‘१२ गाउँ’का कलाकारहरु पूर्वमा दर्शकहरुसँग रमाउँदै

दमक, कार्तिक १२
एक्सनप्रधान नेपाली चलचित्र निर्माण कम भएको अवस्थामा आएको ‘१२ गाउँ’ले दर्शकको मन जितेको अवस्था छ । यही क्रममा यसका कलाकारहरु दर्शकहरुसँग खुसी साट्न पूर्वको यात्रामा निस्किएका छन् ।
यसक्रममा चलचित्रका निर्देशक एवम् कलाकार विराज भट्ट, नायिका न्यान्सि खड्काका साथै लेखक तथा कलाकार सन्तोस सरकार, रवि रोहनसहितको टोलीले सोमबार दमकस्थित डीम्याक्स सिनेमाजमा दर्शकहरुसँग खुसी साटेका छन् ।
चलचित्र छक्कापञ्जा ५ र ज्वाईसावसँग एकसाथ जुधेपनि विगत १९ दिनदेखि चलचित्र हाउसफुलकै रुपमा प्रदर्शन भइरहेको छ । हलमा पुगेका कलाकारहरुमाझ दर्शकहरुले चलचित्र मन परेको प्रतिक्रिया दिएका छन् ।
भेटघाट कार्यक्रमकाबीच उज्यालो खबरसँग प्रतिक्रिया दिँदै निर्देशक विराज भट्टले चलचित्रलाई दर्शकले मन पराएर लगातार हाउसफूल भएको बुझेर दर्शकहरुसँग खुसी साट्दै उहाँहरुलाई धन्यवाद दिन पूर्वको यात्रामा निस्किएको जनाउनु भयो ।
असोज २४ गते फूलपातीदेखि देशभर प्रदर्शनमा आएको पहिलो पटक विराजले निर्देशन गरेको एक्सनले भरिपूणर् चलचित्रमा विराजका छोरा समीरले डेब्यु गर्दै आफुलाई सम्भावनाको यात्रामा अघि बढाएको देखिन्छ ।
१२ गाउँ भन्ने ठाउँमा वर्चश्व जमाएर बसेको एक अत्याचारी पात्र (मुरलीधर) को साम्राज्य ध्वस्त पार्न विराज र समीरले गरेको संघर्षको कथावस्तुमा चलचित्र बनेको छ ।
 विराज र समीर पहिलो पटक एकसाथ देखिनु भएको छ । चलचत्रिमा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर (इकु), भिष्म जोशी, स्टन्ट सिल्भा लगायतको पनि अभिनय छ ।
https://youtu.be/gRDuXNDxsZo?si=-Zzv8yBsc2C8VB9r
https://www.facebook.com/share/v/PPjoMpmdD3KCrpfw/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८