सरकारलाई पूणर्ता दिन तीन महिना‚ प्रतिपक्षसँग चिसो सम्बन्ध

देउवाका ६ महिना : संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम अलपत्र

????????????????????????????????????

 

काठमाडौं  : प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल ६ महिना पूरा भएको छ। दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए।

संसद पुनर्स्थापनाको फैसला गर्ने क्रममा सर्वोच्च अदालतले देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। उनी पाँच दलीय गठबन्धनका तर्फबाट प्रधानमन्त्री भएका हुन्।

पाँचौंपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाको ६ महिने कार्यकाल खासै उपलब्धिमुलक हुन नसकेको भन्दै आलोचना भइरहेको छ। मन्त्रिपरिषद्लाई पूणर्ता दिन तीन महिना खर्चिएका देउवाले प्रतिपक्षलाई मनाउन नसक्दा संसद प्रभावकारी ढंगले चल्न सकेको छैन। संसदमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को निरन्तर अवरोध कायमै छ। न्यायालयमा देखिएको अनियमितता र भ्रष्टाचारले न्याय सम्पादनमै गम्भीर प्रश्न उठेको छ।

तर‚ सरकार न्यायालयको विवादमा कार्यपालिकाले हस्तक्षेप गर्न नहुने तर्क गरेर पन्छिरहेका छन्। जसले न्याय सम्पादनमै आशंका पैदा गराएको छ। यति बेला कोरोना महामारीको नयाँ भेरियन्टसँगै तेस्रो लहर तीव्र देखिएको छ। संक्रमण नियन्त्रणमा सरकार उदासीन देखिएको, परीक्षणको दायरा बढाउन नसकेको र खोप अभियानलाई प्रभावकारी बनाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ।

साउन २४ मा घोषणा गरिएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम पनि अलपत्र छ। न्यूनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकसँग समाधान हुन बाँकी सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने भनिएको छ । तर, पछिल्लो समय भारतले नेपाली भूमि लिपुलेकमा बाटो बनाइरहेको विषयमा सरकार मौनता साँघिरहेको विषयमा पनि सरकारको तीव्र आलोचना भइरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी