अत्तालिएका रवि र हतास रास्वपा

दमक, कार्तिक ५

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेको विषयलाई यसबेला सवैले चासोका रुपमा हेरिरहेका छन् ।

अपेक्षा गरे अनुरुप लोकतन्त्रको व्यवहारिक प्रयोग हुननसकी नीतिगत भ्रष्टाचार बढेपछि राजनीतिप्रति जनताको वितृष्णा चुलिएको अवस्था हो । यस अवस्थामा केही सम्भावनाको आशा देखाएर उदाएका रवि अहिले भ्रष्टाचार मुद्धामा जोडिएर थुना परेको घटनाप्रति चासो बढ्नु त स्वभाविक हो ।

 

सहकारी संस्थाको रकम अपचलन मुद्धामा पक्राउ परेका रविलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको रास्वपाले जिकिर मात्रै गरेन, आन्दोलन नै गरेर भ्रष्टाचारमा त अरु लिप्त छन् भन्दै सरकारका अधिकारीको नामै किटेर घटनालाई तोडमोड गरेको समेत देखिन्छ ।
अमेरिकामा आर्थिक कारोबारमा दोषी देखिएका रवि नेपालमा आएर समेत नागरिकता र राहदानी मुद्धामा फसेको विषयलाई पनि पूर्वाग्रहको आँखाबाट कतिपयले हेरिरहेका छन् । भ्रष्टाचारको फायल खोल्ने क्रममा पुगेको बेला भ्रष्टाचारमा पर्ने सम्भावना भएकाहरुले नागरिकता र राहदानीको मुद्धा लगाएर गृहमन्त्रीबाट पद्च्युत गराएको आरोपले पनि ठाउँ पायो ।

 

नागरिकता र राहदानी मुद्धामा रविलाई सफाई मिलेपनि सहकारीको विषय भनें जनस्तरबाट गहनरुपमा उठिरह्यो र मुद्धाका रुपमा अघि बढ्यो ।

 

रविसँग जोडिएका जे जे घटनाक्रम भएपनि त्यसको अनुसन्धानबाट मुद्धा पर्गेलिने अवस्था हुन्छ । शेयर सदस्यहरुको सहकारीमा राखेको रकम हिनामिना भएको अवस्थामा रकम खोज्ने क्रम अति स्वभाविक हुन्छ । त्यसमा आरोपितहरुसँग वयान लिएर निष्पक्ष छानविन होला र भन्ने प्रश्न उठ्नु पनि अस्वभाविक होइन । तर पनि हामीले अहिलेसम्म मान्दै आएको न्यायालयको सर्वोच्च निकायको छानविनको प्रक्रियालाई सघाएर जानु पर्ने दायित्व समेत हो । निर्दोष भए निर्दोषिताको प्रतिवादी पेशेर न्याय माग्ने ठाउँ त्यहीँ हो । दोषी देखिएको खण्डमा सजाय त हुनै पर्छ । राज्य संचालनको केन्द्रविन्दुमा रहेका कांग्रेस र एमालेका साथै माओवादी केन्द्रका नेताहरुले नक्कली भूटानी शरणार्थी मुद्धामा सजाय भोगिरहेको विषय पनि ‘ठूला माछालाई समेत नछोडिएको’ नजिरका रुपमा खडा छ ।

 

तसर्थ ‘नविराउनु, नडराउनु’ भन्ने नेपाली मौलिक उखानलाई यहाँ स्मरण गर्दै रवि अत्तालिएर प्रतिशोधकै मात्र कुरा गर्नु र रास्वपा हतास बनिहाल्नु नै पर्ने अवस्था नहोला ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८