विश्वमा नेपाली माटोको सुगन्ध फैलाउने प्रयत्नमा ‘स्वीकारोक्ति’ अभियान

दमक, कार्तिक २६
सवै प्राणी अनि समग्र पृथ्वीको संरक्षणको इराधा छ । पृथ्वीकै रंग हरियो भएको अर्थमा हरियो पोशाकको एकरुपता छ । अर्थात प्रकृति अनि प्राणीको अस्तित्वको न्यायिक सम्बोधन स्वीकार गर्ने सन्देश छ यसमा ।

 

सबैले सबैको अस्तित्व स्वीकार गरेपछि मात्र समग्र अस्तित्वको रक्षा हुने अवधारणामा अहिले नेपाली माटोको सुगन्ध फैलाउने हेतुले नेपालीभाषी युवामार्फत एउटा फरक चिन्तनको विकास भएको छ । ‘स्वीकारोक्ति’को त्यही चिन्तनमाथि अन्तरमन्थन गर्ने हिसावले पछिल्लो पटक झापाको बिर्तामोडमा कार्यक्रम सम्पन्न भएको छ ।

 

सन् २०१२ मा नेपालमा रहेको भूटानी शरणार्थी शिविरमै रहँदा फरकखाले सृजनशील चिन्तन गर्न रुचाउने युवा डेन्जोम साम्पाङले अघि बढाएको ‘स्वीकारोक्ति’ अभियान अहिले अमेरिकाबाट ‘स्वीकारोक्ति फाउण्डेशन’का नाममा पछिल्ला वर्षहरुमा सक्रिय बनेको छ । यसक्रममा बिर्तामोडको कार्यक्रममा बोल्दै ‘स्वीकारोक्ति’का प्रवर्तक डेन्जोम साम्पाङले सवै ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ गर्ने कुरा व्यहारिक रुपमा स्वीकारेर लागू गर्ने यसको अवधारणा रहेको प्रष्ट्याउनु भयो । उहाँले यसलाई दर्शनकै रुपमा अघि बढाउन अध्ययन /अनुसन्धान कार्यमा तल्लिन रहेको सुनाउनु भयो ।

 

कार्यक्रममा ‘स्वीकारोक्ति’ को अवधारणामाथि छलफल गर्दै पूर्वका सक्रिय संस्कृति संरक्षणका अभियन्ता सर्जक प्राध्यापक डाक्टर टंक न्यौपानेले यो अहिले नै दर्शनका रुपमा विकसित भइनसकेको बताउँदै प्रवर्तक साम्पाङको हुटहुटीले नेपालीभाषीका लागि नयाँ आयाम दिएको विचार राख्नुभयो ।

 

कार्यक्रममा भारतको असमका साहित्यकार मुक्ति बरालले स्वीकारोक्तिको अवधारणाले पृथ्वीको संरक्षण गर्दै साहित्य क्षेत्रमा समेत प्रभावकारी परिवर्तन ल्याउन सक्ने संकेत गर्दै यसले गरेका गतिविधिको प्रशंसा गर्नुभयो । उहाँ भन्नुहुन्छ ‘भारतका कतिपय ठाउँमा एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्थामा समाजका असहजता सिर्जना भएको छ । त्यहाँ पनि यस अभियान सञ्चालन गर्नु अझ आवश्यक छ ।’

 

समाज रुपान्तरणका लागि आएका फरक फरक सृजनात्मक अभियानको प्रवद्र्धनमा प्रोत्साहन भर्दै आउने समालोचक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले स्वीकारोक्ति नेपालीभाषीले अघि बढाएको सृजना क्षेत्रको ३३ औ चिन्तन भएको उल्लेख गर्नुभयो । उहाँले नेपालीहरुको यसखाले सृजनात्मक सोचलाई प्रभावकारी रुपमा विस्तार गर्नसकें पूर्वेली फरक दर्शन थपिने कुरा राख्नु भयो ।

 

सो कार्यक्रममा साहित्य चौतारी विर्तामोडका अध्यक्ष देवीभक्त श्रेष्ठ, क्यानडाबाट डम्बर वस्ती, भारतको मणिपुरबाट सर्जक राहुल राई बोगिको, नेपालका सर्जकहरु विवश बलिभद्र कोइराला, दिलीप घिमिरे, खगिन्द्रा खुसी, सञ्चारकर्मी केशव भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

 

विशेष गरी सन् २०२३ र २०२४ मा संस्थाको सक्रियता विश्वस्तरमा देखिन आएको छ । यसले सन् २०२४ मा अमेरिका, युरोप, नेपाल र भारत क्षेत्रको सृजनात्मक यात्रा अघि बढाएको थियो । यसक्रममा भारतको असमका नेपालीभाषी मुर्धन्य साहित्यकार लिलबहादुर क्षेत्रीलाई हालसम्मकै सवैभन्दा बढी नेपाली राशी ६ लाखको ‘स्वीकारोक्ति सिद्धि’ पुरस्कार प्रदान गरेर ऐतिहासिक सर्जकको विशिष्ट सम्मानको परम्परा थालेको देखिन्छ । सिक्किमका बाढीपीडितलाई राहत प्रदान गर्ने पनि अर्को महत्वपूणर् मानवीय काम त्यो बेलै गरियो ।

 

प्रकृति र प्राणीको संरक्षणको गहन अवधारणा अघि सारिएको स्वीकारोक्ति कुनै पनि राजनीतिक, धार्मिकसहितका बादबाट पर रहेर सर्वस्वीकार्य रुपमा आफ्नो प्रभावकारिता विस्तार गर्न सक्ने अनि सृजना क्षेत्रबाट समेत नेपाली भाषा, साहित्य, कला र संस्कृति संरक्षणको महत्वपूणर् अंश बन्न सक्नु पर्ने आजको आवश्यकता हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ