अध्यक्षमा सन्तवीर लामा

फोनिज प्रदेश १ अध्यक्षमा सन्तवीर लामा निर्वाचित

 

झापा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । मोरङको पथरीमा विहीबार विहान सम्पन्न दोश्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

महाधिवेशनले लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदिप चौधरी तथा कोषाध्यक्षमा प्रेम देवान निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा बसन्त पालुङ्वा, मोहन तामाङ, संदिप राई, ब्रह्मलाल हजारी, सुप्रिया राई, शर्मीला राई, प्रमिला श्रेष्ठ, विजय धिमाल निर्वाचित भएका छन् । त्यस्तै खगेन्द्र कुलुङ, अतित योङहाङ, राजन साम्पाङ, ज्ञानु केदेम, एलवी लावती र बाबुराम मुडियारी निर्वाचित भएका छन् ।

लेखा समितिका संयोजकमा महेन्द्र मादेन र सदस्यहश्मारु दिपक राई र नेत्रकुमार सुनुवार निर्वाचित भएका छन् । अनुशासन समिति संयोजकमा वीरबहादुर पापो र सदस्यहरुमा सोनीकुमार आङदेम्बे र विजयकुमार राई निर्वाचित भएका छन् ।

मंगलबार सुरु भएको महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट एक सय बढी प्रतिनिधिको सहभागिता रहेको थियो । महाधिवेशनले ११ बुँदे समसामयिक ‘पथरी घोषणापत्र’ पारित गरेको छ । महाधिवेशनले प्रदेश १ को नाम पहिचान र सामथ्र्यको आधारमा ‘लिम्बुवान-किरात’ वा ‘किरात-लिम्बुवान’ राख्न माग गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको