अनुशीलन

दमकका ‘अभिभावक कवि’ प्रकाश बुढाथोकी ः भोक कविता आन्दोलनका अभियानकर्मी

दमक, कार्तिक १०
कवि भनेर पनि आफुलाई परिचित गराउन मन नपराउने । तर कविता लेखिइरहने मात्र होइन त्यो भन्दा कैयौं गुणा बढी अरुका कृति पढिरहने एकजना अगुवा कवि हुनुहुन्छ प्रकाश बुढाथोकी ।

 

बुबा डिल्लीबहादुर र आमा दिपमायाको सन्तानका रुपमा वि.सं. २०१६ सालमा इलामको गजुरमुखीमा जन्मिनु भएका उहाँ ७ वर्षको उमेर हुँदा बसाईसराईंका क्रममा परिवारसँग झापाको दमक झर्नु भयो । खेती किसानीका छोरा उहाँलाई महेन्द्र मोरङ क्याम्पस विराटनगरमा पढ्दा २०३४/०३५ सालबाट पुस्तकहरु पढ्ने र कविता लेख्ने लत लाग्यो । दमककै अगुवा कमलप्रसाद भट्टराईको विराटनगमा पुस्तक पसल रहेकाले त्यहाँ आएर पुस्तक र पत्रपत्रिका पढ्ने बानी भएपछि साहित्यतर्फ झुकाव बढ्यो र उहाँबाट कविताको जन्म हुन थाल्यो ।

 

०३९/०४० मा झापाका जीवनवादी कवि भवानी घिमिरेले संयोजन गरेको भोक कविता आन्दोलनको एक हिस्सा बनेर बुढाथोकीले साहित्यिलाई भोकाहरुको उत्थानको सचेतना प्रवाहमा समाहित गराउनु भयो । त्यो बेलाका शक्तिशाली कवि हिरा आकाशको अगुवाईमा ०४२ /०४३ मा खडा भएको ‘झापा मन्थन’मा पनि समावेश बनेर साहित्यको प्रभाव विस्तारमा लाग्नु भएका जीवनवादी कविका रुपमा बुढाथोकी चिनिनु हुन्छ । त्यो बेलाको हरेक परिवेशको सहज पहुँच हुन नसकेको अवस्थामा कविताका कार्यक्रममा काठमाडौं र भारतको डुवर्ससम्म पुगेर आफ्नो साहित्यिप्रति जागेको भोक मार्नुहुन्थ्यो ।

 

आफ्ना दावली कविहरु दुर्गा दाहाल, ओलाङचुङ देवानसँगको सहकार्यमा ०३९ सालताका ‘डोली’ द्वैमासिक पत्रिकामार्फत त्यो बेला पूर्वाञ्चलका प्रतिनिधि कविताहरु प्रकाशन गरेर अर्को ऐतिहासिक काममा आफुलाई जोड्न भ्याउनु भयो ।

 

हुँदै जाँदा उहाँलाई घरव्यवहार तथा सामाजिक कामले पनि गाँज्दै गयो । अनि कवितामै कुदेर मात्र जीवन नचल्ने अवस्था भएपछि ०४६ सालयताको समयमा भनें उहाँ साहित्यका गतिविधिमा खासै बाहिर निस्कनु भएन । तरपनि सामान्य लेख्ने र बढीभन्दा बढी चाँही अरुका कृति पढ्ने कुरा भित्रभित्रै जहिल्यै चलिरह्यो, कहिल्यै रोक्नु भएन ।

 

समयसन्दर्भसँगै दमकमा युवा पुस्ताको साहित्यिक गतिविधि बढ्दै गएपछि दमकका साहित्यका अभिभावकका रुपमा उहाँलाई युवाहरुले खोजे र फेरि बाहिर कार्यक्रममा ल्याए । विशेषगरी ०७० सालयता उहाँको गतिविधिले पुनर्जागरण पाएको छ । यसक्रममा उहाँले ०८० मा २६ वटा कविताको संगालो ‘भुँइकुइरो’ प्रकाशनमा ल्याउनु भएको छ । ‘त्यसो नगरेको भए’ भन्ने नाम जुराएर निवन्ध संग्रह प्रकाशनको तयारीमा समेत हुनुहुन्छ ।

 

आफुलाई प्रचारमा ल्याउन नरुचाउने उहाँको स्वभाव । अनि सर्जकहरुले समाजका लागि सन्देश प्रवाह गर्न आफ्नो तरिकाले लेख्ने हो भन्ने मान्यता राख्ने उहाँ सम्मान र पुरस्कारबाट पनि टाढै रहने अवस्थालाई निरन्तरता नै दिँदै आउनु भयो । उहाँको त्यो स्वभावकाबीच नेपाली साहित्य समाज उर्लाबारी सहित केही साहित्यिक संस्थाहरुले उहाँलाई सम्मान गरिछाडे ।

 

दमक ५ निवासी उहाँ सामाजिक रुपमा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको सभापति अनि व्यवसायिक रुपमा छाला सम्बन्धी ‘डेल्फी अस्तालका’ सञ्चालकका भएर सक्रिय हुनुहुन्छ ।

 

साहित्यतर्फ दमकमा १ दशक अघि खडा भएको रिटरेरी ग्रुपका अध्यक्ष समेत रहनु भएको छ । उहाँले संख्यात्मक हिसावले धेरै कविता नलेखेपनि विशेष त कविता अनि साहित्यमै साँचो जीवन पाइने अनुभूतिमा उहाँ साहित्यलाई अत्यन्तै धेरै माया गर्ने व्यक्तिमा पर्नुहुन्छ । उहाँले सामान्य जस्तो लाग्ने तरिकाले कविता बुनेपनि उहाँका कवितामा गहिराई समात्ने सन्देश प्रस्तुत हुन्छन् ।

 

प्रस्तुत छ उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा गरिएको भलाकुसारी अनि उहाँको सृजना प्रस्तुतिको यो भिडियो ः

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८