‘१२ गाउँ’का कलाकारहरु पूर्वमा दर्शकहरुसँग रमाउँदै

दमक, कार्तिक १२
एक्सनप्रधान नेपाली चलचित्र निर्माण कम भएको अवस्थामा आएको ‘१२ गाउँ’ले दर्शकको मन जितेको अवस्था छ । यही क्रममा यसका कलाकारहरु दर्शकहरुसँग खुसी साट्न पूर्वको यात्रामा निस्किएका छन् ।
यसक्रममा चलचित्रका निर्देशक एवम् कलाकार विराज भट्ट, नायिका न्यान्सि खड्काका साथै लेखक तथा कलाकार सन्तोस सरकार, रवि रोहनसहितको टोलीले सोमबार दमकस्थित डीम्याक्स सिनेमाजमा दर्शकहरुसँग खुसी साटेका छन् ।
चलचित्र छक्कापञ्जा ५ र ज्वाईसावसँग एकसाथ जुधेपनि विगत १९ दिनदेखि चलचित्र हाउसफुलकै रुपमा प्रदर्शन भइरहेको छ । हलमा पुगेका कलाकारहरुमाझ दर्शकहरुले चलचित्र मन परेको प्रतिक्रिया दिएका छन् ।
भेटघाट कार्यक्रमकाबीच उज्यालो खबरसँग प्रतिक्रिया दिँदै निर्देशक विराज भट्टले चलचित्रलाई दर्शकले मन पराएर लगातार हाउसफूल भएको बुझेर दर्शकहरुसँग खुसी साट्दै उहाँहरुलाई धन्यवाद दिन पूर्वको यात्रामा निस्किएको जनाउनु भयो ।
असोज २४ गते फूलपातीदेखि देशभर प्रदर्शनमा आएको पहिलो पटक विराजले निर्देशन गरेको एक्सनले भरिपूणर् चलचित्रमा विराजका छोरा समीरले डेब्यु गर्दै आफुलाई सम्भावनाको यात्रामा अघि बढाएको देखिन्छ ।
१२ गाउँ भन्ने ठाउँमा वर्चश्व जमाएर बसेको एक अत्याचारी पात्र (मुरलीधर) को साम्राज्य ध्वस्त पार्न विराज र समीरले गरेको संघर्षको कथावस्तुमा चलचित्र बनेको छ ।
 विराज र समीर पहिलो पटक एकसाथ देखिनु भएको छ । चलचत्रिमा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर (इकु), भिष्म जोशी, स्टन्ट सिल्भा लगायतको पनि अभिनय छ ।
https://youtu.be/gRDuXNDxsZo?si=-Zzv8yBsc2C8VB9r
https://www.facebook.com/share/v/PPjoMpmdD3KCrpfw/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।