भयो । बिहान झापाको भद्रपुर-१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्धघाटन गर्नु भयो । सो अवसरमा उहाँले यस प्रकारका भवनहरु सिलान्यास मात्र हुने हैन उद्धघाटन पनि गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।

राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताउनुभयो । उहाँले कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र सम्बद्र्धन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल निजामति कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको हो । दुई तले भवनको कूल लागत रू एक करोड ८८ लाख नौ हजार ५७० रहेको छ । भवनको शिलान्यास एमाले अध्यक्ष ओलीले नै २०७० माघ ५ गते गर्नुभएको थियो ।


यसपछि उहाँ झापाको कमल गाउँपालिका वडा नं ७ मा निर्माण सम्पन्न भएको प्रादेशीक आयूर्वेदिक अस्पतालको निरिक्षणमा पुग्नु भयो । २०७५ ािल भदौ ७ गते ओलीले नै सिलान्यास गर्नु भएको यो अस्पतालको पनि पछिल्लो भौतीक प्रगतीको बारेमा बुझ्न उहाँ यस ठाउँमा आउनु भएको हो ।

उहाँले सो स्थानमा संक्षीप्त प्रतिकृया दिदै भन्नु भयो । ‘भवन बनि सकेछ । अव यसलाई सञ्चालन गर्ने कामपनि चाँडै हुने छ । ’ यसकालागि आफूले गर्नुपर्ने सबै सहयोग गर्न आफु प्रतिवद्ध रहेको पनि ओलीले उल्लेख गर्नु भयो । २० करोड करोड ६३ लाख रुपैँयामा भवन भवन २०७८ असार ३१ गते निर्माण सम्पनन भइसकेको छ ।

यसपछि अध्यक्ष ओलीले कमल गाउँपालिकाकै तोपगाछिमा बनिरहेको तोपगाछि खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्नु भयो ।

९ करोड ८४ लाख ११ हजार २ सय ४० रुपैँया लगानीमा निर्माण हुदै गरेको यो खानेपानी आयोजनाले २०७९ साल असोज १४ सम्म सम्पन्न गरिसक्नु पर्ने सम्झौता छ । सो अवसरमा अध्यक्ष ओलीले आर्सेनिक मिसिएको पानी खाने समस्याबाट यस क्षेत्रका नागरिकलाई मुक्त गराउन आफु अग्रसर रहेको उल्लेख गर्नु भयो । आयोजनाको पाईप बिच्छाउने काम थाती नै रहेको थाह पाउनु भएका ओलीले त्यसको काम अघि बढाउन आफ्ु लागी पर्ने र बजेट अभावका कारण काम रोकिन नदिने प्रतिवद्धता जनाउनु भयो ।


आफ्नो निर्वाचन क्षेत्र समेत रहेकोले ओलीले यस क्षेत्रका नागरिकलाई देख्दा आफुमा काम गर्ने जाँगर अझ बढ्ने कुराको पनि उल्लेख गर्नु भयो । ‘यहाँ आउँदा आफुलाई आफ्नै घर आएजस्तो लाग्छ , सबैलाई देख्दा आफ्नै परिवारका सदस्य जस्तो मात्रै देख्छु । ’ त्यसैले यस क्षेत्रको सर्वाङ्गीण विकासमा आफु कटिबद्ध रहेको र सँधै रहने पनि उल्लेख गर्नुभयो ।

त्यसपछि ओली आज झापाको शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडमको उद्धघाटन समारोहमा सहभागी बन्नु भयो ।

झिलझिलेबाट पार्क स्थल सम्म उहाँलाई बग्गी चढाएर लगिएको थियो । बिभिन्न झाँकी सहित कार्यक्रम स्थल पुर्याइएपछि ओलीले निजि क्षेत्रबाट लगानी भएका यस्ता रिसोर्ट तथा पार्कको प्रर्वधन गर्न आफुले सहयोग गर्ने उल्लेख पनि गर्नु भयो । सो क्रममा आफ्नो पार्टिको एक केन्द्रिय कमिटीको बैठक यहि रिसोर्टमा राख्ने पनि उहाँले घोषणा गर्नु भयो ।

हलमा आफ्ना केन्द्रिय सदूसय अटन्े गरिको व्यवस्था भएमा आगामी केन्द्रिय कमिटीको बैठक यहि रिसोर्टमा गर्ने उहाँले घोषणा गर्नु भयो । पार्टिले यस्ता रिसोर्टहरुमा आफ्ना कार्यक्रम गर्दा त्यस क्षेत्रको प्रवर्धन हुने भन्दै कसैलाई आश्चर्य नमान्न पनि उहाँले आग्रह गर्नु भयो । कोभिडका कारण सुस्ताएको चितवनको सौराहमा आफ्नो पार्टिले महाधिबेसन गरेपछि त्यस क्षेत्रको प्रर्वधन भएको र ब्यापारमा बृद्धि भएको स्मरण गराउनु भयो ।

सो अवसरमा उहाँले आफ्नो सरकार बिदेशीको सहयोगबाट ढालेको बताउनु भएको छ । देशभर आफु नेतृत्वको सरकारले विकासका काम गरेको र यो काम अहिलेका गठबन्धनलाई नपचेका कारण बिदेशीको सहयोग लिएर आफुलाई हटाइएको उहाँले बताउनु भयो ।


देश विकास गर्न पूःन आफ्नै पार्टिको नेतृत्वको सरकार चाहिने भएकोले आगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिएर सहयोग गर्न पनि उहाँले आम झापालीलाई अपील पनि गर्नु भयो । यो कार्यक्रमपछि उहाँ चन्द्रगडी बिमानस्थलबाट आईतबारनै काठमाडौ फर्कनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले