दमकमा छठ पर्व

सामाजिक सद्भाव र स्थानीय उत्पादनको प्रवद्र्धनमा युवाको भूमिका आवश्यक

दमक, कार्तिक २२
विशेष गरी मैथिली समुदायको महान पर्व छठ पछिल्ला समयमा सवै जातजातिले समेत मनाउन थालेका छन् । जसले सामाजिक सद्भाव बढाउने काम गर्दै आएकोमा युवा पुस्तामा समेत खुसी छाएको छ । यसका साथै युवा पुस्ताको भूमिका सक्रिय रहनु आवश्यक रहेको समेत युवा पुस्ताले नै औंल्याएको छ ।

 

झापाको दमक क्षेत्रका बासिन्दाले स्थानीय रतुवा खोला किनारमा घाट निर्माण गरेर छठ पर्वलाई भव्य रुपमा मनाउँदै आएका छन् । यो क्रम यो वर्ष अझ बढ्दो रुपमा छ । गैर मैथिली समुदायले समेत यसमा आफूलाई सामेल गराएको देखिन्छ ।

 

दमक ७ का युवा आनन्द कुमार शाहले युवा पुस्ताले सक्रियता बढाउँदै छठको मौलिकता जोगाउन एकताको आवश्यकता औंल्याउनु भएको छ । गैरमैथिली समूदायले समेत यो पर्व मनाउन थालेको अवस्थामा सामाजिक सद्भाव कायम गर्न अझ मद्धत पुर्याइरहेको उहाँको बुझाई छ । उहाँ भन्नुहुन्छ ‘मैथिली बाहेकका समुदाय पनि समितिमै आवद्ध हुन थालेको अवस्था छ । यसले सामाजिक सद्भाव थप बढाएको छ । यसको मौलिकता संरक्षण एकैचोटी हुँदैन, तर विस्तारै यो क्रम अघि बढ्दै गएको छ ।’

 

 

‘युवा पुस्ताले छठलाई थप व्यवस्थित गर्न के गर्नु पर्ला ?’ भन्ने उज्जालो खबरको प्रश्नमा छठ व्यवस्थापन समिति दमक सचिव पूजन चौधरीले यो पर्वको महत्व युवा पुस्ताले बुझ्ने र अरुलाई पनि बुझाउने कुरामा लाग्दा यो व्यवस्थित भएर यसको मौलिकता संरक्षित बन्ने धारणा राख्नु भयो । समयसँगसँगै घाटमा बत्ति बाल्ने सहज व्यवस्था बन्दा खुसी लागेको प्रसंग समेत उहाँले अघि सार्नुभयो ।

 

छठ पर्वले परिवारलाई जोड्ने अनि सामाजिक प्रगतिमा एकता कायम गर्ने कुरामा मद्धत पुर्याएको दमककी आयुषा चौधरीको बुझाई छ । यसको मर्मलाई युवा पुस्ताले संरक्षण र विस्तार गर्नुपर्ने उहाँको समेत धारणा छ ।

 

दमक ७ मा प्लाष्टिकको भाँडा वर्तनको व्यवसाय गर्दै आउनु भएका स्थानीय शुभराम रामदेव नारायण शाह छठ मनाउनेको संख्या बढ्दै गएकोमा निकै खुसी हुनुहुन्छ । छठ स्थलमा सरसफाईमा समेत जागरुकता हुँदै आएकाले छठ पर्व अझ सहज बन्दै गएको उहाँको बुझाई छ ।

 

छठ पर्वमा आवश्यक सागसब्जी, फलफूल, कपडा, खाद्यान्न सहितका सामग्रीले स्थानीय क्षेत्रको उत्पादन प्रवद्र्धन गर्न मद्धत पुर्याएको ठहर छ दमकका समाजसेवी विक्रमकुमार शाहको । यसमा अझै स्थानीय उत्पादनलाई ग्राह्यता प्रदान गर्नु आवश्यक रहेको पनि उहाँले औंल्याउनु भएको छ ।

 

दमक क्षेत्रमा ४ वटा समूहमा गरी हाल ४ सय बढी घाट निर्माण भएका छन् । त्यसमध्ये ३० वटा त व्यवसायिक स्टलका रुपमा खडा भएका छन् । दमक १ र ७ को सीमानामा अवस्थित नमुना बस्तिदेखि पूर्वपट्टि छठ पूजा आयोजक समितिले २ सयवटा घाटका साथमा गंगा आरती र अन्य साँस्कृतिक झाँकी सहितको प्रस्तुति समेत रहने योजना बनाएको छ ।

 

कात्तिक शुक्ल चौथीका दिनदेखि सुरु हुने यो पर्व षष्टीका दिन आज बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र सप्तमीका दिन भोलि विहानै उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिने छ ।

 

सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वणर्न महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८