इजरायलको दशा

लगातारको युद्धको भुंग्रोमा इजरायल, विश्वमा युद्धको आगो फैलिने त्रास

दमक, कार्तिक ५
इजरायल र हमासबीचको दशकौंदेखि लम्बिरहेको तनाब तीब्रतर गोलाबारीमा परिणत हुँदै गएको छ । सन् २०२३ अक्टोबर ७ मा बिद्रोही समूह हमासले कुनै चेतावनीबिनै इजरायलमाथि गरेको आक्रमणपछि तनाबको श्रृंखला झनै हिंसात्मक बन्दै गएको देखिएको छ ।

 

पछिल्लो पटक उत्तरी गाजामा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७३ जनाको ज्यान गएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार राति भएको आक्रमणमा धेरै जना घाइते भएका छन् । इजरायलले धेरै जना मारिएको बताए पनि हमासले भने फरक दाबी गरेको छ । इजरायली सेनाले इन्डोनेसियन अस्पतालमा बन्दुक प्रहार गरेको एक घण्टापछि सो आक्रमण हुँदा धेरै घरहरु समेत क्षतिग्रस्त भएको प्यालेस्टाइनी समाचार संस्था वाफाले उल्लेख गरेको छ ।

 

 

शनिबार मात्र इजरायलले लेबनानको राजधानी बेरुतमा समेत ठूलो आक्रमण गरेको छ । हिजबुल्लाहले हतियार भण्डारण गरेको स्थान नास गर्नका लागि आक्रमण गरेको बताइएको छ । हिजबुल्लाहको इन्टलिजेन्स हेड क्वार्टर रहेको डाहिए अहिले इजरायलको निसानामा छ ।
शनिबार हिजबुल्लाहले पनि उत्तरी इजरायलमा आक्रमण गर्दा एक जनाको ज्यान गएको छ ।

 

इजरायलले अक्टोबर महिनादेखि हमासका लडाकुलाई सङ्गठित हुनबाट रोक्नका लागि उत्तरी गाजामा आक्रमण तीव्र बनाएको देखिन्छ । एक दिन अघि मात्र जाबालियाको शरणार्थी शिविरमा भएको आक्रमणमा ३३ जनाको ज्यान गएको थियो । गाजा स्ट्रिप ४१ किलोमिटर लम्बाइ र १० किलोमिटर चौडाइ भएको इजरायल, इजिप्ट र भूमध्यसागर बीचको भूभाग हो । जहाँ २३ लाख व्यक्तिको घना बसोबास रहिआएको छ । वेस्ट ब्याङ्क र गाजालाई प्यालेस्टिनी भूभागको रूपमा चिनिन्छ । साथै ईस्ट जेरुसलेम र इजरायल बनेको सबै भूभाग रोमनकालदेखि प्यालेस्टाइनको रूपमा चिनिन्छ ।

 

सन् १९४८ मा इजरायल राज्यको स्थापना भएपश्चात् प्यालेस्टीनी शरणार्थीहरूको मुख्य गन्तव्य लेबनन बनेको थियो । ती शरणार्थीमा प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशन (पीएलओ) का मिलिसिया पनि थिए । ती मिलिसियाले लेबननबाट इजरायलमा आक्रमण गरेपछि लगातार इजरायलमा संघर्षको श्रृंखला अघि बढ्यो ।

 

 

पहिलो आक्रमणका बेला लेबननमा २ हजार लडाकू तथा गैरसैनिक मारिए भने इजरायल तर्फ १८ सैनिकको ज्यान गयो ।
इजरायलमा आक्रमण र प्रत्याक्रमणको श्रृंखलामा ०८० असोजमा भएको आक्रमणमा नेपालका १० सहित विभिन्न देशका गरी २ हजारको संख्या हताहत भयो । हमालको नियन्त्रणमा रहेको भनिएका नेपालका विपीन जोशीको हालसम्म पत्तो लागेको छैन । इजरायलमा १ सय वर्षअघिदेखिको द्वन्दले त्यहाँको अर्थतन्त्र तहस नहस मात्र भएन विश्वमा युद्ध विस्तारको आगो फैलिने त्रास समेत बढ्दै गएको छ ।
इजरायलको द्वन्दग्रस्त अवस्थाले स्थानीयमा जनधनको ठूलो क्षति भएर सदा अशान्तिको बादल मडारिइरहेकोप्रति संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार अधिकारी जोयस मसुयलोले दुःख व्यक्त गर्नू भएको छ । उत्तरी गाजाको अवस्था ज्यादै खराब रहेको जनाउँदै यसलाई तत्काल रोक्न आवश्यक भएको कुरामा उहाँको जोड छ ।

 

द्वन्द कसैका लागि पनि हितकर हुँदै हुँदैन । समस्या हुन सक्छन्, अन्याय हुनसक्छ । तर त्यसको दिगो समाधान वार्ता र संवादबाट भएको अन्तर्राष्ट्रिय उदाहरणलाई स्मरण गर्दै संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्यि समूदायले द्वन्द समाधानको दिगो पहलकदमी गर्नु आवश्यक देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८